तिलाचन पाण्डे
तम्घास, साउन १४ गते । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–७, बसेरीमा बागलुङको गल्कोट नगरपालिका वडा–२ का ४९ वर्षीय प्रेमलाल दर्जी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
दर्जी साउन ७ गतेदेखि घरपरिवारको सम्पर्कमा नरहेको र आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । दर्जीका श्रीमती केही महिना पहिले बितेकी थिइन् । उनलाई मिर्गी रोगले सताएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निजको शवलाई स्थलगत मुचुल्का तयार गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।