• १३ साउन २०८१, आइतबार

राप्रपा पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड (फोटो फिचर)

blog

काठमाडौँ महानगरपालिकाले राप्रपाको पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा देखिएको नेता तथा कार्यकर्ताको भीड । तस्बिर : केशब गुरुङ

काठमाडौं, साउन १५ गते । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेसँगै पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताको भीड लागेको छ ।

महानगरका प्रमुख बालेन्द्र साहको निर्देशनमा मापदण्ड विपरीत बनाइएको धुम्बाराहीस्थि पार्टी कार्यालय हटाउन लागिएपछि कार्यालयमा राप्रपाका नेता तथा कार्यकर्ताको भीड लागेको हो ।

आज (सोमबार) महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालय भत्काउन जाने भएपछि राप्रपाका नेता कार्यकर्ताहरूले अवरोध गर्ने जनाइरहेका छन् ।

डोजर जाने बाटोमा राप्रपाका कार्यकर्ताले गाडी तेर्स्याएर राखेका छन् भने कार्यालय परिसरमा ठुलो सङ्ख्यामा भीड लागेको छ ।

यसअघि शुक्रबार महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन तीन दिने अल्टिमेटम दिएको थियो । सो समयमा राप्रपाले कार्यालय नहटाएपछि महानगरले आज डोजर चलाउन लागेको हो ।