• १४ पुस २०८१, आइतबार

मुक्तक

blog

समस्त काल खण्डको अखण्ड चेत मर्दछ 

जहाँ सुरम्य देशको कथा विभक्त सड्र्दछ

हिमाल देशको कला, पहाड र मधेशको

कि पूर्ण चेतना लड्यो र एकता समाप्त भो 


ल हेर ! सत्य चाँदनी चिहान खन्छ रे  अनि

गरीब झन् गरीब भो धन िभयो अझै धनी

कसो गरी बनाइयो ? अचम्मको छ शासन 

जहाँ उदाइदिन्छ रे र कौरबी दुशासन


ल खोज भन्दछु म ता कहाँ छ देश ? सोच है

कहाँ छ मर्म मृत्तिका  ? महान भै कि खोज है

अनेक बोल्छ ठालुले जहाँ अनन्त धाकमा

 छ स्वर्ग देश गर्तमा, फसाइदै छ नर्कमा



विनाश घुम्छ राष्ट्रमा मिचेर देशको गला

छ धुर्त राक्षसी पला र झेल जाल सर्वदा

निशाचरै छ  घुमदो प्रकाशमा रहन्न त्यो

निर्चछ, न्याक्छ राष्ट्र जो उही पिशाच धन्य भो


र राजहंश न्यायको छ भोकमा कि शोकमा

कराउँदो छ श्यालले इमान निम्ति रे यहाँ

ल हेर ! मातृ देश यो समालने कहाँ छ को ?

र देश यो उठाउने मुहार नै कता गयो ? á