• ४ वैशाख २०८३, शुक्रबार

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

blog

काठमाडौँ, वैशाख ४ गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपियाँ ८२ पैसा र बिक्रीदर १४९ रुपियाँ ४२ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ४० पैसा र बिक्रीदर १७६ रुपियाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपियाँ ६० पैसा र बिक्रीदर २०२ रुपियाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ ९४ पैसा र बिक्रीदर १९० रुपियाँ ७१ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०६ रुपियाँ ७३ पैसा र बिक्रीदर १०७ रुपियाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ३८ पैसा र बिक्रीदर १०८ रुपियाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपियाँ ०२ पैसा र बिक्रीदर ११७ रुपियाँ ५० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ३६ पैसा र बिक्रीदर नौ रुपियाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ८२ पैसा र बिक्रीदर २१ रुपियाँ ९१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर ३९ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ८२ पैसा र बिक्रीदर ४० रुपियाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ६६ पैसा र बिक्रीदर चार रुपियाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ ५२ पैसा र बिक्रीदर ४० रुपियाँ ६८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७९ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०८ पैसा र बिक्रीदर १० रुपियाँ १२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपियाँ २२ पैसा र बिक्रीदर १६ रुपियाँ २८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ४७ पैसा र बिक्रीदर २३ रुपियाँ ५७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ०२ पैसा र बिक्रीदर १९ रुपियाँ ०९ पैसा, कुवेती दिनार एकको खरिददर ४८६ रुपियाँ ०२ पैसा र बिक्रीदर ४८७ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपियाँ ५४ पैसा र बिक्रीदर ३९६ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपियाँ ५४ पैसा र बिक्रीदर ३८८ रुपियाँ १० पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस