नेकपा (माओवादी केन्द्र) ले केन्द्रीय कमिटीको बैठक प्रत्यक्ष प्रसारण नगर्ने भएको छ । माओवादी केन्द्रीय कमिटीको बैठक बुधवार दिउँसो १ बजेदेखि प्रज्ञा भवनमा बस्दैछ ।
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय योजना आयोगको सोह्रौँ योजनाले समग्र अर्थतन्त्रमा गुणात्मक रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाले गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धोतीखोलाबाट देखिएको वराह शिखर हिमाल
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज शपथ लिनुहुने भएको छ । मुख्यमन्त्री थापाले पहिलो चरणमा केही मन्त्री नियुक्त गर्ने तयारी पनि गर्नुभएको छ । नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिनुहुनेछ ।
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताउनुभएको छ ।
बैठकमा आजदेखि रराजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ ।
चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।
सप्तरीमा मानवअधिकार र कानुनको संरक्षणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्ने पक्ष प्रहरीबाटै पत्रकार कुट्नु जस्ता मानव अधिकार उल्लङ्घन हुनु दुर्भाग्य रहेको र यसले राज्य पक्षबाटै उलङ्घनका घटना बढ्दै गएको मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले बताउनुभएको छ।
स्याङ्जाको गल्याङमा दुई मोटरसाइकल एक आपसमा ठोकिँदा जार जना घाइते भकाए छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत गल्याङ नगरपालिका वडा नं. ८ चिउरीमा गए राती दुई मोटरसाइकल ठोकिएका हुन् । वालिङबाट गल्याङ तर्फ जाँदै गरेको म.प्र.०३–०२९ प. २८८३ नं. को मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको लु १४ प ५३८७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाएका हुन् ।
नेपाल गुणस्तर तथा नापतौल विभागले देशभर अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने १९ हजार १४ व्यापारीलाई कारबाही गरेको छ ।
मुलुकको काया बदल्नका लागि श्रमशक्तिको पूर्ण परिचालन आवश्यक रहेको नेपालले नीतिगत रूपमै आफ्नो श्रमशक्ति निर्यात गरिरहेको छ । आन्तरिक आवश्यकता नपरेर वा बढी भएर युवा जनशक्ति निर्यात गरिरहेको होइन, रोजगारी सिर्जना गर्न, गराउन नसकेर हो । विप्रेषणका रूपमा वैदेशिक मुद्रा आर्जनको सजिलो उपाय बनेको छ श्रमिक निर्यात । अझ राज्यलाई युवा दबाबको सामना गर्न नपर्ने उपाय पनि भएको छ यो प्रक्रिया तर यसको दीर्घकालीन नकारात्मक परिणाम अकल्पनीय हुन सक्छ । अब मुलुकको श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर सेवा निर्यात गर्ने देशको रूपमा स्थापित गरिनु खाँचो पर्दो छ । जनशक्ति
नेपालको पछिल्लो राजनीतिक परिवर्तनबाट देशले सङ्घीय शासन प्रणाली अवलम्बन गर्न पुगेको छ । सङ्घीय शासन प्रणाली शासकीय अधिकारको प्रयोग राज्यका बहुसरकारबिच विनियोजन गरी शासकीय क्रियाकलापमा बढीभन्दा बढी जनतालाई संलग्न गराउने राजनीतिक प्रव्रिmया हो । यसैले पनि सङ्घीय शासन प्रणाली बढी प्रजातान्त्रिक र सहभागितामूलक हुन्छ । सङ्घीय शासन प्रणाली बहुसरकारबिचको एउटा साझा प्रतिज्ञापत्र हो, जसले राष्ट्रिय उद्देश्यको प्राप्ति, स्वशासन र साझा शासनको आदर्श परिकल्पनामार्फत जनताको निकटतम बिन्दुमा रहेर ज