नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरी र कैलाश चौधरीलाई सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको आज बसेको बैठकले दुवै जनालाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति सन्तोषजनक नरहेको बताउनुभएको छ । बुधबार सम्बन्धित सरोकारवालासँग निर्माणधिन संसद भवनको भौतिक प्रगतिको विवरण लिँदै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर) ले अहिले सम्मकै धेरै मुल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १ ४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।
नेपालमा परम्परागतरूपमा अर्थतन्त्रका पाँच आधार भनेर कृषि, जलस्रोत, पर्यटन, उद्योग र जनशक्तिलाई लिने गरिन्थ्यो । तर पछिल्लो एउटा नयाँ क्षेत्र थपिएको छ– सूचना तथा सञ्चार प्रविधि ।
पुर्वाधार विकास कार्यालय स्याङ्जाले एकै आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ । गण्डकी प्रदेशको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार बिकास कार्याल स्याङ्जाले आर्थिक बर्ष २०७९–८० मा २२ किमी कालोपत्रे र २०.६५ किमी ढलान गरेको हो ।
सरकारले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन दिएको छ ।
नेपाल प्रेस युनियनको अध्यक्ष शिव लम्सालले कुनै प्रकारको स्वार्थमा लोकतान्त्रिक पत्रकारहरूलाई पाखा लगाउने काम सह्य नहुने बताउनु भएकाे छ।
सरकारले रोगको निदान, उपचार तथा व्यवस्थापन राष्ट्रिय डेंगु रोग रोकथाम नियन्त्रण तथा उपचार व्यवस्थापन निर्देशिका अनुसार गर्न निर्देशन दिएको छ ।
चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसम विज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ । राजधानीको प्रज्ञा भवनमा बुधबार दिउँसोदेखि बैठक सुरु भएको हो ।
हिमाली जिल्ला मनाङमा ठूलो बाढीपहिरो आएको दुई वर्ष पूरा भयो । मानवीय क्षति नभए पनि धेरै संरचनामा क्षति पुग्यो । बाढीपहिराका कारण अहिले यहाँका कतिपय स्थानको संरचना नै फेरिएको छ । कतिपय ठाउँका बासिन्दालाई स्थानान्तरण गर्ने योजना बनाइए पनि उपयुक्त स्थान तत्काल नपाइएपछि त्रिपालमुनि बसेर पनि स्थानीयवासीले समय कटाए ।
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सङ्घीय सांसद रवि लामिछानेले महिलाका लागि चितवनमा आजदेखि निःशुल्क ‘ब्लुबस’ सञ्चालनमा ल्याएको जानकारी दिनुभएको छ ।
नेकपा (एमाले) बाँकेको नेपालगञ्जस्थित जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी बुधबार दोस्राे दिन पनि जारी छ ।
सिन्धुली जिल्लाको घ्याङ्लेख गाउँपालिकाले अतिरिक्त थप चार घण्टा समय थपेर नागरिकलाई सेवा प्रवाह सञ्चालन गरेको छ ।