• ३० वैशाख २०८२, मङ्गलबार

मन्त्री मोदी र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

तालिमका लागि सहायता उपलब्ध गराउन भारत इच्छुक

blog

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी (बायाँ) सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भेटवार्ता गर्नुहुँदै ।

काठमाडौं, साउन १५ गते ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । 

सिंहदरबास्थित मन्त्रालयमा बुधबार दिउँसो भएको भेटमा मन्त्री मोदी र राजदूत श्रीवास्तवबीच समसामयिक एवं द्विपक्षीय हितका विषयमा छलफल भएको छ । 

भेटका क्रममा राजदूत श्रीवास्तवले स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्न आवश्यक सहायता उपलब्ध गराउन भारत इच्छुक रहेको बताउनु भयो ।  

मन्त्री मोदीले आवश्यक छलफल गरेर सबै विषयलाई अगाडि बढाउने जवाफ दिनुभएको जानकारी मन्त्री मोदीको सचिवालयले जनाएको छ । 

त्यस्तै, भेटमा छिमेकी मित्रराष्ट्र भारतको सहायतामा सञ्चालित विभिन्न कार्यक्रमहरुको प्रभावकारिताको समीक्षा, आगामी कार्यक्रमको कार्यान्वयनको सन्दर्भमा छलफल भएको छ ।