संवैधानिक परिषद्को बैठकले साउन २० गतेबाट रिक्त हुने प्रधानन्यायाधीश पदमा विश्वम्भर श्रेष्ठको नाम सिफारिस गरेको छ। बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो।
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।
नेपालको सर्वाधिक रक्तदाताको पहिचान बनाउनुभएका प्रेमसागर कर्माचार्यले १७५ औँ पटक रक्तदान गर्नुभएको छ ।
नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा पुरुष/महिला एक एक जना खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट्’ पुस्तक लोकार्पण भएको छ ।
तस्बिरमै हेरिरहुँजस्तो लाग्ने, जोकसैको मन जित्ने मनमोहक मौलिक चौमुखे घरले पर्यटकलाई आकर्षित गरिरहेको छ । जिल्लाको पूर्वी प्रवेशद्वारको रूपमा भगवतीमाई गाउँपालिका–४ मनघरका नरेन्द्रजंग शाहीको घर हो यो ।
मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सबैले इमान्दार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताउनुभएको छ। बिहीबार सुख्खा बन्दरगाह वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा डा. महतले यस्तो बताउनुभएको हो।
भारत र रुसबिच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पाल्पाको तानसेनमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–८, पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेका छन् ।
गुल्मीमा एक पुरुष मृत फेला पर्नुभएको छ । बिहीबार जिल्लाको मालिका गाउँपालिका –३, ह्वाङ्दीका ७० वर्षीय नन्दे विक मृत अवस्थामा फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । बिहीबार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा कृषि मन्त्री भुसाल र राजदूत श्रीवास्तवबिच भेटवार्ता भएको हो ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यले पार्टी विधिसम्मत रूपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–७ मा पहिरोमा परेर ज्यान गुमाएका दुई परिवारलाई जनही दुई लाखको दरले राहत रकम उपलब्ध गराइएको छ।