किसानले फलाएको अलैँची शुक्रवार पाँचथरको सदरमुकाम फिदिममा प्रतिमन (चालिस किलो) ६० हजार रुपियाँमा किनबेच भएको छ । त्यही अलैँची झापाको बिर्तामोडमा प्रतिमन ६२ हजार रुपियाँमा किनबेच भएको फिदिमका अलैँची व्यवसायी खेमनाथ अधिकारीले जानकारी दिनुभयो ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुक्रवार बिहान सुरु भएको छ । एकीकृत समाजवादीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले काठमाडौँको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा ६२ औँ सचिवालय बैठक सुरु भएको जानकारी दिनुभयो ।
एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एउटा नीरज नाम गरेको व्यक्ति बस्थ्यो । उ धेरै लोभी थियो । उसलाई जति पैसा भए पनि पुग्दैनथ्यो । उ एकदिन भगवान्को ध्यान गर्न गयो । उसको ध्यान देखेर भगवान् खुसी हुनुभयो र नीरजलाई आँखा खोल्न भन्नुभयो । त्यत्तिकैमा उसले आँखा खोल्यो । उसले भगवान्लाई नमस्कार ग-यो । नीरजले आँखा खोलेपछि भगवान्ले सोध्नुभयो । “तिमीलाई के चाहियो ?” भगवान्को प्रश्नपछि उसले खुसी हुँदै भन्यो, “मैले जे छोए पनि पैसा बनाइदिनुहोस् भगवान् ।” त्यसपछि भगवान्ले उसको लोभ थाहा पाउनुभयो । तैपनि भगवान्ले उसको चाहना पूरा होस् भनेर वरदान दिनुभयो । नीरज झन् खुसी भयो । भगवान्को वरदान पाएको नीरजले त्यसले काम गर्छ कि गर्दैन भनेर नजिकै रहेको
मेरी प्यारी आमा किनु दिनु जामा फुरुफुरु नाच्छु खुसीले बाँच्छु
नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीले बगाएर देवघाट धामबाट एक तीर्थयात्री बेपत्ता भएका छन् । तनहुँको देवघाट गाउँपालिका– ५ स्थित वेणी सङ्गम (त्रिशूली नदी र काली गण्डकी नदीको संगमस्थल) बाट बेपत्ता हुनु भएको हो ।
दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका ८ मा गएको पहिरोको कारण एक जनाको सब फेला परेको छ भने ३ जना बेपत्ता भएका छन् ।
हजारौँ दुःख अनेकौँ कष्ट तिमीले सहेर दिएन दान मलाई दाता भगवान् बनेर । अपार तिम्रो महिमा आमा तिमी नै देउता संसारमा तिमीबाहेक कोही छैनन् एउटा ।
कानै खाने कृत्रिम आवाज फोक्सोमा जमेका पुरानो थोत्रा गाडी टेम्पो बाइक कलकारखाना, आदिबाट निस्केका धुवाँका मुस्लो जनजीवनमा पार्ने सामान्य असर न हो मान्छेको सरदर आयु नै छैन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–९, दक्षिणटोला निवासी ४० वर्षीय अम्बिका भुसाललाई साउन १ गते घरभित्र पसेर सर्पले टोक्यो। त्यसको एक हप्तापछि उहाँकी छोरी १४ वर्षीय पूजा भुसाललाई पनि सर्पले टोक्यो। उहाँलाई तत्कालै अस्पताल पु-याएकाले ज्यान जोगियो। रुपन्देहीको तिलोत्तमामा जस्तै तराईका जिल्लामा सर्पको टोकाइ (सर्पदंश) का घटना धेरै छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा गत आर्थिक वर्षको साउन महिनादेखि जेठ मसान्तसम्म ३१७ जनालाई सर्पले टोकेकोमा २५ जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलवस्तु, बर्दिया र बाँके जिल्लामा सर्पको टोकाइ उच्च छ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
दाङमा नदीजन्य पदार्थको राजस्व चुहावट हुँदा लक्ष्यभन्दा निकै कम राजस्व सङ्कलन भएको छ। जिल्लाका १० पालिकाले गत आर्थिक वर्ष २०७९/८० मा नदीजन्य पदार्थ तथा खानीजन्य वस्तु बिक्री गरेर ६६ करोड ४९ लाख दुई हजार राजस्व उठाउने लक्ष्य राखे पनि जम्मा सात करोड २० लाख ६६ हजार रुपियाँ सङ्कलन भएको छ।
पूर्वी नवलपरासीमा सञ्चालित तरकारी जोन कार्यक्रमले यहाँका कृषक लाभान्वित भएका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत नवलपुरका तीन स्थानीय तहका १६ वटा वडा समेटेर तरकारी जोन कार्यक्रम सञ्चालन गरिएको छ। २० वर्षदेखि तरकारी खेती गर्दै आएकी स्थानीय रङ्गमाया महतोले वर्षौंदेखि बजारीकरणमा भएको समस्या अहिले सुल्झिएको भन्दै खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु भएपछि समूहमा बसेर तरकारी खेती गर्दा राम्रो भएको छ।” नगरपालिकाले कृषकको घरदेखि सङ्कलन केन्द्रसम्म निःशुल्क ढुवानी सेवा प्रदान गरेको छ।
बागमती प्रदेश सरकारले प्रदेशमा मानव बेचबिखन तथा ओसारपसार कार्यलाई नियन्त्रण गर्न मानव बेचबिखन तथा ओसारपसारविरुद्धको बागमती प्रदेशस्तरीय संरक्षण नीति बनाउने भएको छ ।
पटक पटक विद्युत् अवरुद्ध हुँदा व्यवसायीलाई समस्या हुँदै आएको छ। विद्युत् प्राधिकरणले पूर्वसूचनाबिना विद्युत् कटौती गर्नाले उद्योग व्यवसायमा समस्या आएको व्यवसायी बताउँछन्। विद्युत् अवरुद्ध हुँदा सानादेखि ठूला उद्योगी व्यवसायी सङ्कटमा परेका छन्। पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले समस्याबारे प्राधिकरणलाई अवगत गराए पनि बेवास्ता गरेको बताउनुभयो। औद्योगिक क्षेत्रमा कहिल्यै बिजुली नजाने व्यवस्था गरिनुपर्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “बिजुलीलाई आवश्यक पर्ने पानी प्रशस्त छ,