• २२ वैशाख २०८१, शनिबार

यस्तो छ समय (कविता)

blog

कानै खाने कृत्रिम आवाज फोक्सोमा जमेका 

पुरानो थोत्रा गाडी टेम्पो बाइक

कलकारखाना, आदिबाट निस्केका धुवाँका मुस्लो 

जनजीवनमा पार्ने सामान्य असर न हो 

मान्छेको सरदर आयु नै छैन  ।


ओजन तह पातलिँदै भन्छ : हे प्रभु ! यस्तो छ समय,

वनजङ्गल विनाशमा, काठ दाउराको चोरी पैठारीमा,

जनावर मासिने न हो  । 


अब यस्तै हुने हो भने,  मात्र पालो पृथ्वी भासिने हो 

कतै हिमपहिरो, कतै भूक्षय, 

कतै आगलागी त कतै बाढी 

त्रास प्राकृतिक  प्रकोपको, जाबो पृथ्वी न हो ।


जबसम्म गरिँदैन प्रश्न :  किन रोकिँदैन त प्रदूषण ?

के यो पृथ्वी फोहोरमैलाका हो आभूषण ?

अब त चेत नै पर्छ । वृक्षरोपण गरौँ । 

स्वस्थ जीवन जिउन मानिसलाई मात्रै हैन 

अब अन्य जीवजन्तुलाई नि बचाउन 

हामीले आजैबाट भनौ पर्यावरण जोगाऔँ न !