• २२ वैशाख २०८१, शनिबार

लोभी नीरज

blog

एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एउटा नीरज नाम गरेको व्यक्ति बस्थ्यो । उ धेरै लोभी थियो । उसलाई जति पैसा भए पनि पुग्दैनथ्यो । उ एकदिन भगवान्को ध्यान गर्न गयो । उसको ध्यान देखेर भगवान् खुसी हुनुभयो र नीरजलाई आँखा खोल्न भन्नुभयो । त्यत्तिकैमा उसले आँखा खोल्यो । उसले भगवान्लाई नमस्कार ग-यो । 

नीरजले आँखा खोलेपछि भगवान्ले सोध्नुभयो । “तिमीलाई के चाहियो ?” भगवान्को प्रश्नपछि उसले खुसी हुँदै भन्यो, “मैले जे छोए पनि पैसा बनाइदिनुहोस् भगवान् ।” त्यसपछि भगवान्ले उसको लोभ थाहा पाउनुभयो । तैपनि भगवान्ले उसको चाहना पूरा होस् भनेर वरदान दिनुभयो । नीरज झन् खुसी भयो । 

भगवान्को वरदान पाएको नीरजले त्यसले काम गर्छ कि गर्दैन भनेर नजिकै रहेको कुर्सी छोयो । उसले छोएको केही समय कुर्सी पैसा बन्यो । त्यसपछि उ अझ धेरै खुसी भयो । उसले त्यसपछि टेबल, पलङ, ग्यास, भाँडा सबै छुन थाल्यो । उ जे छुन्थ्यो त्यो पैसा बन्यो । केही समयपछि उसलाई धेरै भोक लाग्यो । उ खाना बनाउनका लागि भाँडा झिक्न थाल्यो तर उसले भाँडा छुनासाथ त्यो पनि पैसा बनिदियो । 

जे छोए पनि पैसा बन्न थाल्यो ।  उ भोकले झन् आत्तियो । भोक लागे पनि केही खान नपाएपछि केही दिनमा उ बिरामी भयो । बिरामी नीरज अस्पताल जानु प-यो । अस्पतालमा पुगेपछि उसले सोच्न थाल्यो “धेरै लोभ गर्नु राम्रो बानी रहेन छ । लोभ नगरेको भए आज अस्पतालमा आउनु पर्दैन थियो ।”