सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले २०२८ सालको शिक्षा ऐनलाई विस्थापित गरी जतिसक्दो चाँडो सङ्घीय शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
रुपन्देहीका थारु समुदायले रोपाइँ सकेपछि गरिने सावनी पूजा सम्पन्न गरेका छन् । रोपाइ गर्ने क्रममा हलो र कोदालोले खनजोत गर्दा अनेकौं किरा फट्याङ्ग्रा र विभिन्न जीवजन्तु समेत मर्ने भएकाले त्यसको दोष नलागोस् भनेर प्रत्येक बर्ष तराईमा रोपाइ सकेपछि सावनी पूजा गर्ने परम्परा रहिआएको छ ।
काठमाडौं, साउन १९ गते। श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ। शुक्रबार नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित श्रमजीवी पत्रकारले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापनपत्र बुझाएका हुन्। महासङ्घको तर्फबाट बुझाइएको ज्ञापनपत्र ग्रहण गर्दै सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले विभागमा आएका उजुरीलाई कार्यविधिले तोकेअनुसार फर्छ्याेट गर्दै आएको बताउनुभयो। उहाँले प्रेस रजिष्टारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गर्नुभयो। उहाँले श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफलअघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीकहाँ आएको जति पनि उजुरी छन्, यसलाई कार्यविधि तोकेअनुसार समयमा नै फर्छ्याेट गर्ने गरेका छौँ। हामीलाई दिएको अधिकार वार्ता, मध्यस्थता र मेलमिलाप दिएको छ। प्रेस रजिष्टारको भूमिका तोकिए जति निर्वाह गरेका छौँ। श्रमजीवी पत्रकारको हक हितको बारेमा छलफल व्यापक बनाउनुपर्छ।’ धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताउनुभयो। उहाँले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो कि भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताउनुभयो। प्रदर्शनकारीले प्रेस रजिष्टारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए। उनीहरुले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिष्टार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाएर प्रदर्शन गरेका हुन्।
बाँके राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०७९-०८० मा जङ्गली जनावरका कारण एक जनाको मृत्यु भएको छ भने चार सय बढी घटना घटेको तथ्याङ्क छ।
बाँकेको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीस्थित सामुदायिक होमस्टेमा गाभर भ्याली सामुदायिक जीन बैंक निमार्ण गरिएको छ ।
पत्रकार हरिप्रसाद रिजालको निधन भएको छ। ४३ वर्षीय पत्रकार रिजालको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको हो।
ओखलढुङ्गामा आँखा पाक्ने रोगका बिरामीको संख्या बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग यहाँ पनि फैलिएको पाइएको हो ।
झापाको दमकमा डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छैन ।
ताप्लेजुङका अधिकांश विद्यालयमा अयोग्य प्रधानाध्यापक रहेका छन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात् योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका छन् ।
‘सुशासन, सामाजिक न्याय र समृद्धि’को सोचसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/०८२–२०८५/०८६) को अवधारणापत्र तयार भएको छ ।
जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भएअनुसार अयोग्य अर्थात योग्यता र मापदण्ड नपुगेका प्रधानाध्यापक रहेका हुन्।
विज्ञानको युग ध्वस्त प्रकृति पर्यावरण प्रकृति बाँचे
छोराछोरी पाउन धेरै, देवीदेउता भाकेँ मैले खुसी बाँड्न नातागोता, इष्टमित्र डाकेँ मैले
स्टकहोममा इरिट्रियन सांस्कृतिक महोत्सवमा बिहीबार हिंसात्मक झडप हुँदा कम्तीमा १०० जनालाई पक्राउ गरिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले मिटरब्याज पीडितलाई निवेदन दिन आह्वान गरेको छ ।