चालू आर्थिक वर्षको मध्यावधिसम्ममा प्रदेश १ सरकारको पुँजीगततर्फको खर्च १९ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ २२ अर्ब ९९ करोड ९४ लाख रुपियाँ विनियोजन गरेकामा छ महिना बितिसक्दा चार अर्ब ४३ करोड १६ लाख रुपियाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको १९ दशमलव २७ प्रतिशत मात्रै हो ।
चितवनको ठिमुराबाट तनहुँको देवघाट जोड्ने पक्की पुल निर्माण सुरु गरेको नवौँ वर्ष मात्र सम्पन्न हुने भएको छ। निर्माण गर्दै गर्दा दुई पटकसम्म स्ल्याप लडेर समस्या भएको पुलको हाल अन्तिम ढलानको काम हुँदै छ। सिमेन्टेड स्ल्याप निर्माण पूरा भएको छ भने फलामे ट्रस्टको भाग निर्माणको तयारीमा रहेको छ।
प्रदेश र सङ्घीय शासन प्रणालीप्रति पछिल्लो समय देखिएको असन्तुष्टिको सम्बोधन हुने र नागरिकले परिवर्तनको अनुभूति गर्ने गरी प्रदेशले काम गर्नुपर्नेमा जोड दिइएको छ। बागमती प्रदेश सभाको पाँचौँ वार्षिकोत्सवका अवसरमा बागमती प्रदेश सभा सचिवालयले बुधबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा नागरिकको ठूलो लगानी र बलिदानीबाट प्राप्त सङ्घीय लोकतान्त्रिक शासन प्रणालीलगायतका उपलब्धिको रक्षा आवश्यक भएको भन्दै यसका लागि प्रदेश सभा सदस्यलाई दायित्व बोध र इमानदारितापूर्वक लाग्न आग्रह गरिएको हो।
विराटनगर महानगर–पालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन्। बालबालिकाबीचको विभेद, बालश्रम, बालविवाहजस्ता घटना दोहोरिने गरेको छ। अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगर क्षेत्रभित्र यथावत् नै छ।
गुल्मीको इस्मा गाउँपालिका–६ बुल्मकी सबिना कुमाल अहिले गुन्द्री बुन्न व्यस्त हुनहुन्छ । १७ वर्षीया सविना गाउँमै रहेको विद्यालयमा कक्षा ११ मा पढ्नुहुन्छ । उहाँ विद्यालय बिदाको समयमा आमालाई गुन्द्री बुन्न सघाउनुहुन्छ ।
झापाको दमकमा दाहसंस्कार गर्ने स्थल नहुँदा मृत्यु संस्कार गर्न अप्ठेरो परेको भन्दै घाट निर्माण गरिने भएको छ। आर्थिक अवस्था कमजोर भएकालाई दाह संस्कारका लागि टाढा जना समस्या भएपछि दमकमै मुक्तिघाट बनाउन थालिएको हो। एक दशकअघिदेखि नै दमकमा मुक्तिघाट बनाउने विषयमा छलफल भएर केही बजेट विनियोजन भए पनि घाट बन्न सकेको छैन। एक दशकअघिदेखि नै दमक नगरपालिकाको नीति तथा कार्यक्रममा पनि मुक्तिघाट बनाउने विषय समावेश हुँदै आएको छ।
‘थोरै खाऊँ, सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुन खाऊँ, स्वस्थ बनौँ’ भन्ने नाराका साथ बुधबारदेखि आयोडन महिना सुरु भएको छ । नेपालमा हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइने प्रचलनअनुसार नेपालभर बुधबारदेखि आयोडिन महिनाका कार्यक्रम सुरु गरिएको हो ।
भारतबाट इन्धनको मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासबाहेक सबै इन्धनको मूल्य बढेर आएको हो । नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर आठ रुपियाँ र डिजेल प्रतिलिटर सात रुपियाँ ९८ पैसा मूल्य बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ । यस्तै मट्टीतेलको मूल्य प्रतिलिटरमा चार रुपियाँ ८० पैसा र हवाई इन्धन लिटरमै सात रुपियाँ ५० पैसा मूल्य बढेर आएको छ ।
नेपालको परराष्ट्र नीतिलाई थप छलफल गरेर सार्वजनिक गरिने भएको छ । दुई वर्षअघि बनेको परराष्ट्र नीतिमा व्यापक छलफल नभई मन्त्रालयको वेबसाइटमा राखिएको भन्ने गुनासो बढेका बेला परराष्ट्रमन्त्री विमला राई पौडेलले त्यसलाई थप केही छलफल र सुधार गर्नुपर्ने भएमा सुधार गरेर आम मानिसको पहुँचमा पु-याइने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आयोगका अनुसार बुधबार उक्त पार्टीविरुद्ध उजुरी दर्ता भएको हो। रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको मागसहित युवराज पौडेल (सफल)ले निर्वाचन आयोगमा उजुरी दिनुभएको हो। एक जना गैरनागरिक उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा राष्ट्रको गोपनीयता भङ्ग भएको र उक्त गतिविधि राष्ट्रिय हितविपरीत भएको तर्क गर्दै पौडेलले दलको दर्ता खारेजी गर्न माग गर्नुभएको हो।
परराष्ट्रमन्त्री विमला राई पौडेल बिहीबार श्रीलङ्का जाँदै हुनुहुन्छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ श्रीलङ्का जान लाग्नुभएको हो । आउँदो शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाह्रै महिना आन्तरिक पर्यटकले भरिने गाजाको दह प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) प्रयोग गर्ने भएको छ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्याउनु नहुने बताउनुभएको छ।