त्रिपुराकोटको पुरानो सेजकुलो भत्किएपछि भूतपूजा गरिएको छ । त्रिपुरासुन्दरी नगरपालिका –१ त्रिपुराकोटस्थित मसानजाड तल्लोचुकेनीसम्मको ७८ वर्ष पुरानो सेजकुलो भत्केपछि भूत रिसाएको भन्दै त्रिपुराकोटका स्थानीयले भूतलाई शान्त बनाउन पूजा गरेका हुन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता नैनसिंह महरले पछिलो समय जनताको जनजीवन र समस्याप्रति वर्तमान सरकार सचेत र चिन्तित नदेखिको बताउनुभएको छ ।
पूर्वी ताप्लेजुङ र पाँचथरको सीमा भएर बग्ने इन्द्रावती खोलामा आएको बाढीसँगै गएको पहिरोका कारण झोलुङ्गे पुल उच्च जोखिममा पुगेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित, स्रोत साधनमार्फत् समुन्नतिका नयाँ सम्भावना खोजिरहेको बताउनुभएको छ। सरकार गठन भएको शनिबार एक सय दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उहाँले अहिलेको प्राथमिकता उत्पादन वृद्धि र जनको समृद्धि भएको उल्लेख गर्नुभयो।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट देखिएको चापाघाटको दृश्य । साथै मादी नदी र मादी नदीमाथि रहेको पक्की पुल ।
रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष् फुयाँलले जित्नुभएको छ ।
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
कैलाली जिल्ला अदालतले एक वर्षमा एक हजार ९७९ मुद्दा फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा नयाँ दर्ता भएको र जिम्मेवारी सरेको गरी जम्मा तीन हजार ५९१ मुद्दा रहेको थियो ।
बाँकेको कोहलपुर नगरपालिकाले ४३ करोड बेरुजु असुलीमा कडाइ गर्दै असुली अभियान नै सुरु गरेको छ ।
नेपाल पत्रकार महासङ्घ गुल्मीका साधारण सदस्य तथा पत्रकार कृष्ण ज्ञवाली (अञ्जान) को निधन भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–१ निवासी ज्ञवालीको ५५ वर्षको उमेरमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लास्थित गौरीकुण्डमा बिहीबार राति आएको पहिरोमा परी १४ जना नेपाली र छ जना भारतीय नागरिकसहित २० जना बेपत्ता भएका छन्।
बहुचर्चित काठमाडौँ–केरुङ अन्तर्देशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनलाई तीव्रता दिइरहेको चिनियाँ टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग छलफल तथा अन्तरक्रिया गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताउनुभएको छ ।
काठमाडौं, साउन २० गते। वरिष्ठ सर्जक प्रा. राजेन्द्र सुवेदीको ८१ औँ जन्मजयन्तीकोको अवसरमा उहाँका ‘छानिएका भूमिका’ कृति सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले सुवेदीको भूमिका संकलन गरिएको कृति सार्वजनिक गर्नुभएको हो। नेकपा (एमाले) का उपाध्यक्ष एवम् प्रतिनिधि सभाका सदस्यसमेत रहनुभएका नेम्वाङले कार्यक्रममा वरिष्ठ कलाकार के के कर्माचार्यले बनाउनुभएको सुवेदीको चित्रसमेत सार्वजनिक गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेम्वाङले सुवेदीसँग इलाम बस्दाका केही सम्झना सुनाउनुभयो। नेम्वाङले सुवेदीलाई आफूले सधै इलामे ठानेकोसमेत बताउनुभयो। ‘‘राजेन्द्र सुवेदी इलाममा क्याम्पस प्रमुख हुँदा उहाँले निर्वाह गर्नुभएको भूमिका अहिले पनि धेरैले सम्झिन्छन्। २०२९ सालमा इलाममा हुँदा उहाँले सधै सम्झिने आधार तयार पार्नुभएको थियो’’, सुवेदीलाई सम्झदै नेता नेम्वाङले भन्नुभयो। नेम्वाङले हिमाल, पहाड, तराई र सबै जातजातिलाई जोड्ने नेपाली भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको उल्लेख गर्नुभयो। नेम्वाङले भन्नुभयो, ‘‘सबै जातजातिलाई एक ठाउँमा राखेर बाध्ने काम नेपाली भाषाले गरेको छ। हिमाल, पहाड र तराईलाई र सबै जातजातिलाई नेपाल भाषाले जोडेको छ। यो भाषाको विकासमा राजेन्द्र सुवेदीको विशिष्ट योगदान रहेको छ।’’साहित्यकार जिवेन्द्रदेव गिरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ साहित्यकार अभि सुवेदी र समालोचक ज्ञानु पाण्डेले राजेन्द्र सुवेदीको बारे मन्तव्य राख्नु भएको थियो। डा. रमेश शुभेच्छुले स्वागत गर्नुभएको कार्यक्रममा सुवेदीका नातिनीसहित अन्य कविले सुवेदीका कविता वाचन गर्नुभएको थियो। कार्यक्रममा राजेन्द्र सुवेदीको जीवन र साहित्य सिर्जनाको विषयमा आधारित डकुमेन्ट्रीको प्रदर्शन पनि गरिएको थियो। राजेन्द्र सुवेदीको २०७८ जेठ ३ गते सोमबार कोरोना सङ्क्रमणबाट निधन भएको थियो।