बैतडी र दार्चुला जिल्लाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना सम्पन्न भएपछि चमेलिया नदीबाट ९६ मेगावाट बिजुली उत्पादन सुरु भएको छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको माथिल्लो चमेलिया जलविद्युत् आयोजना लक्ष्यभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न भएको हो । ४० मेगावाटको माथिल्लो चमेलिया निजी क्षेत्रको लगानीमा निर्मित सुदूरपश्चिमकै पहिलो ठुलो जलविद्युत् आयोजना हो ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका साबिक सन्धिखर्क, नरपानी, खाँचीकोट, किमडाँडा, अर्घा, डिभर्ना र वाङ्ला गाउँपालिका मिलाएर बनेको हो। २०३२ सालमा जिल्लाको नरपानीबाट सदरमुकाम सन्धिखर्कमा सारिएको थियो। चारैतर्फ पहाडी तथा बिचबाट बगेको बाँगी खोला र खोला वारिपारि बसेको बाक्लो बस्ती तथा रमणीय फाँटले सन्धिखर्क नगरपालिकाको सौन्दर्य बढाएको छ। सन्धिखर्क नगरपालिकाको विकासलगायत समसामयिक विषयमा सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठसँग अर्घाखाँची समाचारदाता गणेश खनालले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
लुम्बिनी प्रदेश सरकारले मन्त्रालय फुटाएर भए पनि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको छ। सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले साउन महिनाभित्र नेपाली कांग्रेसका तीन र नेकपा (माओवादी केन्द्र) का दुई गरी पाँच जना मन्त्री थपिने बताउनुभयो। मन्त्री पाण्डेले मन्त्रालय बाँडफाँटको विषयमा विवाद नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले तीन वटा र माओवादी केन्द्रले दुई वटा मन्त्रालय पाउनुपर्ने पहिलेकै सहमति हो। भागबन्डामा परेका मन्त्रालयले यो महिनाभित्र मन्त्री पाउने छन्।”
बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ। यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन्। अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन। काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवनार भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मेचे भाषा
म्याग्दीमा एक जना वडा सचिवले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको पाइएको छ । जिल्लाको रघुगङ्गा गाउँपालिका–१, बेगका वडा सचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्ताको रकम हिनामिना गरेको गाउँपालिकाको छानबिन समितिले जनाएको छ । सामाजिक सुरक्षा भत्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि पालिकाले छानबिन समिति बनाएको थियो ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्साका स्थानीय तहलाई कवाडीकरको नाममा कच्चा पदर्थमा समेत लगाइएको कर हटाउन आग्रह गर्नुभएको छ ।
भीमदत्त नगरपालिकामा निर्माणाधीन प्रशासकीय भवनमा खुल्लमखुल्ला गुणस्तरहीन सामग्री प्रयोग भइरहेको पाइएको छ। पालिकाको भवनको दोस्रो र तेस्रो तलाको भित्तामा गुणस्तरहीन दोयम इँटा प्रयोग भइरहेको हो। नगरपालिकाका प्राविधिक, कर्मचारी र नगर नेतृत्वले भने त्यसप्रति आँखा चिम्लिएको आरोप स्थानीयको छ। निर्माण कम्पनीले कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा दोयम इँटा प्रयोग गरिरहेको आरोप लागेको छ।
पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिनुभयो । उहाँसँगै अन्य कलाकार पनि त्यहीँ हुनुहुन्थ्यो ।
खाँडाचक्र नगरपालिका–१ का प्रकाश ताम्राकार घर खर्चको जोहो गर्न भारत जाने आउने गर्नुहुन्थ्यो। घरमा असारे काम सकेर दशैँ खर्च जुटाउन श्रीमती तथा बालबच्चाको शरीर ढाक्ने रकम जोह गर्न प्रकाश भारतको उत्तराखण्ड पुग्नुभएको हो। घर बनाउँदा लागेको ऋण तिर्नका लागि २०७९ साल भदौ ३ गते भारत पसे पनि राम्रो कमाइ नभएकाले उहाँलाई एक पटक पनि घर फर्किने मन भएन। प्रकाशका साला बहादुरे विश्वकर्मा भन्नुहुन्छ, “अति मेहनती, मिलनसार, राम्रो बोली, कसैसँग पनि मनमुटाव नगर्ने मान्छेलाई कालले पनि छिटो लिने रहेछ।”
चितवनका ५१ जना भारतीय भूपू सैनिकलाई ‘वरिष्ठ योद्धा सम्मान’द्वारा सम्मानित गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगन्ज र भूपू सैनिक कल्याणकारी क्लबद्वारा संयुक्त रुपमा शनिबार आयोजित सो कार्यक्रममा ८० वर्षमाथिका भारतीय भूपूसैनिकलाई सम्मान गरिएको थियो ।
नौ वर्ष बितिसक्दा पनि सम्पन्न हुन नसकेको चार किलोमिटर सडक निर्माण अहिले थप अन्योलमा परेको छ । भरतपुरमा निर्माणाधीन यो सडकका लागि चालु आर्थिक वर्षमा बजेट नछुट्याएपछि अन्योल बढेको हो ।
तनहुँ जिल्लामा उत्पादित कागतीले बजार नपाउँदा कृषक निराश भएका छन् । व्यावसायिकरूपमा कागतीखेती सुरु गर्नुभएका देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले उत्पादन भएका कागतीले बजार नपाएको गुनासो गर्नुभयो ।
कर्णाली प्रदेशमा छ महिनासम्मको अवधिमा ७४ प्रतिशतले स्तनपान गराएका छन्। दुधदानीबाट ११ प्रतिशत बालबालिकालाई दुध खुवाउने गरेका छन्। विश्व स्तनपान सप्ताहको अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले उक्त कुराको जानकारी दिँदै शिशुका लागि स्तनपान उपयुक्त रहेको जनाएको छ।