स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।
आँखा पाक्ने रोगवृद्धि हुन थालेपछि चितवनका विद्यालय एक साता बन्द गरिएको छ । केही हप्ता अगाडिदेखि बालबालिका तथा अन्य वर्गमा आँखा पाक्ने सङ्क्रमण वृद्धि भएको छ ।
नयाँरोड–बरहथवा सडकखण्ड अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका –९, सोल्टीमोडमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका वर्तमान तथा निवर्तमान प्रदेश सभा सदस्यबिच अनुभव आदान–प्रदान कार्यक्रम गरिएको छ ।
जिल्लाको रामारोशन गाउँपालिकाका कर्मचारीहरूले आफ्नो तलब घटाइएको भन्दै आन्दोलन सुरु गरेका छन् । गाउँपालिकामा कार्यरत करार कर्मचारीको खाइपाइ आएको तलब घटाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् ।
कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।
बर्दिबास लगायत महोत्तरीको उत्तरी भेगमा आँखा पाक्ने रोग सामुदायिक स्तरमा फैलिएको छ । यसको सङ्क्रमणबाट सबै उमेर समूह प्रभावित देखिए पनि बालबालिका सबैभन्दा बढी सङ्क्रमित भएको स्वास्थ्यकर्मीले जनाएका छन् ।
नेपाल, भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने सातौँ हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मङ्सिर २२ गते देखि २४ गतेसम्म पश्चिम बङ्गालको राजधानी कोलकत्तामा हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का नेताहरूले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
कार्यक्रममा यादव खरेल, नीर शाह, गणेश रसिक, शिव श्रेष्ठ, मिथिला शर्मा तथा शर्मिला मल्ललाई सम्मान प्रदान गरिएको छ ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
वराहक्षेत्र २, पुनर्वासका, कृष्णप्रसाद अधिकारी दुई हप्तादेखि राम्रोसँग निदाउन पाउनुभएको छैन । प्रत्येक साँझ एक हातमा बत्ती र अर्को हातमा लट्ठी बोकेर रात कटाउनु उहाँको दैनिकी नै बनेको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले नेताहरूको जिम्मेवारी फेरबदल गरेको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी पदाधिकारी बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेको हो।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त हुनु भएको छ ।
कपिलवस्तुमा सर्पको टोकाइबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका-३ खैराटीका सुनिल बरईको दुई वर्षीय छोरा सूर्य बरई छन् ।