सुन तस्करी प्रकरणमा पक्राउ परेका १७ जना आरोपीहरूलाई आज साँझ राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो [सिआइबी]को हिरासतमा ल्याइएको छ ।
पहुँच र शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा टिकिरहने कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न यति बेला सिंहदरबारमा कर्मचारीको भिड लाग्न थालेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निकै देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभयो, “कठै, मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्रै परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक जारी छ।” तर उहाँले गाडी परिवर्तन गर्नु पर्नाको कारण भने खुलाउनुभएन। उहाँले भनेजस्तो अर्कै गाडी प्रयोग गरेर क्लिनिक भने जारी नै छ।
काठमाडौं, साउन २१ गते। नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्यले समाजिक सञ्जालमा प्रत्येक दिन दुईवटा ‘स्टाटस’ पोष्ट गर्न निर्देशन दिएको छ। राजधानीमा आज सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारका उपलब्धि र नीति र नेतृत्वको प्रतिरक्षामा जोड दिने सामग्री बिहान र बेलुका गरी दिनमा कम्तीमा दुईवटा ‘स्टाटस’ पोष्ट गर्नुपर्ने निर्णय गरेको हो। त्यस्ता पोष्ट सार्वजनिक मिडियामा समाचार बन्ने सक्ने गरी कम्तीमा छ वा सात लाइनको हुनुपर्नेछ। माओवादीले पार्टीका सबै सदस्यलाई मर्यादित रूपमा पार्टीको पक्षमा सामाजिक सञ्जालमा सक्रिय हुन सर्कुलर गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो। स्टाटस वा पोष्ट लेख्दा सभ्य र मर्यादित भाषाको प्रयोग गर्नुपर्ने, अरूको आलोचना र नकारात्मक टिप्पणीभन्दा आफ्ना नीति र उपलब्धिको प्रचारमा जोड दिनुपर्ने माओवादीले जनाएको छ। यस्तै पार्टी केन्द्रीय कार्यालय र प्रधानमन्त्रीको सचिवालयले उत्पादन गरी पठाएका प्रचार सामग्री (स्टाटस, अडियो, भिडियो, ग्राफिक्स डिजाइन) प्रत्येक केन्द्रीय सदस्यले अनिवार्य पोष्ट गर्नुपर्ने माओवादीको निर्णय छ। माओवादीले प्रचार तथा प्रकाशनसम्बन्धीको कामलाई व्यवस्थित बनाउन पार्टीको जनसङ्गठनका रूपमा रहने गरी व्यावसायिक सङ्गठनको ढाँचामा आइसिटी फोरम नेपाल बनाएर केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहको संरचना बनाउने भएको छ। आगामी भदौ मसान्तसम्म आइसिटी फोरम नेपालको केन्द्रीय भेला गरी सम्मेलन आयोजक समिति गठन गरिनेछ। यसैगरी पार्टीको वेबसाइट निर्माण गरी तीन महिने अभियानका सबै गतिविधि ‘अपडेट’ गर्ने, सम्पादक, लेखक तथा समाचारदातासँग केन्द्रीयस्तरमा नियमित अन्तरक्रिया, स्थानीयस्तरमा सञ्चारकर्मीसँग भेटघाट गर्ने माओवादीले जनाएको छ। माओवादीले कम्तीमा १५ दिनको एकपटक केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टी नीति, निर्णय र काम सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ। पार्टी केन्द्रीय सदस्यलगायत सबै तहका कमिटी र सदस्यले फेसबुक, ट्विटर र टिकटकलगायत सामाजिक सञ्जालका ‘एकाउन्ट’ बनाउनुपर्ने, पार्टीका सबै कमिटीमा प्रचार सेलको व्यवस्था गर्ने, पार्टीको नीति र नेतृत्वको विरूद्ध सार्वजनिक टिप्पणी गर्ने कुरालाई निरूत्साहित गर्ने माओवादीको नीति छ।रासस
नागढुङ्गा–नौविसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को सोमबार ‘ब्रेक थ्रू’ हुने भएको छ ।
लुम्बिनी प्रदेश सभाले स्थानीय तहमा प्रदेश सभा कार्यक्रम सञ्चालन गर्ने भएकोे छ । संघीयताको खारेज नभई व्यवस्थित गरेर झन बलियो बनाउनुपर्ने प्रदेश सभामुख तुलाराम घर्तीले बताउनुभयो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सरकारी कर्मचारी हुँ भन्दै पेशेवर रुपमा ठगी गर्ने तथा लिखतसम्बन्धी कसुरमा सम्लग्न व्यक्तिलाई पक्राउ गरेको छ ।
गाउँमा उत्पादित कृषिउपजलाई बजारसम्म लग्न सहज गराउने उद्देश्यले इलामका दुई पालिकाले यो वर्षदेखि कृषि एम्बुलेन्स सञ्चालमा ल्याउने तयारी गरेका छन् ।
भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम पौडेलले राष्ट्रिय मेलमिलापको नीति अपनाएर भुटानी शरणार्थीलाई स्वदेश फर्काउन भुटानका राजा जिग्मे खेसर नाम्ग्याललाई अपिल गर्नुभएको छ ।
महाकाली नदीमा पानीको सतहले सतर्कता विन्दु नाघेपछि नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ ।
बागमती प्रदेशका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले अढाई महिनापछि मन्त्रालयको जिम्मेवारी पाउनु हुनेभएको छ ।
वेदकोट नगरपालिका–४ मा पर्ने बगुन खोला तटबन्धको काममा वडा अध्यक्षले नै अवरोध गर्नुभएको छ । आफूले सङ्कलन गरेका ढुङ्गा खरिद गर्नुपर्ने भन्दै उहाँले तटबन्धको काममा अवरोध गर्नुभएको हो ।
कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने चलचित्र बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित पार्वती मेडिकोले जिल्ला प्रशासन कार्यालय इलामलाई दुई लाख रुपियाँ जरिवाना बुझाएको छ ।