अर्जुनचौपारी गाउँपालिकामा २० वर्ष उमेर कटेकाले मात्र मदिरा सेवन गर्न पाउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी ऐन, २०७९ मा मदिरा सेवनलगायतका कुरा राखेर ऐन लागू गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता घनश्याम भुसालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा बेहास हुनुभएको नेता भुसाल बानेश्वरस्थित शिभिल अस्पतालमा भर्ना हुनुभएको थियो ।
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली देशमा रोजगारी सिर्जना गर्नका लागि जीवन रुपान्तरण गर्न सक्ने प्राविधिक शिक्षाको आवश्यकता रहेको बताउनु भएको छ।
गैंडा मारिन थालेपछि पाँच देशका गैंडा संरक्षण विज्ञको सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
पर्वतका कृषकहरुले बाँझो जमिनमा अलैंची खेती गर्न सुरु गरेका छन् । यस वर्ष पर्वतमा २० मेट्रिक टन अलैंची उत्पादन भएको छ । जिल्लाका विभिन्न वडाका कृषकहरुले लगाएको अलैंची खेतीबाट उत्पादन बढ्दै गएपनि बजार अभावका कारण सोचे अनुसार लाभ भने लिन सकिरहेका छैनन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ।
झापाको दमक नगरपालिकामा पहिलो पटक राष्ट्रिय भूमि आयोग झापाको समन्वयमा २७ जना भूमिहीनले धनीपुर्जा पाएका छन्।
लुम्बिनी प्रदेशको पाँचौ प्रदेश सभा बैठक नागरिक उन्मुक्ति पार्टीको अवरोधका कारण स्थगित भएको छ।
सडक डिभिजन कार्यालय पाल्पाले सडकका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेको छ । सिद्धार्थ राजमार्गअन्तर्गतका पाल्पा–बुटवल खण्डको सडकमा परेका खाल्टाखुल्टी पुर्ने काम सुरु गरिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा नवनिर्मित रत्नराज्य माध्यमिक विद्यालय भवनको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ ।
उत्पादित तरकारी बिक्री नभएको भन्दै चितवनका किसानले नारायणगढका सडकमा तरकारी फालेका छन् ।
नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वस्थित सिभिल अस्पतालमा भर्ना हुनुभएको छ । शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित हुँदा गाडीको स्टेरिङले छातीमा लागेर बेहोस हुनुभएपछि नेता भुसाल अस्पतालमा भर्ना हुनुभएको हो ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकार नेपालको विकासमा जोड दिन सधैँ प्रतिवद्ध रहेको बताउनु भएको छ ।