पुर्वी नेपालको पर्यटकीय पिके क्षेत्रलाई समेटिएर तयार पारिएको पिके नामक पुस्तक सार्वजनिक भएको छ । हिमाल गिरिद्वारा लिखित उक्त पुस्तक आइतबार एक समारोहका बिच लेखक कर्ण शाक्यले विमोचन गर्नुभएको थियो ।
त्रिविमा राजनीतीकरण हुनु त्रिवि समुन्नतिको बाधक हो भन्ने एउटा जबर्जस्त विश्वासले आमनागरिक, बुद्धिजीवी र हरेक तह र तप्काका जनतामा गहिरो जरा गाडेको छ । त्रिविका आकाशमा राजनीतिका काला बादल मडराइरहेको र त्रिविले छर्ने ज्ञानको ज्योति त्यही बादलले छेकेको भन्ने भाष्य जबर्जस्त रूपमा स्थापित गरिँदो छ । यहाँनेर सम्झनुपर्ने एउटा कथन छ, ‘जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ ।’ हो त्रिविबारे हामी जे गर्जन सुनिरहेछौँ र जजस्ता काला बादलहरू देखिरहेछौँ त्य
म्याग्दीमा उत्पादन भएको घार खोला जलविद्युत आयोजनाको १४ मेगावाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ६ मा निर्माण भएको घार खोला जलविद्युत आयोजनाको सबै संरचना र उपकरणहरूको परीक्षण सफल भई उत्पादित विद्युत् आइतबार देखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
नाटक ‘दुई नाटक’ को मञ्चन सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार पारिएको नाटकलाई कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकाङ्कीलाई नाट्य रूपान्तरण गरेर तयार पारिएको हो । एउटा भीमनिधि तिवारीले लेख्नुभएको कथा हो भने एकाङ्कीलाई परिवर्तनले परिकल्पना र निर्देशन गर्नुभएको हो ।
रामेछापको मन्थली नगरपालिकाले गौरवको आयोजनाका रूपमा निर्माण गरेको तीनलाल पर्यटकीय पार्क घुमफिरका लागि खुला गरिएको छ ।
बालविवाहविरुद्ध विद्यालयका छात्राहरू गाउँ गाउँमा देउडा गीतमार्फत जनचेतना फैलाउन थालेका छन् । जिल्लाका अधिकांश गाउँमा बालविवाह न्यूनीकरण हुनुपर्नेमा वृद्धि हुन थालेपछि विद्यालयका छात्रा यसरी जुटेका हुन् । सिमकोट गाउँपालिका–८ को सैपाल माध्यमिक विद्यालयकी छात्रा जानकी बुढाले बर्सेनि बालविवाह बढिरहेकाले विद्यालयमा छात्रा मिलेर देउडा गीतमार्फत जनचेतना फैलाउन सुरु गरेको बताउनुभयो । यसअघि उहाँसहित विद्यालयका बिस जना छात्राले बालविवाहविरुद्धको तालिम लिनुभएको थियो । उहाँले गाउँ गाउँमा बालविवाह हुने तर उजुरीसमेत नपर्ने भएकै कारण यो सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
कालिज भन्नेबित्तिकै हाम्रो दिमागमा कुनै जङ्गल आउँछ । त्यो स्वाभाविक पनि हो किनकि हामीले कालिज प्रायः जङ्गलमा देखेका छौँ तर पछिल्लो समय व्यावसायिक रूपमा कालिज पाल्न सुरु गरिएको छ । अहिले देशका धेरै ठाउँमा कालिज पाल्न थालिएको छ । खोटाङको वराहपोखरी गाउँपालिका–२, सुन्तलेमा विगत दुई वर्षदेखि कालिजपालन सुरु भएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित खस जुम्ली भाषा
पछिल्लो समयमा नेपालीले वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देशलाई श्रम गन्तव्य बनाउन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा युरोपका रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्डलगायतका देशमा जाने नेपाली श्रमिकको सङ्ख्या बढ्न थालेको छ । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० मा नेपालीले श्रम गन्तव्य बनाएका प्रमुख १० वटा युरोपेली देशमा रोमानिया, क्रोएसिया, साइप्रस, पोल्यान्ड, माल्टा, बेलायत, सर्बिया, पोर्चुगल, ब्रुनाई र क्यानडा रहेका छन् । यी देशमा जान मात्रै आव २०७९/८० मा ४४ हजार ३२७ जनाले श्रम स्वीकृति लिएको विभागमा तथ्याङ्कमा देखिन्छ ।
पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ ।
भारतले नेपालको विद्युत्लाई भारतीय रियल टाइम मार्केटमा बिक्रीका लागि सुविधा उपलब्ध गराएको छ । भारतको विद्युत् मन्त्रालयले सीमापार विद्युत् आयात निर्यात कार्यविधि संशोधन गर्दै विद्युत् व्यापार सम्झौता गरेका छिमेकी मुलुकको विद्युत् रियल टाइम मार्केटमा बिक्री गर्न पाउने सुविधा थप गरेको हो ।
मुलुकबाट झन्डै साढे तीन अर्बभन्दा बढी रुपियाँ बराबरको कुकुर र बिरालोको खाना (क्याट फुड र डग फुड) निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४० करोड ९० लाख ७३ हजार रुपियाँको कुकुर र बिरालोको खाना निर्यात भएको छ । अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले निर्यात बढी हो । आव २०७८/७९ मा दुई अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपियाँ निर्यात भएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका –२ मा को पीपल गाउँ बस्ती पहिरोको उच्च जोखिममा रहेको छ ।
संवैधानिक परिषद्ले प्रस्तावित प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइका लागि पठाएको छ । परिषद्ले सुनुवाइ प्रक्रियाका लागि संसदीय सुनुवाइ समितिमा नाम पठाएको हो । परिषद्को पत्राचार अनुसार समितिले प्रारम्भिक बैठक मङ्गलबार बोलाउने तयारी गरेको छ । उक्त बैठकबाट प्रक्रिया थालनी गर्दै श्रेष्ठविरुद्ध उजुरी आह्वान गर्ने तयारी छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको तस्करीको झन्डै एक क्विन्टल सुन प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई दिने निर्णय गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुन तस्करी प्रकरणमा थप छानबिनको जिम्मेवारी सिआइबीलाई दिन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिनुभएको थियो। विभागले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सुन तस्करी प्रकरणको थप अनुसन्धानका लागि फाइल सिआइबीलाई बुझाउने निर्णय गरेको जानकारी दिएको छ।