• ९ मंसिर २०८१, आइतबार

‘दुई नाटक’ मञ्चन

blog

पोखरा, साउन २२ गते । नाटक ‘दुई नाटक’ को मञ्चन सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार पारिएको नाटकलाई कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकाङ्कीलाई नाट्य रूपान्तरण गरेर तयार पारिएको हो । एउटा भीमनिधि तिवारीले लेख्नुभएको कथा हो भने एकाङ्कीलाई परिवर्तनले परिकल्पना र निर्देशन गर्नुभएको हो । 

नाटकले विद्यार्थीलाई उनीहरूको स्थानीय संस्कृतिसँग जोड्ने मात्र नभएर समाज र इतिहासमा कलाको प्रभावबारे सिकाउँछ । विद्यार्थीका लागि व्यावहारिक दृष्टिकोण प्रदान गर्छ । उनीहरूमा विषयवस्तु तथा सन्देशको विश्लेषण र व्याख्या गर्ने क्षमता बढाउँछ । 

रमेशबाबु तिम्लिसनाको प्रकाश परिकल्पना, रञ्जु दाहालको ध्वनि, सुसन पौडेलको प्रकाश परिचालन र दिप्सना विश्वकर्माको कस्टुम म्यानेजर रहेको नाटकमा कुसुम आचार्य शर्मा, कृष्टिना अर्याल, अमृत परियार, रोहित पौडेल, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, जनक पराजुली र रोशनी रामदामको अभिनय रहेको छ । 

नाटकको पोस्टर तथा स्केच अमृत परियार र मनोज तामाङ, डिजाइन दयाराज ढुङ्गाना, मञ्च व्यवस्थापक रोशनी रामदाम, मञ्च निर्माण धनकाजी श्रेष्ठ, रोहित पौडेल, अमृत परियार र मिलन श्रेष्ठको रहेको छ ।