सिन्धुलीको कमलामाई नगरपालिकाले शिक्षक तथा विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप फैलिएपछि सोमबारदेखि पाँच दिनका लागि विद्यालय बन्द गरेको छ ।
यतिबेला बाजुराका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता ल्याउन जाँदा लौरोको सहायताले घण्टौँ पैदलमा हिँड्न दुःख पाउँदै गरेका ज्येष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै भत्ता पाउन थालेपछि खुशी भएका हुन् ।
टोखा नगरपालिकाले सार्वजनिकस्थलमा धूमपान गरे कारबाही गर्ने भएको छ । टोखाले सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण गर्ने) ऐन, २०६८ (प्रथम संशोधन २०७६ सहित) मा भएको व्यवस्था बमोजिम सार्वजनिकस्थलमा सुर्तिजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको हो ।
आँखा पाक्ने रोगको प्रकोपले घोराहीस्थित राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान र तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले वनलाई नेपालको समृद्धिमा योगदान पुर्याउने माध्यमका रुपमा अघि बढाइने बताउनुभएको छ ।
शनिबारको बिदा मनाउन मामाघर भारतको बलरामपुर पुगेका नेपालगञ्जका दाजुबहिनी निलान्स र सुनिती घर फर्किंन पाएनन् । शनिवार बिहान आमासँगै मामाघर गएका निलान्स र सुनितीको साँझ घर फर्किनेक्रममा भारतको श्राबस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी अल्पायुमै निधन भयो । आमा सीता गुप्ता माइतीमै रहेकाले सुरक्षित हुनुहुन्छ ।
भैरवप्रसाद गण सिलगढीका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीको नागरिक अभिनन्दनसहित बिदाइ गरिएको छ । विगत डेढ वर्षदेखि डोटीमा कार्यरत कार्कीलाई डोटीका नागरिक संस्थाहरुले एक कार्यक्रमबीच सम्मानसहित बिदाइ गरेका हुन् ।
सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित धर्मेश्वर मन्दिरमा बिहान ८ बजे पहेँलो टिसर्ट लगाएका एकहुल मानिस प्रवेश गरे ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव एवम् पूर्व मन्त्री गोकर्ण विष्टले मुलुकलाई सङ्कटबाट पार लगाउने शक्ति एमाले मात्र भइएको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्ना शुभेच्छुकहरूको सल्लाह सुझाव र जनगुनासो सम्बोधन गर्न ‘इ–हुलाक सेवा’ पुनः सञ्चालनमा ल्याउनुभएको छ ।
शनिबार परेको अविरल वर्षाले गर्दा आएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डको बैसरीमा सडक अबरुद्ध भएको छ । बेनी–जोमसोम–कोरला–कालिगण्डकी करीडोर सडक आयोजना अन्तर्गतको रघुगंगा गाउँपालिका –३ बैसरीमा सडक माथिबाट आएको पहिरो सडक अबरुद्ध भएको हो ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगुको सङ्क्रमण फैलिन नदिनका लागि बेनी नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान थालेको छ।
नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) बिच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ) को चरणमा पुगेको छ ।
अटिजम भएका बालबालिकाका लागि पश्चिम नेपालकै पहिलो अटिजम फिजियोथेरापी नेपालगञ्जमा सुरु गरिएको छ ।
घर वा व्यावसायिक भवन निर्माण गर्दा ऊर्जा खपत कम हुने एवम् वातावरणमैत्री बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।