सरकारले अति विशिष्ठ व्यक्ति (भिभिआइपी) र विशिष्ट व्यक्ति (भिआइपी) को स्वास्थ्य उपचार समिति गठन गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका निजी सुरक्षा अधिकृत (पिएसओ) प्रभाकर खड्काले प्रयोग गर्ने पेस्तोल चोरी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल एकेडेमीको स्थापना गरिएको छ ।
हिमाली जिल्ला मनाङका किसान स्याउखेतीतर्फ आकर्षित भएका छन् । स्याउ उत्पादन र बिक्री वितरण गरी जीविकोपार्जन चलाउने आधार बनाएर यहाँका किसान स्याउखेतीमा आकर्षित भएका हुन् ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा जारी छ ।
काठमाडौँ महानगरपालिकाले सामाखुसी खोलामाथिको गरेको ढलान भत्काएर खोलालाई सफाइको काम सुरु गरेका छन् । खोला माथि आरसिसी ढलान गरेपछि भत्काएर रड लाई काटेर खोला सफाइको कामलाई तीव्रता दिएको छ । स्थानीयले मापदण्ड विपरीत खोलामाथि ढलान बनाएको महानगरको भनाइ छ । महानगरले सामाखुसी, रानी बारी लगायतका क्षेत्रको सबै ढलान हटाउने जनाएको छ ।
शनिबार बढैयाताल गाउँपालिका–२ बर्दियाका खटकराज बुढा दसैँ–तिहारका लागि खर्च जुटाउन भन्दै भारत जानका लागि नेपाल–भारत सीमानाका जमुनाहमा भेटिनुभयो । उहाँले नेपालगन्जको गर्मी, शरीरभरि पसिनैपसिना खटकराजले पसिना पुछ्दै बर्खे खेतीबाली सकेर चाडपर्व खर्चको जोहो गर्न भारतको सिम्ला जान लागेको बताउनुभयो ।
भाइबहिनीहरू, तपाईंहरूलाई थाहा छ, पारिजात के हो ? पारिजात एउटा यस्तो फूल हो जुन रातिमा मात्र फुल्छ र बिहान सबै झर्छ । अनि यो एउटा मात्र फूल हो जुन भुइँमा झरे पनि भगवान्लाई चढाउन सकिन्छ तर आज हामी फूल पारिजातको बारेमा होइन, साहित्यकार पारिजातको जीवनीका बारेमा केही जानौँ है त । भाइबहिनीहरू, पारिजातको वास्तविक नाम विष्णुकुमारी वाइबा हो । उनको पिता केएन वाइबा र माता अमृता मोक्तानले उनको नाम विष्णुकुमारी राखे पनि लामाले चेकुडोल्मा ‘तारा रानी’ राखिदिएका थिए ।
ललितपुरको बुङ्मती क्षेत्रमा सात ठूला इँटा उद्योग सञ्चालनमा छन् । ती उद्योग छ महिना सञ्चालनमा हुन्छन् भने छ महिना वर्षात्का कारण बन्द हुन्छन् । अहिले वर्षात्का कारण बुङ्मती क्षेत्रका सबै इँटा उद्योग बन्द अवस्थामा रहेका छन् । तीन वर्षअघिको इँटा अझै मौज्दात छ, बिक्री भएको छैन ।
गुल्मीको रेसुङ्गा नगरपालिकामा पाडा प्रवर्द्धन कार्यक्रमको लगानी बालुवामा पानीसरह भएको छ ।
हाम्रा पुर्खा थिए साह्रै आँटिला वीर साहसी ज्यानको बलिदानै त दिन हुन्थे तयार ती ।। महान् देश हाम्रो यो बनेको बलिदानले लिन आएर नेपाल सक्थे के गर्न शत्रुले ?
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐन आगामी मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताउनुभएको छ । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
यहाँको हिमशृङ्खला, तालतलैया, अग्ला तरेली परेका डाँडा, हिमालका मनोरम दृश्यमा रमाउन पर्यटक आउने गर्दछन् । विशेषगरी यहाँ आउने पर्यटक हिमतालमा रमाउने गरेको पाइन्छ ।
विद्यालय ज्ञान आर्जन गर्ने स्थान हो । विद्यालयबाट लिएको ज्ञानले विद्यार्थीलाई भविष्य उज्ज्वल बनाउन बाटो निर्देशित गर्छ । विद्यालयले वातावरण मिलाउन सक्ने हो भने साना नानीबाबुहरूले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि लिन सकिन्छ । शैक्षिकसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नमा उदाहरणीय बनेको छ बाँकेको कोहलपुर नगरपालिका–११, भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालय । यो विद्यालयका विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्ने अवसर पाइरहेका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिका–५ मा पहिराले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।