• २२ वैशाख २०८१, शनिबार

पुर्खा (कविता)

blog

हाम्रा पुर्खा थिए साह्रै आँटिला वीर साहसी

ज्यानको बलिदानै त दिन हुन्थे तयार ती ।।


महान् देश हाम्रो यो बनेको बलिदानले 

लिन आएर नेपाल सक्थे के गर्न शत्रुले ?


डटी लडे सबै वीर काल देख्दा नि सामुमा 

वीर थे ती झुकेनन् है ल्याए विजय देशमा ।।


नेपालीको त झन्डा नै देखेर शत्रु भाग्दथ्यो 

पुर्खाको सम्झना आज हृदयमा सजी रह्यो ।।