नेपालको सबैभन्दा कडा सुरक्षा तथा भन्सार निगरानी रहेको मानिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै राजस्वप्रति ठुला अपराधका घटना बाहिरिएका छन् । क्विन्टलका क्विन्टल अवैध सुन चोरी पैठारी हुन्छ । तस्करी रोकिँदैन । यसले भारतसितका खुला सिमानातर्फबाट तस्करी होला भन्ने अनुमान लगाउन असजिलो हुँदैन । नेपाल–भारतबिचको खुला सीमाको दुरुपयोग अनेक तवरले भइरहेको हुन्छ । यसै मेसोमा जुत्ताचप्पलको तस्करीबाट मात्रै राज्यले वार्षिक १० अर्ब रुपियाँ राजस्व गुमाउनु परेको जा
नेपालमा मनसुनी वायुको प्रभावले देशैभर वर्षा हुने र गण्डकी प्रदेशमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको बिहार र पूर्वी उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको असर नेपालमा प्रत्यक्ष रूपमा रहँदा वर्षा अझै केही दिन निरन्तर हुने महाशाखाले विज्ञप्ति मार्फत जानकारी गराएको हो ।
रासायनिक मलको अभाव पूरा गर्न मकवानपुरमा अर्गानिक मल उत्पादन हुने भएको छ । राजेश्वर बायो फर्टिलाइजर्स कम्पनीबाट भदौदेखि सो मल उत्पादन हुने भएको छ । राजेश्वर बायोका प्रमुख हृदयराज गौतमले नेपालमा मलको आवश्यकता जति छ, त्यति मल उत्पादन गर्ने आफूहरूको लक्ष्य रहेको बताउनुभयो । बर्सेनि हुने मलको हाहाकारलाई आफूहरूले रोक्ने प्रयत्न गरेको उहाँले बताउनुभयो । पहिलो वर्ष दुई लाख मेट्रिक टन र दोस्रो वर्षदेखि बढाउँदै जाने र छैटौँ वर्षसम्म साढे सात लाख मेट्रिक टनसम्म मल उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।
जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ को बारेमा शनिबार यहाँ अन्तर्क्रिया भएको छ। पद्मश्री पुरस्कारको सूचीमा सूचीकृत उपन्यासमा पूर्वी नेपालमा रहेका सीमान्तकृत समुदायको सन्थाल समुदायको पहिचानलाई समाजशास्त्रीय ढङ्गले उल्लेख गरिएको छ। कार्यक्रममा बोल्दै समीक्षक सरिता तिवारीले आतोओडा उपन्यासमा सन्थाल जातिका साधारण कुराका असाधारण पक्षहरू समेटिएको बताउनुभयो। उहाँले भन्नुभयो, “साधारण कुरालाई पनि मिठो तरिकाले उपन्यासमा प्रस्तुत गर्न सक्नु उपन्यासकारको सफलता हो।”
सङ्गीतकार शम्भुजित बास्कोटाको रचना तथा सङ्गीत र गायिका मञ्जु थापाको स्वरमा रहेको तीज गीत ‘यो तीजमा नजाने माइती’ काठमाडौँमा एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ। नायिकाहरू शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, नीता ढुङ्गाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, राकेश खड्कालगायतको अभिनय रहेको छ। गीतको भिडियोलाई गम्भीर विष्टले निर्देशन र कोरियोग्राफी गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं. २ का सांसद रवि लामिछानेले गत बिहीबार घोषणा गर्नुभएको मोबाइल क्लिनिकमार्फत ३६५ जना बिरामीलाई उपचार गरिएको छ ।
मधुसूदन भट्टराईको निर्देशनमा निर्माण हुने चलचित्र ‘हामी तीन भाइ’ को छायाङ्कन सुरु भएको छ। चलचित्रको मकवानपुरको चित्लाङबाट छायाङ्कन सुरु गरिएको हो। साजित महत प्रस्तुतकर्ता रहनुभएको चलचित्रमा विनोद न्यौपाने, लक्ष्मी बर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहान्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हबलदार) लगायतको अभिनय रहने छ।
गत आर्थिक वर्ष २०७९/८० मा पास्ता र चाउचाउ निर्यात २५ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चाउचाउ र पास्ताको माग बढ्दै गएपछि निर्यातमा वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा नेपालबाट दुई अर्ब २९ करोड ६० लाख ९३ हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको छ । आव २०७८/७९ मा एक अर्ब ८३ करोड ४१ लाख ३० हजार रुपियाँको पास्ता र चाउचाउ निर्यात भएको थियो । स्वदेशी चाउचाउ र पास्ताको गत वर्ष सबैभन्दा धेरै निर्यात भारतमा भएको छ । गत आवमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतमा एक अर्ब ५५ करोड २४ लाख पाँच हजार रुपियाँको निर्यात भएको छ ।
सरकारले छिमेकी मुलुक भारतबाट धान र चामल ल्याउने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा आपूर्ति व्यवस्था सहज बनाउन धान र चामल आयात गर्ने गरी छलफल गरेको हो । दुई साताअघि भारतले बासमती चामल निर्यातमा प्रतिबन्ध लगाएपछि बजारमा हुन सक्ने सम्भावित अभावलाई मध्यनजर गरेर धान र चामल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ ।
नेपाल बैङ्क लिमिटेडले आफ्नो नाफाको दरलाई बढाउँदै लगेको छ । व्यवस्थापकीय कमजोरी तथा खराब कर्जाका कारण समस्यामा पर्दै आएको सो बैङ्क अहिले वित्तीय तथा अन्य हिसाबले बलियो बन्दै गएको छ । बैङ्कले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४१ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.७० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैङ्कले दुई अर्ब ९२ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको थियो ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आइतबार एकमुस्ट जवाफ दिनुहुने भएको छ। बुधबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन्।
काठमाडौँ महानगरपालिकाले स्वास्थ्य, शिक्षा, रोजगारीको प्रवर्धन, वातावरण सुधार र पूर्वाधारसँग सम्बन्धित महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगरले १० वटा महानगर गौरव योजना र २५ वटा स्वर्णिम योजना कार्यान्वयनमा ल्याइएको हो। चालु आर्थिक वर्ष २०८०/८१ मा गौरवका योजनाका लागि तीन अर्ब ८० करोड रुपियाँ र स्वर्णिम योजनाका लागि दुई अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ।
आर्थिक व्यवस्थापन पारदर्शी नगर्दा निर्वाचन आयोगको कारबाहीमा परेका ६९ मध्ये आठ राजनीतिक दलले मात्रै जरिबाना बुझाएका छन्। जरिबाना बुझाउन आयोगले तोकेको समयसीमा भदौ पहिलो साता सकिँदै छ। निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरी सोसम्बन्धमा जानकारी नगराएका दलमध्ये चार दलले मात्रै जरिबाना बुझाएका छन्। त्यसैगरी लेखापरीक्षण ढिला बुझाउने आठ दललाई सात हजार रुपियाँ जरिबाना तोकिएकोमा चार दलले मात्रै जरिबाना बुझाएका छन्। आयोगले साउन १ गते छ दललाई १५ हजार रुपियाँका दरले, ११ दललाई २० हजार रुपियाँका दरले र पाँच दललाई १० हजार रुपियाँका दरले जरिबाना गर्ने निर्णय गरेको थियो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिनको माग गर्नुभएको छ। विधि, पद्धति र विचारसहित पार्टी सञ्चालन गर्न पहिला आफैँभित्र शुद्धीकरण गर्नुपर्नेमा दुवै नेताहरूले जोड दिनुभएको छ।
निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन गर्न आन्तरिक तयारी सुरु गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने बताउनु भए पनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ।