नवलपरासीको सुस्ता गाउँपालिकामा रहेको बागमती खाडसारी चिनी मिल्सले यस वर्षमा १० लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ गर्ने भएको छ । यस वर्ष उखु उत्पादन बढेपछि अघिल्ला वर्षको भन्दा बढी उखु क्रसिङको तयारी गरेको सो उद्योग सञ्चालक राम थापाले जानकारी दिनुभयो । नवलपरासी जिल्लामा सञ्चालित लुम्बिनी चिनी उद्योग, इन्दिरा चिनी मिल र बागमती खाडसारी चिनी उद्योग गरी तीनवटा चिनी उद्योग सञ्चालनमा छन् । यी तीन उद्योगमध्ये बागमती चिनी उद्योगले सबभन्दा बढी उखु क्रसिङ गर्ने भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरण गर्न पाँचवटा नयाँ नियम जारी गरेको छ । जारी नयाँ नियममध्ये केही तत्काल कार्यान्वयनमा आउनेछन् भने केही आगामी गृष्मकालीन मौसम लागेसँगै कार्यान्वयनमा आउनेछन् । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको बताउनुभयो ।
नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो । सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।
रुपन्देहीको रोहीणी गाउँपालिका वडा २ मैनिहवास्थित रोहीणी नदी किनारमा यो समयमा चिलको चहलपहल बढेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा वर्तमान राजनीतिक अवस्थामा गहन छलफल भएको छ ।
नेपाल टेलिकमले प्रदान गर्दैआएको हरेक सेवा सेवाग्राहीको घरसम्म पुर्याउने नेपाल टेलिकम मधेश प्रदेश प्रादेशिक निर्देशनालयका निर्देशक अन्तप्रकाश मल्लिकले बताउनुभएको छ ।
झापाको दमक नगरपालिका आसपास क्षेत्रको समस्याको रूपमा रहेको रतुवा र मावा खोलाको जोखिमयुक्त क्षेत्रमा तटबन्धन कामले तीव्रता पाएको छ । यी दुई खोलाले बर्सेनि जनधनको ठूलो क्षति गर्दैआएकाले चुनावी प्रमुख नारा पनि बन्नेगरेको छ ।
माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।
द हिडेन ट्रेजर मिस नेपालले – २०२३ को आवेदन खुलाएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत द हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकरले मिस नेपालको आगामी यात्रा शुभारम्भ गर्न गइरहेको जानकारी दिनुभयो ।
हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटको रिङरोड निर्माण कार्य अगाडि बढ्नेभएको छ । कर्णाली प्रदेश सरकारबाट बजेटको व्यवस्था भएपछि बजेट अभावले रोकिएको निर्माण कार्य अघि बढ्ने भएको हो ।
एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार स्वर्ण जित्नुभएको छ ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले बिहीबार राष्ट्रिय टोलीको बन्द प्रशिक्षण क्याम्पमा सहभागिताका लागि प्रशिक्षक र फिटनेस टोलीसँग सम्पर्क गर्नुभएको छ ।
बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्त सञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलभित्रका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सत्ता समीकरण फेरबदल नहुने बताउनुभएको छ।
काभ्रेको बनेपाबाट खार्पाचोक जाँदै गरेको बसले ठक्कर दिँदा बालिकाको मृत्यु भएको छ।