• १३ साउन २०८१, आइतबार

बलियो बन्दै नेपाल बैङ्क

blog

काठमाडौँ, साउन २१ गते । नेपाल बैङ्क लिमिटेडले आफ्नो नाफाको दरलाई बढाउँदै लगेको छ । व्यवस्थापकीय कमजोरी तथा खराब कर्जाका कारण समस्यामा पर्दै आएको सो बैङ्क अहिले वित्तीय तथा अन्य हिसाबले बलियो बन्दै गएको छ । 

बैङ्कले आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ४१ करोड १५ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १६.७० प्रतिशतले बढी हो । अघिल्लो आवमा बैङ्कले दुई अर्ब ९२ करोड ३२ लाख रुपियाँ खुद नाफा कमाएको थियो । 

बैङ्कको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत, खुद फी तथा कमिसन आम्दानी ३.८३ प्रतिशत, कुल सञ्चालन आम्दानी ३३.१६ प्रतिशत तथा सञ्चालन मुनाफा २१.१९ प्रतिशत बढेको छ । 

यस अविधमा बैङ्कको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपियाँ रहेको बैङ्कले जनाएको छ । बैङ्कले गत असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब ५४ लाख रुपियाँ निक्षेप सङ्कलन गरी एक खर्ब ७८ अर्ब ८८ करोड रुपियाँ बराबरको कर्जा प्रवाह गरेको छ । 

बैङ्कको हाल १४ अर्ब ६९ करोड ४० लाख रुपियाँ चुक्ता पुँजी रहेको सो बैङ्कको जगेडा कोषमा २१ अर्ब ८८ करोड ४८ रुपियाँ छ ।