भारत उत्तरप्रदेशस्थित अयोध्यामा निर्माणाधीन राममन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन कालीगण्डकीबाट उत्खनन् गरी ल्याइएको शिला हस्तान्तरण गरिएको छ।
आरोहण गुरुकुलले बुद्धको फरक परिचय दिने नाटक ‘गच्छामी’ लुम्बिनीमा मञ्चन गरेको छ। पुण्यप्रसाद गौतमद्वारा लिखित पुस्तक गौतम बुद्धमा आधारित नाटक हो।
नेपाल चेम्बर अफ कमर्सले गत पुसमा साँवा र ब्याज तिर्न नसक्ने ऋणीका लागि आगामी असार मसान्तसम्म म्याद थप गर्ने व्यवस्था गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ।
उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले, मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ।
गोरखापत्रकर्मी वसन्त पराजुली सम्मानित हुनुभएको छ । विश्व सिमसार दिवसको अवसर पारेर राप्ती नदी तटीयक्षेत्र सरसफाइ अभियानले एक कार्यक्रम गरी पराजुलीलाई सम्मान गरेको हो ।
म्यानचेस्टर युनाइटेड काराबाओ (इएफएल ) कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा युनाइटेडले नटिङघम फरेस्टलाई २-० गोलले हरायो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (बिहीबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २२ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार ९४ दशमलव ५४ मा सीमित भएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले खरिद प्रक्रियामा शतप्रतिशत पारदर्शिता कायम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ।
दुई हजारभन्दा बढी ज्येष्ठ नागरिकको गाउँमै उपचार गरिएको छ । मानेभञ्ज्याङ गाउँपालिका ओखलढुङ्गाले दुई हजार सातजना ज्येष्ठ नागरिकको गाउँमै उपचार गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले राजनीतिक अस्थिरता नै मुलुकको सबैभन्दा प्रमुख समस्या भएको बताउनुभएको छ । बिहीबार एनटिभी कोहलपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले सो कुरा बताउनुभएको हो ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले केन्द्रीय सम्झौतामा रहने खेलाडीको नयाँ श्रेणी (ग्रेड) सार्वजनिक गरेको छ । क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले खेलाडीको नयाँ श्रेणी तय गरेको हो ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज (बिहीबार) कोलम्बो प्रस्थान गर्नुभएको छ ।
झापाको भद्रपुरमा रहेको ओम साइ पाथिभरा हस्पिटलले बिश्वस्तरीय फाइबर लेजर मेसिनबाट शल्यक्रिया सुरु गरेको जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षित बनाउन आगामी ग्रीष्मकालीन मौसम लागेसँगै नयाँ हवाई उडान व्यवस्था लागू गर्ने भएको छ ।
न्युजिल्यान्डविरुद्धको टी–२० सिरिज भारतले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा बुधबार राति भएको सिरिजको अन्तिम तथा तेस्रो खेलमा भारतले पाहुना टोली न्युजिल्यान्डलाई एक सय ६८ रनले हरायो ।