प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गैरआवासीय नेपाली महासङ्घ (एनआरएनए) अष्ट्रेलियाका महासचिव राजु अधिकारीले भेटघाट गर्नुभएको छ ।
नेपाली कांग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभा सदस्यका लागि आजदेखि दुईदिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रम अपराह्न ४ बजेसम्म जारी रहने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
वाङछु शेर्पाको अध्यक्षतामा ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालको नयाँ कार्यसमिति चयन भएको छ । बुधवार काठमाडौँमा सम्पन्न चौथो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा नयाँ समिति चयन भएको हो ।
प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना हुँदैछ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आज र भोलि शुक्रवार ४ बजेसम्म अभिमुखीकरण कार्यक्रम तय गरिएको हो ।
व्यवसायी गणेश पाण्डेयको पसल अत्तरिया बजारस्थित चोकमै छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका प्रवेशद्वार मानिने चोक जहाँ दिनभरि मान्छेको चहलपहल भइरहन्छ । चहलपहल बढ्दो रहे पनि उहाँको व्यापार भने खासै चलेको छैन । भाँडाकुँडा र प्लास्टिक सामानका व्यवसायी पाण्डेयले भन्नुभयो, “कुनै–कुनै दिन त मान्छे हेरेर बसेजस्तो मात्रै हुन्छ ।”
कालीकोटको खाँडाचक्र नगरपालिकाले अघिल्लो कार्यकालमा नौवटा कानुन बनायो। दोस्रो कार्यकालमा भने एक वर्ष पूरा नहुँदै पालिकाले पाँचवटा कानुनको मस्यौदा तयार पारेको छ। यही माघ २९ गते बस्ने पालिकाको हिउँदे सभाबाट पारित गर्ने गरी ती मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
हो, म जुम्ली हुँ म जुम्लाको नागरिक म जुम्ली हुनुको गर्व म जुम्ली हुनुको स्वाभिमान सगरमाथाभन्दा अग्लो लाग्छ मलाई
उदयपुरको एक गाउँमा रमा र उनकी आमा बस्दथे । उनीहरूको परिवार गरिब थिए । गरिब भएका कारणले उनीहरूलाई बिहान–बेलुका छाक टार्न पनि धौधौ पथ्र्यो । रमाको बुवा उनी सानै हुँदा यस संसारबाट बिदा भएका थिए ।
बुटवलमा देशभरका ११ वटा उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
गौतम बुद्धसम्बन्धी कतिपय पाठमा कोही एक मान्छे आएर बुद्धलाई गाली गर्नुसम्म गरेको, बुद्धका शिष्यलाई ननिको लागेको तर बुद्धबाट कुनै प्रतिक्रिया नदिएको कुरा उल्लेख हुने गरेको छ । त्यही पाठमा शिष्यहरूले बुद्धसँग यस बारेमा सोधनी गरेको तथा गाली गर्ने व्यक्ति पछि पछुताएर माफी माग्न आएको प्रसङ्ग उल्लेख गरिएको हुन्छ ।
इन्टरनेटको दुनियाँमा रमेको समाजमा बेलामौकामा विभिन्न खालका ठगीका समाचार हामीले सुन्दै र भोग्दै आएका छौँ । पछिल्लो समय विभिन्न सामाजिक सन्जाल
बाँकेको बैजनाथ गाउँपालिका–४ मा रहेको नौवस्ता खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मासिक खर्च ७० देखि ८० हजार रुपियाँसम्म पुगेको छ तर खानेपानीका ग्राहकबाट सङ्कलन हुने रकम भने मासिक करिब ४० हजार रुपियाँ मात्रै रहेको छ।
समयमै मर्मत नहुँदा भारतीय भूमि सिँचाइका लागि नवलपरासीबाट लगिएको भारतीय गण्डक नहरमा बनेको प्रतापपुर क्षेत्रको पुल जीर्ण बनेको छ। यात्रुहरूले सो पुलमा जोखिम मोलेर यात्रा गर्नु परेको छ। २०१६ सालमा भारत र नेपालबीच गण्डक सम्झौता भएपछि गण्डक नहर बनाउन करिब १० वर्ष लागेको थियो। यो पुल निर्माण भएको ५० वर्षभन्दा बढी समय भइसक्दासमेत पुल निर्माणका लागि सम्बन्धित निकायले चासो देखाएको छैन। प्रतापपुर गाउँपालिकाका इन्जिनियर आनन्द यादवले ५० वर्षभन्दा पहिला निर्माण गरिएको पुलको दुवैतर्फका बारहरू भत्किएकाले जोखिम बढेको बताउनुभयो।