काठमाडौं, माघ १८ गते। अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको पहिलो महिना हवाई मार्ग भएर ५५ हजार बढी विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन्। पर्यटक आगमन उत्साहवद्र्धक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले अफ सिजनमा पनि उल्लेख्य सङ्ख्यामा पर्यटक भित्रिनु सकारात्मक सुरुआत भएको उल्लेख गर्नुभयो। जनवरीमा भारतबाट १६ हजार चार यस ३६ पर्यटक आएका छन्। अमेरिकाबाट छ हजार पाँच सय ६१ पर्यटकले नेपाल भ्रमण गरेका छन्। त्यस्तै, अष्ट्रेलियाबाट तीन हजार चार सय ४१ र बङ्गलादेशबाट दुई हजार चार सय ६८ पर्यटक भित्रिएको बोर्डको विवरणमा उल्लेख छ।सन् २०२२ को जनवरीमा १६ हजार चार सय ३६ पर्यटक आएका थिए भने सन् २०२१ मा आठ हजार छ सय ७४ पर्यटकले नेपाल भ्रमण गरेका थिए। यो विवरण हेर्दा महामारीपछि जनवरी महिनामा हालसम्मकै उल्लेख्य पर्यटक आएको देखिन्छ। कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो। उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए। त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए। जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो। रासस
सार्वजनिक यातायात केन्द्रीय महासंघले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई १४ बुँदे माग तथा सुझाव बुझाएको छ।
सुनसरीको गढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको बुधबार संघीय सरकारका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती चौधरीले उदघाटन गर्नुभएको छ । मन्त्री चौधरीले स्थानीय तहको संरचना कायम भएको ६ वर्षपछि गाउँपालिका स्थानीयले नवनिर्मित प्रशासनिक भवनबाट सेवा लिन पाउनेगरी भवन उद्घाटन गर्नुभएको हो ।
काभ्रेपलाञ्चोक जिल्लामा पहिलो पटक बृहत खेलकुद महोत्सवको आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति तथा जिल्ला खेलकुद विकास समितिको संयुक्त आयोजनामा शुक्रबारदेखि पनौतीस्थित क्षेत्रीय रङ्गशालामा खेलकुद महोत्सव हुने भएको हो ।
काठमाडौं, माघ १८ गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले बुधबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उहाँहरूबीच भेटवार्ता भएको हो। उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अति विशिष्ट व्यक्ति सुरक्षा विशेष प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।
नेपालको पहिलो चरा आरक्ष घोडाघोडीमा हुन गइरहेको नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । माघ २० गतदेखि दुई दिनसम्म घोडाघोडी नगरपालिका –४ को माघी होमस्टेमा आयोजना हुने उत्सवको तयारी ८० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिकामा शिवराज खेलकुद महोत्सव सञ्चालनमा आएको छ । बुधवारदेखि सुरु भएको खेल महोत्सवमा राष्ट्रपति रनिङ्ग शिल्ड, मेयर कप र उपमेयर कप प्रतियोगिता सञ्चालन हुनेछ ।
ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव ।
धनुषामा प्रहरी हिरासतबाट फरार भएका छ जनामध्ये तीन अभियुक्त पक्राउ परेका छन् । जिल्लाको महेन्द्रनगर इलाका प्रहरी कार्यालयको हिरासत कक्षको पर्खाल भत्काएर गत आइतबार राति विभिन्न मुद्दाका छ जना थुनुवा फरार भएका थिए ।
बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक यही माघ २२ गते अपराह्न २ बजेका लागि आह्वान गरिएको छ । प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएपछि स्थगित भएको थियो ।
नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जाल बनाउनका लागि पहल गर्न भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलङका, थाईल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दहालले जनतालाई सहज र सरल तरिकाले सेवा प्रवाह गर्नु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ । मोरङ जिल्लावाट सरुवा भएर आइतबार धनुषा आउनुभएका प्रमुख जिल्ला अधिकारी दहालले बुधबार पत्रकारसँगको भेटघाटको क्रममा सो कुरा बताउनुभएको हो । उहाँले त्यसका लागि आफनै कार्यालयवाट सुधारको कामकाजलाई अगाडि बढाएको बताउनुभयो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनुभएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्रबारे सदनलाई जानकारी गराउनुभएको हो ।
लमजुङको दोर्दी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानित गरेको छ । जाडोको समयमा जेष्ठ नागरिकलाई गाउँपालिकाले न्यानो सिरक तथा कपडासहित ज्येष्ठ नागरिकलाई सम्मानित गरेको हो ।