कैदीको सरुवाको विषयमा कैदीबन्दीहरुले नाराबाजी सहित आन्दोलन गरेपछि कारागारभित्र तनाव सिर्जना भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र थप चलायमान बनाउन पुँजीगत खर्च बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।
प्युठान–भालुवाङ सडक खण्डको गर्जेनीमा झरेको सुख्खा पहिरो हटाउन नसक्दा बाटो अझै सुचारु भएको छैन । बुधवार राति करिब १० बजेदेखि झरेको पहिरो अझै रोकिएको छैन । बाटोमा पहिरो झर्दा बाटो अवरुद्ध छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री कार्यालयलाई स्मार्ट र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारले भ्रष्टाचारका अरु प्रकरणहरुमा पनि छानबिन गर्ने बताउनुभएको छ ।
गुल्मीमा आर्थिक वर्ष २०७९/०८० मा एक अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
अविरल वर्षाका कारण अवरुद्ध भएको सालझण्डी–ढोरपाटन सडक २३ घण्टापछि सञ्चालनमा आएको छ । बिहीबार दिउँसोदेखि अवरुद्ध भएको उक्त सडक २३ घण्टापछि आज सञ्चालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञोन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो।
दाङमा बालबालिकालाई फुटबल खेलसम्बन्धी प्रशिक्षण गराउने उद्देश्यले लुम्बिनी फुटबल एकेडेमी सञ्चालनमा आएको छ ।
विद्यालयमा आउने बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ ।
लैङ्गिक संवेदनशीलता कथा लेखन र भाषाका विषयमा नेपालगन्जमा दुई दिने कार्यशाला गोष्ठी सुरु भएको छ । बिहीवारदेखि सञ्चालनमा आएको सो कार्यशाला आज सम्पन्न हुनेछ । अल्पसंख्यक तथा सिमान्तकृत समुदायका सवाललाई सञ्चारमाध्यममा कसरी उठान गर्ने भन्ने विषयमा क्षमता अभिवृद्धि गर्न कार्यशाला सञ्चालन गरिएको हो ।
रुसी रक्षा मन्त्रालयले मानवरहित युक्रेनी डुङ्गाले कृष्णसागर (ब्ल्याक सी) बन्दरगाह नोभोरोसियस्कमा रहेको रुसी नौसैनिक अखडामा आक्रमण गर्ने प्रयास गरेको दाबी गरेको छ ।
काठमाडौं, साउन १९ गते। नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमा रहेका अपूर्णतालाई पूर्णता दिने कामलाई आफ्नो पार्टीले मुख्य कार्यभार बनाएको बताउनुभएको छ। शुक्रबार भक्तपुरमा आयोजित पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बोल्दै उहाँले संविधानलाई पूर्णता दिँदै अघि बढ्ने कामलाई आफ्नो पार्टीले मुख्य जोड दिने बताउनुभएको हो। अध्यक्ष भट्टराईले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानलाई पूर्णता दिने, यसको कार्यान्वयनमा ठिक ढंङ्ले गराउने र नेपाली जनतालाई सुशासन र समृद्धि दिने काममा आफूहरु लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नेपाललाई संसारको एउटा समुन्नत देशको दिशामा अघि बढाउने कार्यभारलाई आफ्नो पार्टीले आत्मासात् गरेर अघि बढिरहेको जिकिर गर्नुभयो। अध्यक्ष भट्टराईले भन्नुभयो, ‘‘हिजो व्यवस्था फेर्नका लागि सङ्घर्ष गर्ने, लडने, जेल जाने यस्तो कार्य चाहिँ प्रमुख थियो। तर, संविधान सभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि नेपाल एउटा नयाँ युगमा प्रवेश गर्यो। अब एउटा नयाँ लोकतान्त्रिकरणको युगमा, समृद्धिकरणको युगमा, सुशासनको युगमा प्रवेश गर्याे। अब व्यवस्थाका लागि लडनुपर्ने अवस्था पनि आउन सक्छ। सङ्घर्षहरु गर्नुपर्ने अवस्था पनि आउन सक्छ। तर, त्यो प्रधान हुँदैन। प्रधान कुरा अब यो संविधानलाई, यसको अपूर्णतालाई पूर्णता दिने, यो संविधानलाई ठिक ढङ्गले कार्यान्वयन गर्ने र जनतालाई सुशासन र समृद्धि दिने र हाम्रो देशलाई संसारको एउटा समुन्नत देशहरुको दिशामा पुर्याउने कार्यभार हुन्छ भनेर हामीले नयाँ अभियान सुरु गर्यौं।’’अध्यक्ष भट्टराईले आफ्नो पार्टीले अरु पार्टीहरुले जस्तो सत्ताका लागि मरिहत्ते नगर्ने बताउनुभयो। उहाँले एउटा जीवन्त पार्टीमा फरक विचार आउन सक्ने भन्दै त्यसलाई सङ्घर्ष, एकता र रुपान्तरणको माध्यमबाट व्यवस्थापन गर्दै अघि बढाउने बताउनुभयो।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिता जनाएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र किचलो बढेको छ । मन्त्री नियुक्तीको विषयलाई लिएर सो पार्टीभित्र असन्तुष्टि चुलिएको हो ।