• ३१ वैशाख २०८१, सोमबार

६ क्रिकेटरलाई भारतमा विशेष प्रशिक्षणको ब्यवस्था

blog

विनोद भण्डारी ।

काठमाडौं, साउन २० गते । नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना क्रिकेट खेलाडीलाई एक महिना विशेष प्रशिक्षण गर्न भारत पठाएको छ ।

क्यानले प्रशिक्षणका लागि कमलसिंह ऐरी, कमल खत्री, विनोद भण्डारी, लोकेश बम, सागर ढकाल र विवेक यादवलाई दिल्ली पठाएको जनाएको छ ।

यी  खेलाडीले भारतमा मुख्य प्रशिक्षक मोन्टी देसाईको निरिक्षणमा प्रदीप साहुसँग प्रशिक्षण लिने पनि क्यानले जनाएको छ ।