• १३ साउन २०८१, आइतबार

‘पिके’ सार्वजनिक

blog

काठमाडौँ, साउन २२ गते । पुर्वी नेपालको पर्यटकीय पिके क्षेत्रलाई समेटिएर तयार पारिएको पिके नामक पुस्तक सार्वजनिक भएको छ । हिमाल गिरिद्वारा लिखित उक्त पुस्तक आइतबार  एक समारोहका बिच लेखक कर्ण शाक्यले विमोचन गर्नुभएको थियो । 

सोलुखुम्बु जिल्लामा अवस्थित पिके क्षेत्रको पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा जैविक अवस्थितिका बारेमा अध्ययन अनुसन्धान गरेर लेखिएको पुस्तक पिके हिल सोशियल अर्गनाइजेशनले प्रकाशन गरेको हो । 

सय उत्कृष्ट पर्यटकीय गन्तव्य मध्येमा पर्ने यस पिके क्षेत्र घुम्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या पछिल्लो समय उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । पिके क्षेत्रको प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताका बारेमा मसिनो गरी केलाएर लेखिएको यस पुस्तक पर्यटन प्रवर्द्धन र विकासका लागि एउटा महत्त्वपूर्ण सामाग्री हुनसक्ने विश्वास लिइएको छ ।

लेखक गिरीले पिके र पिके क्षेत्रको पर्यटकीय क्रियाकलाप, शेर्पा समुदाय र इतिहास, धर्म, संस्कृति, भौगोलिक, जैविक अवस्थितिको बारेमा अध्ययन गरेर यो पुस्तक तयार गरिएको बताउनुभयो । 

पुस्तक प्रकाशन गर्ने संस्था पिके हिल सोशियल अर्गनाइजेशनका अध्यक्ष ङिमा देण्डी शेर्पाले पिकेको सम्भावना र यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक एवं धार्मिक महत्वलाई संसारभर चिनाउने उद्देश्यले अनुसन्धानमूलक पुस्तक प्रकाशन गरिएको उल्लेख गर्नुभयो ।