नेकपा (एकीकृत समाजवादी) को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डा. वेदुराम भुसालले पाउनुभएको छ ।
भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परी बेपत्ता भएका हुम्लाका तीन जनाको पहिचान खुलेको छ । उहाँहरू पहिरोमा परी बेपत्ता भएको पाँच दिनपछि प्रहरी गाउँमा पुगेर आफन्तसँग बुझ्दा पहिचान खुलेको हो ।
चार दिन अघि भारतको उत्तराखण्ड राज्यमा पर्ने रूद्रप्रयागको गौरीकुण्डमा बेपत्ता भएकाहरुको खोजीकार्य तिव्र पारिएको छ । सो ठाउँमा स्थानमा नेपालीले सञ्चालन गरेका तीन होटल पहिरोले बगाएको थियो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नवस्थापित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विश्वस्तरीय शिक्षणमा सफल हुँदै अध्ययन र अनुसन्धानमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दुई हप्तादेखि पाल्पामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दैगएको छ । नेपाल नेत्रज्योति सङ्घ अन्तर्गत रहेको पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेन र कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दैगएको जनाएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट सुन तस्करी भएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज (सोमबार) पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
बझाङ जिल्लाको वित्थडचीर गाउँपालिका–७ स्यालढुङ्गास्थित बाहुन बस्ती नजिकै स्थानीय पुड्के ओखेडाले २५ वर्षअघि अलिकति जग्गा खरिद गर्नुभएको थियो । उहाँले आफ्नै नाममा लालपूर्जा भएको त्यो जमिनमा घर बनाएर बस्ने सोच बनाउनुभयो ।
विपद् प्रतिकार्यमा प्रयोग गर्न प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई एक थान दमकल र एउटा पिकअप भ्यान सहयोग गरेको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुनस्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर बग्ने बगुन खोलाको बाढीले धाम क्षेत्रमा कटान गरिरहेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।
पाल्पामा डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको छ । जिल्लाका विभिन्न स्थानका अस्पतालहरूमा डेंगुबाट सङ्क्रमित बिरामीको सङ्ख्या बढेको हो । साउन महिनायता डेंगुबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
मुग्लिन–मलेखु सडक विस्तारको काम चितवन खण्डमा थालिएको छ । आइतबारदेखि चितवन खण्डको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट सडक विस्तारको काम अघि बढेको हो ।
वर्तमान सरकारले भौतिक पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । विकासको पनि विकासका रूपमा लिइने यस क्षेत्रलाई महत्त्व दिइए पनि स्रोत र साधनको अभावका अपेक्षित प्रगति हुन भने सकेको छैन । आयोजना जिम्मा लिने, समयमा काम नगर्ने प्रवृत्ति निर्माण व्यवसायीमा मौलाएको छ ।
घरेलु तथा साना उद्योग संघ काठमाडौंले आइतबारदेखि आफ्नो स्थापनाको रजत वर्षमा प्रवेश गरेको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट राउटे समुदायलाई ५० हजार प्रदान गर्नुभएको छ ।