थारू साहित्य तथा इतिहास अभिलेख गर्ने उद्देश्यका साथ बाँकेमा सातौँ थारू राष्ट्रिय साहित्य सम्मेलन शुक्रबारबाट सुरु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–६, सिधनवामा सुरु भएको थारू राष्ट्रिय साहित्य सम्मेलनको उद्घाटन नेपाल सरकारका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले गर्नुभयो। मन्त्री मोदीले साहित्य र संस्कृतिको जगेर्ना र विकासका लागि सरकार गम्भीर रहेको जनाउँदै सबैको कला संस्कृति र साहित्यको संरक्षणमा सरकारको सहयोग रहने बताउनुभयो।
अमेरिकाको गुप्तचर संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) वर्षौंदेखि केही अनौठा र असामान्य योजना संलग्न रहेको छ तर हृदयाघात गराउने बन्दुक (हर्ट अट्याक गन) निकै चर्चाको विषय रह्यो ।
अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ। पञ्चदेवल विनायक नगरपालिका–६, तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद, क्षतिपूर्तिको फैसला सुनाइएको हो। अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ। भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि
नेपालको पहिलो चरा आरक्ष क्षेत्र कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा शुक्रबारदेखि लाटोकोसेरो उत्सव सुरु भएको छ। लाटोकोसेरो तथा हुचिललाई किसानको साथीका रूपमा लिइन्छ। लाटोकोसेरो र हुचिलले मुसा खाएर बालीनाली संरक्षणमा सहयोग पु-याउँछ। हुचिल र लाटोकोसेरोको अवैध व्यापार हुन थालेपछि संरक्षणका लागि केही वर्षदेखि विभिन्न जिल्लामा संरक्षण उत्सव हुँदै आएका छन्।
स्थानीय तहले पर्याप्त बजेट विनियोजन नगर्दा स्वास्थ्य संस्थाबाट निःशुल्क वितरण गरिने औषधि र उपचारमा कमी आएको छ। सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा बजेट कम पठाएको जनप्रतिनिधिको गुनासो छ। तीन तहका सरकार मिलेर ९८ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएका छन्। चालू आर्थिक वर्षदेखि तीन तहका सरकारले छुट्टाछुट्टै रूपमा खरिद ऐनमा रहेर औषधि खरिद गर्ने गरेका छन्। सोहीअनुरूप पालिकालाई सङ्घीय सरकारले बजेट पठाउने गरेको छ तर उक्त बजेट न्यून हुँदा आवश्यक औषधि खरिदमा समस्या भएको स्थानीय तहको गुनासो छ।
लुम्बिनी प्रदेश सभाका सदस्यले सङ्घीयताको अनुभूति दिलाउने गरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको प्रदेश सभा बैठकमा सदस्यले सरकार गठन भएको लामो समयसम्म पूर्णता प्राप्त गर्न नसकेको भन्दै अविलम्ब सरकार विस्तार गर्नसमेत आग्रह गर्नुभएको थियो ।
गुणस्तरीय पूर्वाधारसहित तालिम प्राप्त जनशक्ति भए पनि घरमा बच्चा जन्माउने क्रम घटेको छैन । स्थानीय तहको लगानीमा व्यवस्थित पूर्वाधार र जनशक्तिसहित बर्थिङ सेन्टर स्थापना भए पनि घरमै सुत्केरी हुने क्रम नघटेको हो । जिल्लाका अधिकांश स्थानीय तहले घरमा जन्म हुने शिशुको सङ्ख्या शून्यमा झार्न बर्थिङ सेन्टरको स्थापना गर्ने क्रम बढेको छ तर बच्चा भने बर्थिङ सेन्टरमा होइन, घरमै जन्मिने गरेका छन् । पाल्पाका १० स्थानीय तहमा हाल ४५ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी भए पनि घरमा जन्म हुने शिशुको सङ्ख्यामा कमी आउन सकेको छैन ।
म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको दुई करोड ९९ लाख ४० हजार ९३६ रुपियाँ र स्थानीयवासीको २० प्रतिशत श्रमदानमा दरबाङ खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समितिमार्फत निर्माणाधीन उक्त आयोजनाको आर्थिक वर्ष २०७२÷७३ मा सर्वेक्षण गरेपछि २०७४ फागुन महिनादेखि काम थालिएको थियो ।
गण्डकी प्रदेश सभाले दुई अध्यादेश पारित गरेको छ । अघिल्लो सरकारका कानुनमन्त्री बिन्दुकुमार थापाले अधिवेशन सुरु भएको पहिलो दिन पुस १८ गते उक्त अध्यादेश पेस गर्नुभएको थियो । सदनबाट दुवै अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री रोशबहादुर गाहा थापाले प्रस्तुत गर्नुभयो । दुवै अध्यादेशमा अस्वीकार गर्ने सूचना प्राप्त नभएपछि सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । प्रदेश सभाले सर्वसम्मत रूपमा दुवै अध्यादेश पारित गरेको छ ।
चितवन राष्ट्रिय निकुञ्जभित्रका तालतलैया तथा सिमसार क्षेत्रहरूको पानीको मुख्य स्रोत राप्ती नदीको तटीय क्षेत्र सरसफाइ अभियान चार सय हप्तामा पुगेको छ। चुरे पहाडको फेदीबाट बगेर आउने राप्ती नदीको तटीय क्षेत्रमा हुने फोहोरको सरसफाइ गर्दै नदीलाई स्वच्छ राख्नु अभियानको मुख्य उद्देश्य हो। अभियानबाट नदी स्वच्छ हुँदै जलचरको बासस्थानमा सुधार आएको अभियानका अध्यक्ष अपिल घिमिरेले बताउनुभयो। अध्यक्ष घिमिरेले भन्नुभयो, “घडियाल गोही, कछुवा, माछाजस्ता जलचरलाई मात्रै होइन, निकुञ्जमा रहेका बाघ, गैँडाजस्ता जनावरलाई पनि स्वच्छ पानी खुवाउने दायित्व हाम्रै हो भन्ने सम्झेर नै यो अभियान थालेका हौँ।”
कर्णाली प्रदेश मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त हुनुभएको छ । मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परियारले नियुक्त गर्नुभएको हो ।
एकसिङे गैँडासहित संरक्षित जनावरको सुरक्षाका लागि अपनाइने रणनीति तयार पार्न पाँच देशका विज्ञको तीनदिने सम्मेलन चितवनको पटिहानीमा शुक्रबारबाट सुरु भएको छ।
काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा सुरुङ मार्ग निर्माणको काम सुरु भएको छ। विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि अध्ययन, अनुसन्धान प्रयोजन तथा सङ्ग्रहालयका रूपमा विकसित गर्ने उद्देश्यले २४० मिटर लामो सुरुङ मार्ग निर्माण सुरु गरिएको हो।
बङ्गलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । ढाकामा शुक्रबार साँझ भएको खेलमा नेपाल आयोजक बङ्गलादेशसँग ३–१ गोलले पराजित भयो ।
वन्यजन्तुको विचरणका लागि चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई तीव्रता दिएको छ। निकुञ्जले यस वर्ष घाँसेमैदान निर्माण आयोजनाअन्तर्गत ३०८ हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापन र ५० हेक्टरमा नयाँ निर्माणको काम सुरु गरेको हो। अहिले निकुञ्जको तमोर ताल क्षेत्रमा राष्ट्रिय निकुञ्ज तथा संरक्षण आरक्षण आयोजनाअन्तर्गत घाँसेमैदान व्यवस्थापन र निर्माणको काम भइरहेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो।