इलाम बजारका उपभोक्ताले दुई सातादेखि धारामा पानी नझरेपछि इलाम बजार सहरी खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
गीतकार डब्बु क्षेत्रीको रचनामा नयाँ लोकगीत ‘जिस्केर मस्केर’ को भिडियो सार्वजनिक भएको छ । पूर्वी नेपालतिर प्रचलित लोकभाकालाई सङ्कलन गरेर गीत तयार पारिएको गीतकार डब्बु क्षेत्रीले बताउनुभयो । जिस्केर मस्केरको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानलबाट यतिबेला रिलिज गरिएको छ ।
विगतका वर्षमा पनि वर्षायाममा आँखा पाक्ने रोगको समस्या देखिन्थ्यो । यस वर्ष भने आँखा पाक्ने रोगले महामारीको रूप लिएको छ । वर्षाको समयमा
काठमाडौँ । देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी र अति भारी वर्षा सुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थारु भाषा
बागमती प्रदेश सरकारका पर्यटन, उद्योग तथा सहकारीमन्त्री पुकार महर्जनले मुलुक आर्थिक मन्दीको चपेटामा रहेका बेला लघु, घरेलु तथा साना उद्योगलाई बचाउने सरकारको मुख्य दायित्व भएको बताउनुभयो । घरेलु तथा साना उद्योग सङ्घको रजत जयन्तीको अवसरमा काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा महर्जनले आर्थिक मन्दीको चपेटा परेको लघु, घरेलु तथा साना उद्योगलाई संरक्षण गर्नुपर्ने बताउनुभएको हो । साना उद्योगलाई प्रवर्धन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै मन्त्री महर्जनले यस्ता उद्योगलाई बचाएर मात्रै जनताको आयस्तर माथि उठाउन सकिने बताउनुभयो ।
नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको उडानका लागि नयाँ नियम लागु गर्दा कर्णालीका हिमाली जिल्लामा उडान प्रभावित हुँदै आएका छन् । हिमाली जिल्लाका विभिन्न विमानस्थलको उडान तालिका अनुसार मात्र उडान भर्नुपर्ने नियम लागु भएसँगै दैनिक उडान प्रभावित हुँदै आएका हुन् । हुम्ला जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बिहान बाक्लो कुहिरो लाग्ने, पानी पर्ने र बादल लाग्ने भएका कारण एक सातायता दैनिक हवाई सेवा अवरुद्ध हुँदै आएको बताउनुभयो । उहाँले प्राधिकरणले हवाई उडानका लागि नयाँ नियम लागु गरेपछि उडान प्रभावित हुने गरेको बताउँदै उडान नहुने चिन्ता थपिएको बताउनुभयो ।
अलैँचीको नयाँ उत्पादन सुरु हुनै लाग्दा मूल्य आकासिएको छ । सोमबार अलैँचीको मूल्य प्रतिमन (४० केजी) को ५८ हजार पुगेको छ । यो मूल्य पाँच वर्षयताकै उच्च हो । २०७१ सालमा एक लाख २० हजार प्रतिमन पुगेको अलैँची त्यसयता भने निरन्तर ओरालो लाग्दै आएको थियो । २०७४ सालमा ६० हजारबाट ओरालो लागेको अलैँचीको मूल्य गत पुससम्म प्रतिमन २५ हजार रुपियाँले कारोबार भएको र त्यसयता भने अलि अलि बढ्दै गएको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । आउँदो वर्ष उत्पादन कम हुन सक्ने डरले ठुला व्यापारीले अलैँची खरिद गरेर स्टक गर्न थालेपछि मूल्य बढेको उहाँको भनाइ छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा नबिल बैङ्क लिमिटेड सबैभन्दा बढी नाफा कमाउने बैङ्कका रूपमा रहेको छ । बैङ्कले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणका अनुसार हाल सञ्चालनमा रहेका बैङ्कहरूमध्ये नबिल बैङ्क अगाडि रहेको छ । बैङ्कले गत आवको असार मसान्तसम्ममा सात अर्ब ५२ करोड ७१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.८६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा बैङ्कले चार अर्ब २५ करोड ६० लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाटै गर्न सकिने बताउनुभएको छ। प्रेस काउन्सिल नेपालले आज भक्तपुरमा आयोजना गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती विषयक ‘सम्पादक संवाद’ कार्यक्रममा सम्बोधन गर्दै मन्त्री शर्माले न्यु मिडियालाई स्वअनुशासित गराउने, स्वनियमनमा राख्ने विषय चुनौतीपूर्ण रहेको भए पनि यसैबाट व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। “न्यु मिडिया पनि मिडिया हो, यसले पनि अगाडि बढ्न खोज्दै छ। हाम्रो समाजमा अहिले जे परिवर्तन आयो, त्यसलाई आत्मसात् गर्न सकेनौँ भने त डायनोसर बन्ने स्थिति पनि बन्ला,” उहाँले भन्नुभयो, “सबैभन्दा ठुलो कुरा स्वनियमन र आचारसंहिता हो। यो नभए कानुन पनि त चाहिएला। त्यसतर्फ सोचौँ।”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषका उपाध्यक्ष नियुक्त डा. ल्हारक्याल लामा सबै पार्टीको साझा व्यक्ति दाबी गर्नुभएको छ। किरात राई यायोक्खाको ३६ औँ स्थापना दिवसका उपलक्ष्यमा सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले लामालाई सबै पार्टीले साझा व्यक्तिका रूपमा लिनुपर्ने बताउनुभयो।
दलहरूको अडान यथावत् रहेपछि सदनको गतिरोध अन्त्यका लागि सभामुखसहितका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन सकिएको छ । बैठक मङ्गलबार फेरि बस्ने सहमति भने भएको छ । सभामुख देवराज घिमिरेको आह्वानमा सोमबार दुई चरण शीर्ष नेतासहितको परामर्श भएको थियो । तर सुन प्रकरणमा प्रमुख प्रतिपक्ष दलको माग अनुसार उच्चस्तरीय समिति गठन गर्ने वा नगर्ने विषयमा सहमति नभएपछि अवरोध यथावत् छ । सत्तापक्ष र प्रतिपक्षबिच समझदारी नबन्दा प्रतिनिधि सभाको बैठक मङ्गलबारसम्म स्थगित गरिएको छ । मङ्गलबार बिहान सभामुखसहित शीर्ष नेताबिच पुनः छलफल हुने छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी पार्किङबाट बरामद भएको झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेको छ । सिआइबीले यस प्रकरण अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई अनुसन्धान अधिकृत तोकेर अनुसन्धान अघि बढाएको सिआइबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभयो ।