• ३० वैशाख २०८२, मङ्गलबार

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

blog

शालिग्राम नेपाल 

चितवन साउन २३ गते । कालीखोलामा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ मा पर्ने कालीखोला पुल नजिक अविरल वर्षापछि खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो । जिल्ला  ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान सवा ५ बजेदेखि सडक पूर्णरुपमा अवरुद्ध छ ।

अहिले पनि सो क्षेत्रमा ठूलो पानी परिरहेकोले पहिरो हटाउने काम सुरु गर्न सकिएको छैन । पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ । 

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक पटक पटक बन्द हुँदै आएको छ । सङ्घीय राजधानी काठमाडौंको लाइफ लाइन मानिएको यो सडकमा दैनिक औसतमा १० हजार गाडी आउजाउ गर्ने गर्छन् ।