भ्वाइस अफ नेपाल सिजन ४ का प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्युजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गर्नुभएको छ। प्रेमिल शैलीको गीतमा गायक लिम्बूलाई गायिका ममता गुरुङले स्वरमा साथ दिनुभएको छ। गीतलाई गीतकार डीपी खनालले लेख्नुभएको हो भने सङ्गीतकार शङ्कर थापा ‘स्माइल’ले सङ्गीतबद्ध गर्नुभएको हो। विश्व अधिकारीको गीतमा सङ्गीत संयोजन रहेको छ। म्युजिक भिडियोमा अभिषेक श्रेष्ठ र विमला लिम्बूबीचको प्रेम कथालाई प्रस्तुत गरिएको छ।
झापाका चिया किसानले चिया खेतीलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सरकारले चिया खेतीका लागि आवश्यक मल उपलब्ध नगराउदा चिया खेतीनै समस्यामा परेको गुनासो झापाली चिया कृषकको रहेको छ ।
रुकुमपश्चिमका केही किसानले उत्पादन गरेको सुन्तलाले बजार नपाएपछि कतै धानसँग साटेका छन् भने कतै कम मूल्यमै पनि बिक्री गरेका छन् । यस जिल्लाको बाँफीकोट गाउँपालिका–६, स्यालाका किसानले धान र सुन्तला साटासाट गरेका छन् भने मुसीकोटका नगरपालिका–१० का किसानले सस्तोमै बेचेका छन् । आफ्नो बारीमा फलेको अन्नले मात्रै वर्षभरि खाना नपुग्ने भएकाले सुन्तला खेती गरेको तर सुन्तलाले बजार नपाएपछि धानसँग साट्नुपरेको बाँफीकोट गाउँपालिका–६ का किसान मनबहादुर कुसारीले बताउनुभयो ।
मुगुको सदरमुकाम गमगढीमा स्वर्गीय पत्रकार सुमन मल्लको सम्झनामा पहिलो सुमन मल्ल स्मृति पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
लहान नगरपालिका–१, मुख्य चोकस्थित तरकारी बजारमा सिङ्ग्राही मटियर्वा ‘सपिङ कम्पलेक्स’ भवन सञ्चालनमा ल्याउने तयारी थालिएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीले चार करोड ७० लाख रुपियाँको लागतमा निर्मित भवन सञ्चालनमा ल्याउने तयारी थालिएको जानकारी दिनुभयो।
सर्लाहीको वन क्षेत्रमा यो वर्ष माघको मध्यतिरबाटै डढेलो लाग्न सुरु भएको छ। सागरनाथ वन विकास परियोजनाको प्लट क्षेत्रमा डढेलो लाग्न सुरु भएको हो। चरिचरण क्षेत्रका रूपमा रहेको पलोट क्षेत्रमा चाँडो घाँस तथा पालुवा पलाउने भन्दै स्थानीय बासिन्दा र गोठालाले नै डढेलो लगाउने गरेका छन्।
बर्दिबासमा नवनिर्मित विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ सञ्चालन भएको छ। बर्दिबासस्थित इलाका प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको चार्जिङ स्टेसन अहिले प्राविधिक परीक्षणको चरणमा छ। परीक्षणको क्रममा रहेको चार्जिङ स्टेसनबाट दैनिक १० देखि १५ थान सवारीसाधनले सेवा लिने गरेका छन्।
पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिका कारण आरन पेसा सङ्कटमा पर्दै गएको छ । अहिले आरनमा बनाउनुपर्ने सबै भाँडाकुँडा बजारमा सस्तो मूल्यमा पाइने गरेका छन् । जसका कारण रामेछापका धेरैले आरन पेसा नै छाडिसकेका छन् । तर, जिल्लाको मन्थली नगरपालिका–९, पुरानागाउँ बाहुनचुराका ५९ वर्षीय देवबहादुर विकको भने आरन पेसाबाटै जीवन फेरिएको छ । पुख्र्यौली पेसा आरनलाई व्यवस्थित र व्यावसायिक बनाएकै कारण राम्रो आम्दानी हुन थालेपछि उहाँसँगै परिवारको जीवन फेरिएको हो ।
काठमाडौँ, माघ २२ गते । परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी मुलुकभर विद्युतीय चुलोको प्रवद्र्धन गर्न आवश्यक मार्गचित्रसहित राष्ट्रिय कार्ययोजना तयार गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र क्लिन कुकिङ एलायन्स (सीसीए)को संयुक्त प्रयासमा तयार गरिएको सो कार्ययोजनामा सरकारले लिएका लक्ष्य पूरा गर्न सरोकारवाला निकायले गर्नुपर्ने कामका बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छ । शनिबार यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय कार्ययोजनाको विमोचन गर्दै विद्युतीय चुलोको विकास र विस्तारमा क्रियाशील विभिन्न निकायका प्रमुखले विद्युतीय चुलोको माग, आपूर्ति, उपयुक्त वातावरण र वित्तीय क्षेत्रका प्राथमिकताका बारेमा प्रकाश पार्नुभएको थियो ।उहाँहरूले नेपालमा विद्युतीय ऊर्जाको उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युत् खपत बढाउन र आयातित इन्धनको निर्भरतालाई कम गर्न विद्युती चुलो एक महìवपूर्ण विकल्प रहेकामा जोड दिनुभएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले नेपालले सन् २०३० सम्म सम्पूर्ण परम्परागत ऊर्जा र आयातित इन्धनको खपतलाई न्यून गरी स्वच्छ भान्छाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको सन्दर्भमा विद्युतीय चुलो प्रविधिलाई विस्तार गर्दै लैजानुपर्ने आवश्यकतामा जोड दिनुभयो । सीसीएका राष्ट्रिय प्रतिनिधि करुणा वज्राचार्यले वातावरण संरक्षण, स्वास्थ्य र महिला सशक्तीकरणमा विद्युतीय चुलोको प्रयोग निकै उपयोगी हुने भएकाले यसको प्रवद्र्धनका लागि सरोकारवाला निकायलाई नीति योजना र कार्यक्रम तर्जुमा गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कार्ययोजना तयार गरिएको बताउनुभयो । विनरक इन्टरनेसनलका राष्ट्रिय प्रतिनिधि बद्री बरालले नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेका प्रतिबद्धता र राष्ट्रियस्तरमा गरिएका नीतिगत व्यवस्थाअनुसार वातावरण संरक्षण र आयातित इन्धनको खपतको न्यूनीकरणका लागि विद्युतीय चुलोको प्रयोगलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । अजम्बरी विकास फाउन्डेशनका कार्यकारी निर्देशक सुवर्ण कपालीले विद्युतीय चुलोको निर्माण र बजारीकरणमा निजी क्षेत्रको भूमिकालाई पनि आत्मसात् गरी नीति निर्माण र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । सामुदायिक विद्युत् उत्पादक राष्ट्रिय महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले भरपर्दो, गुणस्तरीय र विपन्न जनताले पनि खपत गर्नसक्ने विद्युत् आपूर्तिको सुनिश्चित हुनसकेमा प्रत्येक घरधुरीमा विद्युतीय चुलो पु¥याउन सकिने सम्भावना रहेको बताउनुभयो । नेपालका लागि नर्वेको राजदूतावासका काउन्सिलर जान इरिक स्टुडस्र्डले नेपालको आर्थिक समृद्धिका लागि स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो । विद्युतीय चुलोको प्रवद्र्धन गरी यसलाई कार्बन व्यापारमा लैजान सकिने भएकाले यसमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्नेमा पनि सो अवसरमा जोड दिइएको थियो । नेपालमा अहिले पनि ६८ प्रतिशतभन्दा बढी घरधुरीका बासिन्दाले वायोमासको प्रयोगले वातावरण प्रदूषण र जनस्वास्थ्यमा असर पर्नुका साथै एलपी ग्यासको खपत तीव्र रूपमा बढिरहँदा देशको व्यापार घाटामा असन्तुलन आएकाले विद्युतीय चुलोको प्रवद्र्धन गर्नुपर्ने सहभागीहरूको भनाइ थियो ।
चितवनका किसानका मागका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो राख्नुभएको छ । शनिबार दिनभरि विभिन्न कार्यक्रममा चितवन रहनुभएकी कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर किसानको समस्या समाधानमा पहल गर्न निर्देशन दिनुभएको हो ।
ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका अनुसार प्रतिकेजी नौ रुपियाँ घटाएपछि बासमती चामल बिक्री बढेको शाखा प्रमुख तुलमाया लोवाले जानकारी दिनुभयो ।
नेपाल र भारतबीचको ऊर्जा क्षेत्र सहकार्य विस्तार गर्न १०औँ चरणको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आगामी फागुन ५ र ६ गते भारतको नयाँ दिल्लीमा हुने तय भएको छ । गत पुसमा सम्पन्न नेपाल–भारत सहसचिवस्तरीय प्राविधिक समितिले सो बैठकका लागि छलफलका सम्भावित विषयवस्तु र तिनको प्राविधिक अवस्थाबारे छलफल गरेको थियो ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको कोसीटप्पु वन्यजन्तु आरक्षमा चराको सङ्ख्या घटेको छ। कोसीटप्पु तथा सेरोफेरोका सिमसार क्षेत्रमा ५६ प्रजातिका सात हजार ५७३ जलपन्छीको रहेकोमा चरा घटेको तथ्याङ्क सार्वजनिक भएको हो। आरक्ष क्षेत्रमा गरिएको चरा गणनाबाट यस्तो तथ्य खुलेको हो।
धनकुटाको पाख्रिबास नगरपालिका–४ का पदमबहादुर बस्नेतले पशुपालन सुरु गरेको करिब एक दशक भयो। दुग्ध उत्पादनलाई जोड दिनुभएका बस्नेतको गोठमा २३ माउ गाई छन्। गोठमा भएका केही गाई भर्ना हुँदै उल्टिँदै गरेपछि गाईबाट घाटा हुने चिन्ता उहाँलाई छ। गाई पालनमा राम्रो भविष्य देखेर यो पेसा सुरु गर्नुभएका बस्नेतलाई अहिले भने यो पेसा निल्नु न ओकल्नु भएको छ। बस्नेत भन्नुहुन्छ “प्राय गाईहरूमा उल्टिने समस्या छ। एक पटक होइन पटकपटक यो समस्या देखिन थालेको छ।”
पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर, तेह्रथुम र धनकुटा जिल्लालाई तराईसँग जोड्ने तमोर कोरिडोरको मूलघाट–पाँचथर खण्डमा कालोपत्रे सुरु भएको छ। २०७८ सालमा यो सडकको ट्रयाक खोलिएको हो। पूर्वका पहाडी जिल्लालाई मोरङ र सुनसरीसहित तराईसँग जोड्ने द्रुत मार्गका रूपमा यो सडकलाई लिइन्छ।