एक महिनासम्म चल्ने स्वस्थनी व्रतकथा आजबाट समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरुको वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ ।
कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक परियारले जनताको हित र विकास निर्माणमा दत्तचित्त भएर सिर्जनात्मक भूमिका निर्वाह गर्न सबैलाई आग्रह गर्नुभयो। उहाँले अधुरा योजना सपन्न गर्न र कार्यक्रमहरू जनताको आधारभूत आवश्यकताअनुसार बनाउन आग्रह गर्नुभयो। त्यस्तै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनामा सरकारको ध्यानाकर्षण गराउनुभयो। विकासका पूर्वाधार, विद्युतीयकरण, सिँचाइलगायतका निर्माण गर्न तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्नेमा उहाँले जोड दिनुभयो।
सङ्खुवासभा सदरमुकाम खाँदबारीमा सम्पन्न प्रदेश–१ स्तरीय तेस्रो रेजिना कप पुरुष भलिबलको उपाधि ओखलढुंगाले जितेको छ । अन्तर जिल्ला स्तरीय भलिबल प्रतियोगीताको फाइनलमा ओखलढुंगाले भोजपुरलाई ३–१ को सेटमा हरायो ।
कर्णाली सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरको स्थलगत एकीकृत विकास योजना निर्माण गर्ने भएको छ। वीरेन्द्रनगरलाई व्यवस्थित, आकर्षक र पूर्वाधारयुक्त नगरको रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने भएको हो। सरकारले वीरेन्द्रनगर नगरपालिकासँग सहकार्य गरी नगरको स्थानगत एकीकृत विकास योजना बनाउने निर्णय गरेको छ।
दक्षिणपूर्वी एसियामा सङ्घीय व्यवस्था अवलम्बन गर्ने एक मात्र मुलुक मलेसिया आर्थिक तवरले समृद्ध मुलुक मानिन्छ । बेलायती शासनबाट मुक्ति पाएपछि ५० वर्षसम्म वार्षिक कुल गार्हस्थ्य उत्पादन ६.५ प्रतिशतले वृद्धि भएको मलेसियाका आर्थिक तथ्याङ्कले बताउँछन् । दक्षिणपूर्वी एसियामा यो मुलुक नयाँ औद्योगिक बजार अर्थतन्त्र भएको तेस्रो ठूलो तथा विश्वमा ३६आँैं ठूलो मुलुक मानिन्छ । सन् १९५७ मा बेलायती आधिपत्यबाट स्वतन्त्रता प्राप्त गर्नुअघि पोर्चुगल, नेदरल्यान्डज
वि.सं. २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा उम्मेदवारी दिँदै गर्दा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब एक पटक प्रधानमन्त्री बन्छु र देश, जनताका लागि देखिने गरी केही काम गर्छु भनेर वाचा गर्नुभएको थियो । माओवादी आन्दोलनमा प्रचण्डका नामले ख्याति कमाएका उहाँ यसअघि दुई पटक प्रधानमन्त्री भइसक्नुभएको थियो तर त्यतिबेला खासै उपलब्धिमूलक काम गर्न नसकेको स्वीकारोक्तिका साथ तेस्रो पटक केही न केही काम गरेर देखाउने प्रतिबद्धताका साथ प्रचण्ड प्रधानमन्त्रीको आसनमा बस्नुभएको छ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारको प्राथमिकतामा लोकतन्त्र, सुशासन र दिगो आर्थिक विकास रहेको छ । सुशासन कायम गर्न अझ सरकारले उच्च महत्व दिने उद्घोष गरेको छ । हरेक सरकारले मुलुकमा सुशासन कायम गराउन प्रशासनिक संयन्त्रलाई छिटो, छरितो, स्वच्छ, सक्षम, विश्वसनीय एवं आचारणयुक्त गराउन जोड दिएको हुन्छ । सरकार परिवर्तन हुनासाथ एउटा नारा उत्कर्षमा सुन्ने गरिन्छ, “भ्रष्टाचारमा शून्य सहनशीलता ।” सरकारका योजना, नीति र कार्यक्रमको इमानदारीपूर्वक कार्यान्वयन गर्नु कर्मचारीतन्त्रको अनिवार्य जिम्मेवारी हो तर वास्तविकता ठीक विपरीत छ ।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ । ९५ वर्षीय राणको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:३० बजे निधन भएको पूर्वमन्त्री सुनिलबहादुर थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।
नेपालीका प्रायःजसो घरमा अत्यधिक वाचन गरिने कथा हो– श्री स्वस्थानी व्रतकथा । के गाउँ के सहर सबै ठाउँमा उत्तिकै धार्मिक भावमा उत्साहित भएर यो कथा पढिन्छ । चार सय वर्षभन्दा पनि अघिदेखि सुरु भएको यो धार्मिक अनुष्ठानको परम्परा यद्यपि कायमै छ । स्वस्थानी शैव र वैष्णव कथालाई मिश्रण गरेर रचिएको कथा हो । यसमा शिव र विष्णुको अन्तरसम्बन्धलाई मूर्तरूप दिइएको छ । हरिहरको एकाकार रूपलाई दर्शाइएको छ । तथापि मूल रूपमा यो शिव र पार्वतीको प्रेम कथा हो; जसमा विभिन्न उपकथा समय र स्थानका हिसाबले मेल खाने गरी जोडिएको पाइन्छ ।
म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङकी रिता विक १५ महिनै दुधे बच्चा बोकेर गैँचीले सडक खन्दै हुनुहुन्थ्यो । त्यस्तै पुरुषहरुको भीडमा अर्की मनसरा कुमाइले पनि एक वर्षको दुधे बच्चा बोकेर दिनभर नै श्रमदानमा जुट्नुभएको थियो । दुर्गमवस्ती लुलाङमा मोटर पुर्याउन गाउँलेहरु श्रमदानमा जुटेका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोती क्षेत्रमा भीड तथा दङ्गा नियन्त्रणसम्बन्धी नमुना अभ्यास प्रदर्शन गरेको छ। विभिन्न आन्दोलनका क्रममा हुने धनजनको क्षति रोक्न नवलपुरमा कार्यरत सुरक्षाकर्मीका लागि नमुना अभ्यास गरिएको हो।
अर्जुनचौपारी–४, रापाकोट दमाई गाउँकी ७१ वर्षीया पूर्णकुमारी विकले नयाँ घर पाउनुभएको छ। वर्षांैदेखि खरले छाएको चुहिने घरमा बस्दै आउनुभएकी विकलाई दलित उत्थान केन्द्रले घर बनाइदिएको हो। सो केन्द्रले पुरानो घरलाई मर्मत गरी तथा घरसँगै शौचालय, बिजुली बत्तीसहितको नयाँ घर बनाइदिएको हो। एकल महिला विक खर तथा त्रिपालले छाएको चुहिने घरमा बसेको समाचार आएपछि घर बनाइदिएको केन्द्रका अध्यक्ष दीपक सुनारले बताउनुभयो।
म्याग्दी जिल्लाको विभिन्न क्षेत्रमा कार्यरत मजदुर तथा श्रमिक महिलामा नसर्ने रोगको समस्या देखिएको छ। बेनी अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय र नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले संयुक्त रूपमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो समस्या देखिएको हो।
आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै दोलखामा हलो र गोरु लोप हुन थालेका छन् । किसानहरुले खेतबारी जोत्न छिटा छरितोे, सजिलो र भरपर्दो यन्त्र हाते ट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो ।
इन्टरनेट सेवा प्रदायकले अबदेखि कबुल गरेको न्यूनतम २५ प्रतिशत इन्टरनेट गति उपलब्ध गराउनुपर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ‘पिक आवर’ पनि सम्झौतामा उल्लेख भएको गतिको न्यूनतम २५ प्रतिशत गतिसहितको इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।