सोमबारदेखि लगातार परिरहेको वर्षाले महोत्तरी जिल्लाको बलवा, बन्चौरी लगायतका क्षेत्रहरू डुबानमा परेको छ । सोमबारदेखि परिरहेको पानीले गर्दा रातु नदीमा पानीको बहाव उच्चसँगै बाँधहरू कटान गर्न थालेपछि डुबानको समस्या बढेको हो ।
व्यास नगरपालिका–१२ देउरालीमा मङ्गलबार बिहान साढे ११ बजे सडक भासिएर अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो ।
यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्से परिसूचक आइतबार ३८ दशमलव ३७ र सोमबार तीन दशमलव २१ अङ्कले घटेको थियो ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन्। जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्य योजना बनाई रहेको बताउनुभएको छ ।
सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।
शहीदमार्ग अन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गैरीगाउँस्थीत रिचीमा दुर्घटनामा पर्दा चार जनाको मृत्यु भएको हो।
गौर हत्याकाण्ड पीडित संघर्ष सहमति र सरकारबीच पाँच बुँदे सहमति भएको छ । मङ्गलबार गृह मन्त्रालय र संघर्ष समितिबीच पाँच बुँदे सहमति भएको हो ।
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको सुरक्षा पर्खाल निर्माण भएको तीन वर्ष पुरा नहुँदै भत्किएको छ ।
भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ ।
कृषि ज्ञान केन्द्र सिराहाका अनुसार सिरfहामा ५४ हजार हेक्टर धान खेतीयोग्य भूमि छ ।
उपाधि रक्षा अभियानमा रहनुभएका अरहन्त केशर सिम्हा, दीपक थापा र अमिर ब्लोन मङ्गलबर पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुग्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रतिनिधि सभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ।