• १ जेठ २०८२, बिहिबार

बाढीले बगाएर एक जनाको मृत्यु

blog

बागमती नदीमा आएको बाढी । फाइल तस्बिर

जनार्जन खत्री
सर्लाही, साउन २३ गते ।
सर्लाहीको बरहथवामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ ।

रौतहटको गढिमाई नगरपालिकाबाट मङ्गलबार बिहान बरहथवास्थित हजरियातर्फ रहेको खेतमा काम गर्न आउनुभएका गढिमाई नगरपालिका–२ समनपुर निवासी ६६ वर्षीय सहिद राय भाटको बागमती नदीमा आएको बाढीले बगाएर मृत्यु भएको हो ।

सर्लाही र रौतहटको सीमा भए बग्ने बागमती नदीको समनपुर घाटमा पक्की पुल भए पनि भीषण वर्षापछि पुलको दायाँबायाँ दुवैतर्फ बाढी पसेर जलमग्न बनेको छ ।

रायलाई खेतको काम सकेर पुलसम्म पुग्न खोज्दा सर्लाहीतर्फ बरहथवा नगरपालिका–४, मा बागमती नदीको बाढीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।उहाँलाई बाढीले बगाइरहेको देखेपछि हजरियाका स्थानीयले उद्धार गरी सिकिस्त अवस्थामा रौतहटको समनपुरस्थित एक क्लिनिकमा पुर्‍याइएको थियो । 

समनपुरमा उपचार हुन नसकेपछि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याउँदा रायलाई चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।