फिल्म 'जय हो'को ट्रेलर सार्वजनिक गरिएको छ ।
जिल्ला कारागार रौतहटमा क्षमताभन्दा झण्डै दोब्बर कैदीबन्दी रहेको कारण उनीहरूको दिनचर्या कठिन बनेको छ । जसले गर्दा भवन थप्न वा बढाउनु जरुरी छ ।
गुल्मीमा शनिबार रातिदेखि हराएका दुई किशोरी जिल्लाको सदरमुकाम तम्घासमा फेला परेका छन्।जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई किशोरी हराएका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार ऐन छिट्टै ल्याउने तयारी भइरहेको बताउनुभएको छ ।
नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले आजदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुको पूर्व पश्चिम राजमार्गको खारखानीमा बसको ठक्करबाट १० छाडा चौपया मरेका छन्।
रोल्पामा यात्रवाहक बस दुर्घटनामा परेको छ । शहीदमार्ग अन्तर्गत रोल्पा बागमाराबाट दाङ घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस परिवर्तन गाउँपालिकाको वडा नं. ७ ऋचि भन्ने ठाउँकाे घुम्तीमा दुर्घटनामा परेको हो ।
बाढीबाट कैलालीमा ४६२ परिवार प्रभावित भएका छन् । विभिन्न नदीमा आएको बाढीले डुबान भएपछि उनीहरु प्रभावित भएका हुन् ।
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
बालबालिकामा आँखा पाक्ने रोग ‘कन्जक्टिभाइटिस एनिडो भाइरस’को सङ्क्रमण फैलिएपछि नेपालगञ्ज र खजुराका सबै विद्यालय चार दिनका लागि बन्द गरिएको छ।
नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसँग नेपालको पर्यटन उद्योगका विषयमा छलफल गरेको छ ।
आँखा पाक्ने रोग देशभर फैलिएसँगै पोखराका संस्थागत तथा सामुदायिक विद्यालय तीन दिन बन्द हुने भएको छ ।
‘ट्र्याक’ खुलेको १६ वर्ष बितिसक्दा पनि राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा सधैँ सास्ती हुने गरेको छ । कमजोर भू–बनोट र कालीगण्डकी नदीको कटानका कारण हिउँदमा सुक्खा पहिरो र वर्षामा बाढीपहिराेका कारण यो सडकमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
पोखरा ३२ को लामेआहालका १२ दिनपछि फोहोर उठाइएको छ । स्थायी ल्याडफिल साइट निर्माण नभएसम्म पोखरा महानगरले लामेआहालमा फोहोर फाल्दै आएको थियो तर स्थानीयको विरोधपछि फोहोर फाल्न अवरोध भएको थियो ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली-डुम्रे सडकखण्ड अवरुद्ध भएको छ । व्यास नगरपालिका–१२ स्थित छिर्कने नजिक मङ्गलबार दिउँसो सडक भासिँदा अवरुद्ध भएको हो ।