काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा दिइने छात्रवृत्तिका लागि सञ्चालन भएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।
अविरल वर्षाको कारण भक्तपुरको मध्यपुरथिमी नगरपालिका-९ र काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका-७ जोड्ने मनोहराखोला पुलमा फसेका किरण राईलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ।
बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किलोमिटर दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन् हुने भएको छ ।
नेकपा(एमाले)का सांसद योगेशकुमार भट्टराईले सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउने विषयमा संसदमा भोटिङ गर्न प्रस्ताव राख्नुभएको छ ।
लगातारको वर्षासँगै नारायणी नदीमा पानीको बहाब बढेको छ । नारायणीमा पानीको बहाब यस वर्षकै उच्च भएको छ भने नदीको भेलमा जोखिम मोलेर एक युवा माछा मार्दै छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका पाँचौँ तहका कर्मचारी साकिहर अहमदविरुद्ध एक करोड ५५ लाख ७९ हजार ६९५ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अविरल वर्षाका कारण जिल्लाको बागमती,लालबकैया तथा माँझ खोलामा पानीको सतह वृद्धिसँगै तटिय क्षेत्रका वासिन्दाहरु त्रसित भएका छन् ।
मन्त्रिपरिषदबाट पारित भएको शिक्षा सम्बन्धी विधेयकमा गरिएको व्यवस्थाप्रति निजी विद्यालय सञ्चालकले असहमति जनाएका छन् ।
अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क (सिएनएन) ले जनाएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा पनि सुन तस्करीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याइएको छ ।
धनुषामा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। जिल्लाको मिथिला नगरपालिका–१ आनन्दपुरका १७ वर्षीय अजय यादवको मङ्गलबार ११ बजे बाढीले बगाउँदा मृत्यु भएको हो।
नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।
अविरल वर्षाका कारण ठाउँ-ठाँउमा आएको पहिरोले बिपी राजमार्ग, मध्येपहाडी लोकमार्ग र मदनभण्डारी राजमार्ग मङगलबार बिहानदेखि अवरुद्ध भएको छ ।
गोरखा नगरपालिका–७, सतिपिपलस्थित एक घरबाट बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखामा विशेष सुरक्षासहित राखिएको टल्कने ढुङ्गा परीक्षणका लागि खानी तथा भूगर्भ विभागको भूगर्भविद् सहितको टोली गोरखा आइपुगेको छ ।