अब १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारीले एकीकृत सूचना प्रणाली (गोएमएल) मा आबद्ध हुनुपर्ने भएको छ । गोएमएल प्रणालीमार्फत सम्पत्ति शुद्धीकरणको रिपोर्टिङ गर्न सहकारीहरूले अटेरी गरेपछि सङ्घीय सहकारी विभागले पुनः निर्देशन गरेको हो । अघिल्लो सर्कुलरलाई अटेर गरेपछि विभागले दोस्रो पटक गोएमएल सिस्टम आबद्ध भई रिपोर्टिङ गर्न सहकारी सङ्घ तथा संस्थालाई निर्देशन जारी गरेको हो ।
सुनचाँदी व्यवसायमा आबद्ध तीन वटा महासङ्घले व्यवसाय सञ्चालनका लागि प्रस्ट मापदण्ड तयार गरी त्यसलाई लागु गर्न माग गरेका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिलाई सुनचाँदी व्यवसायका बारेमा जानकारी गराउँदै यस क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिदिन महासङ्घका प्रतिनिधिले आग्रह गरेका छन् ।
नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित बान्तावा राई भाषा
१. १६ औैँ योजनाको अवधारणापत्र कहिले पारित गरिएको हो ? विसं २०८० साउन १७ – सुशासन, सामाजिक न्याय र समृद्धिको सोचका साथ १६ औँ योजनाको अवधारणापत्र तयार गरिएको हो । – १५ औँ योजनाले अर्थतन्त्रलाई उत्पादनमुखी, रोजगारमूलक र आत्मनिर्भर बनाई संरचनात्मक परिवर्तन गर्ने भनिएकोमा कोभिड–१९ महामारी, बेमौसमी प्रकोप र अन्तर्राष्ट्रिय परिघटना
नागरिक बडापत्रसम्बन्धी कानुनी व्यवस्था १. नागरिक बडापत्र भनेको के हो ? नागरिक बडापत्रको सम्बन्धमा नेपालको प्रचलित कानुनले गरेको व्यवस्था उल्लेख गर्दै नागरिक बडापत्रलाई सार्वजनिक सेवा प्रवाह सुधारको प्रभावकारी माध्यमका रूपमा कसरी स्थापित गर्न सकिन्छ ? आफ्नो विचार प्रस्तुत गर्नुहोस् । सरकारी कार्यालयबाट प्रदान गरिने सेवाको विस्तृत जानकारी प्रदान गर्ने दस्ताबेज नागरिक बडापत्र हो । गुणस्तरीय सेवा प्राप्त गर्ने नागरिकको अधिकारको सम्मान गर्दै सेवा प्रदायकलाई नागरिकप्रति उत्तरदायी बनाउन नागरिक बडापत्रको अवधारणा विकास भएको हो । बेलायतले प्रथम पटक अभ्यासमा ल्याएको यस अवधारणालाई नेपालले प्रयोग गर्न थालेको दु
अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिनुभएको छ । पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएकोबारे आफूले त्यसबारे थप बोलिरहनु नपर्ने उल्लेख गर्नुभयो ।
गायक राजेशपायल राईको स्वरमा रहेको गीत ‘जानु ए जानु’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा विनोद पछाईको सङ्गीत, जानुका ढकालको शब्द, महाराज थापाको एरेन्ज र मीन विष्टको मिक्सिङ तथा मास्टरिङ छ ।
आगामी शक्रबार प्रदर्शन हुन लागेको साउथ सुपर स्टार रजनीकान्त अभिनित चलचित्र जेलरको प्रदर्शनका दिन उहाँको गृहनगर चेन्नईका साथै बैङ्ग्लोरलगायत सहरका कार्यालयका कर्मचारीलाई बिदा दिने घोषणा गरिएको छ । यसका साथै कार्यालय व्यवस्थापनले चलचित्रको पाइरेसीलाई रोक्न कर्मचारीलाई निःशुल्क टिकटसमेत उपलब्ध गराउने भएको छ ।
पर्यटन व्यवसायीका लागि आयोजित छ महिने चिनियाँ भाषा तालिमले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली पर्यटन व्यवसायीको भाषिक क्षमता अभिवृद्धि तथा नेपाल आउने चिनियाँ पर्यटकसँग बोलीचालीमा सहयोग पुगोस् भन्ने उद्देश्यले पाँचौँ चिनियाँ भाषा तालिम आयोजना गरिएको थियो ।
मानव अस्तित्वसँग प्रत्यक्ष सरोकार राख्ने ‘प्रकृति’ को महिमा उजागर गर्ने चित्र, मूर्तिका साथ बोधिसत्व आर्ट ग्यालरीमा बृहत् कला प्रदर्शनी सुरु भएको छ । पृथ्वीमा जीवन सम्भव बनाउने तत्वहरू आगो, पानी, आकाश, भूमि र हावा, रुख बिरुवालगायतका प्राकृतिक सम्पदाको पूजा गर्दै प्रकृति र मानवबिचको सहअस्तित्वलाई स्विकार्ने परम्पराको मूल सन्देश बुझ्न प्रदर्शनीले मद्दत गर्छ । ती तत्वलाई सनातन हिन्दु र बौद्ध परम्परामा भगवान्का स्वरूपमा पूजा गरिन्छ ।
यस वर्षको गाईजात्रा प्रहसन भदौ १३ देखि आयोजना हुने भएको छ । ‘८० सालको गाईजात्रा’ नाम दिइएको कार्यक्रम पाँच दिनसम्म प्रज्ञा भवनमा चल्ने छ । कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल, सीता न्यौपाने, राधिका कँडेल, प्रभात लामा, रुविना अधिकारी, चक्र दवाडीलगायतका कलाकारले दर्शकलाई हँसाउनुहुने छ । ब्रान्डवर्थ प्रालिले यसपालिको गाईजात्रा कार्यक्रम आयोजना गर्न लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने हुँदा उडानमा कडाइ गरिएको हो ।
पशुपन्छी तथा दानाजन्य उत्पादनमा वार्षिक अर्बभन्दा बढीको कारोबार गरिरहेको श्रीनगर एग्रो फार्म प्रालिले साधारण सेयर (आइपिओ) जारी गर्ने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि श्रीनगर एग्रो फार्म प्रालिलाई श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड बनाएको छ । श्रीनगर एग्रो फार्म प्रालिले लगानी विस्तार तथा थप परियोजनासहित पब्लिक कम्पनीका रूपमा रूपान्तरण भएको हो ।