अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफले समुद्रको तापक्रम मापन गर्दा यस वर्षको अन्त्यतिर ‘कोरल ब्लिचिङ’ को अर्को घटना हुन सक्ने अस्ट्रेलियाको सर्वोच्च सामुद्रिक विज्ञान निकायले बुधबार जनाएको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिनुभयो ।
गण्डकी, साउन २४ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको हकअधिकारको विषयमा प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । विश्व आदिवासी दिवसका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उहाँले जातीय विविधता भएको गण्डकी प्रदेश रहेको उल्लेख गर्नुभयो । “जनजाति भाषा, संस्कृति, परम्परागत ज्ञान, तथा प्राकृतिक स्रोतका धनी समुदाय मानिन्छन् । अधिकार तथा आर्थिक विकासका दृष्टिकोणले अझै उत्पीडित र विभिन्न वर्ग समुदायमा रहेका जनजातिको उत्थान गर्ने दायित्व हामी सबैको हो”, सन्देशमा भनिएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरिका आदिवासी जनजातिले सन् १९९५ देखि जनजाति अधिकारका लागि अन्तर्राष्ट्रिय पर्वको रुपमा यो दिवस मनाउँदै आइएको र ‘आत्मनिर्णयका लागि परिवर्तनका संवाहक आदिवासी युवा’ भन्ने नाराका साथ आज संसारभरिका आदिवासी समुदायले यो दिवस मनाइरहेको सन्देशमा उल्लेख छ । रासस
सिन्धुलीको दुधौली नगरपालिकाले औलोराेग नियन्त्रणका लागि लामखुट्टे मार्ने अभियान सुरु गरेको छ ।
कर्णाली करिडोरको हुम्ला खण्डको सडक ताँजाकोट गाउँपालिका–५ को पैमा खोलामा सडक अवरुद्ध भएको छ ।
उहाँले नेपालमा मुटु रोगको उपचारलाई अत्यन्त विश्वसनीय र भरोसायोग्य बनाइदिएका कारण पनि आम नेपालीको उहाँप्रति अत्यन्त विश्वास र श्रद्धा छ । उहाँमा विषयगत क्षमता मात्रै होइन, उच्च मानवीय भावना पनि छ ।
बिर्तामोडमा नक्कली कागज बनाएर माग्दै हिँड्ने २४ जना भारतीयलाई प्रहरीले घर फर्काएको छ ।
वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ । विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मङ्गलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिनुभयो ।
श्रीलङ्कामा यस वर्ष अगष्ट ८ सम्ममा आठ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएको श्रीलङ्का विकास प्राधिकरण (एसएलटीडीए) ले बुधबार जानकारी दिएको छ ।
तीन दिनदेखि परेको भारी वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरास्थित रामटोल र राजपुत टोलका २५ घर डुबानमा परेका छन् । उक्त बस्तीमा पानी जमेको छ ।
जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा रु. चार करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा रु चार करोड ६८ लाख २१ हजार दुई राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
जिल्ला कारागार सङ्खुवासभा दुई जना कैदीबन्दीको मृत्यु भएको छ ।
कपिलवस्तुको कृष्ण नगर नगरपालिका ५ बगहीमा खाडलमा डुबेर दाजु भाइको मृत्यु भएको छ । मङ्गलवार देखी हराएका वर्ष ५ का राजन यादव र वर्ष ७ का दाजु साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मिन घलेले बताउनु भयो ।
महिनावारी (छाउ) हुँदा गोठमा सुतेकी १६ वर्षीया किशोरीको सर्पले टोक्दा मृत्यु भएको छ ।
दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो ।