उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्थालाई कार्यान्वयन गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आज कार्यक्रममा यहाँले अघिल्लो आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको भए पनि प्रभवाकारी कार्यान्वयन नभएको हुनाले यसको कार्यान्वयनको व्यवस्था मिलाउने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीले राजीनामा बुझाएका छन्।
काठमाडौं, माघ २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेट गर्नुभएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डसँगको भेटमा समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीसँग भेट गर्न महासचिव विप्लव नेता खड्गबहादुर विश्वाकर्मासहित बालुवाटार पुग्नुभएको हो ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञलाई आफ्नो सल्लाहकारमा मनोनयन गर्नुभएको छ।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर नगरपालिका, संघीय सरकार समेतको सहकार्यमा प्रदेश मुख्यालय रहेको वीरेन्द्रनगरलाई आधुनिक एवम् व्यवस्थित शहर बनाउने तयारी सुरु गरेको छ।
ताप्लेजुङमा मूल्य घटाएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिक्री गर्दै आएको चामल बिक्री हुन थालेको छ।
नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन तयारी सम्बन्धमा छलफल भएको छ।
मिस कुमाल तनहुँ-२०७९ को उपाधि व्यास नगरपालिका–४ दमौलीकी सरिष्मा कुमालले जित्नु भएको छ।
नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद विश्वप्रकाश शर्माले आफ्नो पार्टीबाटै राष्ट्रपति हुने दाबी गर्नु भएको छ।
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताउनुभएको छ।
सिमकोट गाउँपालिका– ७ को डाँडाफयाको जवुका गाउँमा भएको आगलागीबाट ८२ लाख बराबरको क्षति भएको छ। आगलागीबाट घर, अन्नपात, लत्ताकपडा टीभीसहितका सामान जलेर नष्ट हुँदा ठूलो क्षति भएको हो।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ५४ अङ्कले उकालो लागेर दुई हजार ९६ दशमलव शून्य आठमा पुगेको छ ।
नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउन आदेश दिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलबीचको एकतालाई जसरी पनि जोगाउने पक्षमा आफू रहेको बताउनुभएको छ।
प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेश भएको छ ।