स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्यलाई सबल बनाउन र नसर्ने रोगबाट बचाउनका लागि कार्यक्रम सुरु गरिएको वालिङ नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको ऐतिहासिक विकासक्रम, सभ्यताको विकास, श्रम संस्कृति एवम् समग्रमा राष्ट्र निर्माणमा आदिवासी जनजातिहरूको निर्णायक भूमिका रहँदै आएको बताउनुभएको छ ।
बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लम्पी स्किन रोग नियन्त्रण तथा रोकथामका लागि प्रदेशका १३ वटै जिल्लामा बिहीबारबाट सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
अवरुद्ध सदन खुलाउन सत्तारुढ दलका सांसदले अनुरोध गर्दा पनि प्रतिपक्षी दलका सांसदले आफ्ना माग सम्बोधन नभएसम्म सदन खुल्न नसक्ने अडान लिएका छन् ।
नीतिमा आधारित रहेर अब कानुनी र संस्थागत संरचना निर्माण, जनचेतना अभिवृद्धि र क्षमता विकास गर्दै विधि र जनशक्तिको संयोजनबाट सूचना तथा प्रविधिको प्रणालीलाई सुरक्षित बनाउन यो नीति महत्त्वपूर्ण हुने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विश्वास छ ।
यो साता कारोबारको लगातार तीन दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज चौथो दिन भने उच्च अङ्कको वृद्धि देखिएको छ ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीन भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनको कुनमिङ्ग सहरमा यही साउन ३१ देखि भदौ ३ गतेसम्म आयोजना हुने सातौँ ‘चाइना–साउथ एसिया एक्सपो’मा सहभागी हुन उपराष्ट्रपति यादव चीन भ्रमणमा जान लाग्नुभएको हो ।
नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्नि सापकोटाले नेकपा (माओवादी केन्द्र) को भदौ १६ गतेदेखि सुरु हुने तीन महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभएको छ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचार विरुद्ध युद्ध सुरु गरेको बताउँदै अब यो नरोकिने बताउनुभएको छ ।
धनुषाको कमला नदीमा आएको बाढीले बगाउँदा बेपत्ता दम्पतीमध्ये श्रीमतीको शव भेटिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियास्थित कमला नदीमा बुधबार १ बजे शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।
वर्षाका कारण तीन वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार चतरा-मूलघाट-माझिटार-अमरापुरडाँडा-गणेशचोक (तमोर कोरिडोर), धनगढी-सहजपुर-बुडर-स्याउले,साझँबाट-थाकतोली-दार्चुला-टिङ्गर र तानसेन-रिडी-कोरला राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्।
धनुषाको कमला नदीमा आएको बाढीले तटबन्ध कटान गर्न थालेपछि त्यसलाई रोकथाम गर्न सुरक्षा निकाय सक्रिय भएका छन् ।
सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । मङ्गलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
हवाई सेवा अवरुद्ध भएको चौथो दिनपछि सिमकोट विमानस्थलमा पुन हवाई सेवा सुचारु भएको छ । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका एयर ट्राफिक कन्ट्रोलर मनोज डङ्गोलले हवाई सेवा अवरुद्ध भएको चौथो दिनमा सुचारु भएको बताउनुभयो ।
नारायणघाट–बुटवल सडकखण्ड विस्तार गर्ने क्रममा नवलपुरको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काटिएका काठ दाउरा चितवन राष्ट्रिय निकुञ्जले लिलाम गर्न लागेको भन्दै सामुदायिक वनका पदाधिकारीले असन्तुष्टि जनाएका छन् ।