मनाङको जिल्ला अस्पतालमा अहिलेसम्म एम्बुलेन्स छैन। विपत्का बेला निकै कठिन हुने गरेको छ। यहाँ कोही गम्भीर प्रकृतिको बिरामी प-यो वा कसैलाई तुरुन्तै उद्धार गर्नु प-यो भने महँगो शुल्क तिरेर हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङीको बाध्यता छ। जिल्ला अस्पतालका प्रमुख रहमद अन्सारीले एम्बुलेन्स नभएको स्वीकार गर्नुभयो। अन्सारीले भन्नुभयो, “अस्पतालको एम्बुलेन्स छैन, अस्पतालको एम्बुलेन्स नहुँदा बिरामी मर्कामा पर्ने गरेका छन्। गम्भीर बिरामीलाई अन्यत्र सिफारिस गर्नुपर्ने भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामी अन्तिम अवस्थामा पुग्ने हो कि भन्ने त्रास हुन्छ।”
मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा सुधारका काम सुरु भएको बताउनुभएको छ ।
देशका विभिन्न स्थानमा सोमबार रातिदेखि भएको अविरल वर्षाका कारण बाढीपहिरो र डुबानलगायत प्राकृतिक विपत्को सामना गर्नु परिरहेको छ । सोमबार र मङ्गलबार देशका विभिन्न भागमा १४ वटा बाढीपहिरोजन्य घटनामा परेर दुई जनाको ज्यान गयो भने सात जना बेपत्ता भएका छन् । वैशाखयता बाढीपहिरोलगायतका घटनामा परेर १३० जनाको ज्यान गइसकेको छ, ३४ जना बेपत्ता भएका छन् । चार हजार ६३१ घरपरिवार प्रभावित बनेका छन् । पशुधन, खेतबारी र अन्नबालीमा भए
विश्वमा विज्ञान र प्रविधिको विकाससँगसँगै प्राविधिक विकास र सामाजिक आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएका छन् । परम्परागत दूर शिक्षा, जुन कुनै बेला हुलाक सेवा, रेडियो, टेलिभिजन, चिठीपत्र वा अन्य कुनै छापिएका अध्ययन सामग्रीमा पूर्ण रूपमा निर्भर थियो । अध्ययन सामग्री प्राप्त गर्न महिनौँ कुर्नु पर्दथ्यो । त्यो स्थिति आज छैन । डिजिटल रूपान्तरणले शिक्षाको क्षेत्रमा गहिरो प्रभाव पार्नुका साथै शिक्षण सिकाइका तरिकामा क्रान्ति ल्याएको छ । आजको
विभिन्न अभियान चल्दाचल्दै पनि नेपालमा बालविवाहले सामाजिक समस्याको रूपमा निरन्तरता पाइरहेको छ । यसलाई हिंसा शृङ्खलाको सुरुवाती बिन्दुको रूपमा पनि लिने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा २५ प्रतिशतभन्दा बढी बालबालिका बालविवाहको जोखिममा रहेको जनाएको छ । बालविवाह गरेका बालबालिका विवाहयोग्य उमेर पुग्दानपुग्दै सम्बन्ध विच्छेद गर्ने, बहुविवाह गर्ने, अपाङ्गता भएका बालबालिका जन्माउने, स्वास्थ्य जोखिममा रहने, जीवनोपयोगी सिपको अभाव, अधुरो शिक्षा, आर्थिक उपार्जनमा दक्षता नहुनेलगायत यावत् विषयले गर्दा अनेकौँ समस्या झेल्नुपर्ने अवस्थामा पुगेका हुन्छन् ।
म्याग्दीमा उत्पादित आलुले बजार नपाउँदा किसान समस्यामा परेका छन् । पश्चिम म्याग्दीका मालिका, मङ्गला र धौलागिरि गाउँपालिकाका प्रत्येक व्यक्तिको घरमा यतिबेला खनेको आलु थुपारिएको छ । बारीमा पनि आधाभन्दा बढी आलु खन्न बाँकी छ । अहिलेसम्म कतैबाट पनि आलुको माग नआएको किसानले बताएका छन् ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
फेसबुक प्रयोग गरी विचार वा मत सर्भेक्षण जस्ता कार्य सम्भव हुन्छन् । भाइबर, ह्वाट्सएप, फेसबुकमा समूह बनाएर अन्तर्क्रिया सम्भव हुन्छ । जुम बैठक, गुगलमिट जस्ता भर्चुअल मिटिङका प्लेटफर्म वा ट्रेड टक जस्ता युट्युब सामग्री उपयोगी हुन्छन् । छोटो छोटो प्रवचनसहितका भिडियो वा नाचगानदेखि भजन वा शारीरिक अभ्यास एवं जीवनदर्शनका विषय पनि टिकटकबाट सुन्न र देख्न पाइन्छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
विज्ञान र प्रविधिको नवीनतम उपहारका रूपमा आएको क्रित्रिम बौद्धिकता (एआई) प्रविधि अहिले सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । मानिसका लागि एआई प्रविधि वरदान हुन्छ कि अभिशाप ? विश्वभर विभिन्न कोणबाट विमर्श हुँदै छ । एकथरीले एआईका कारण भविष्यमा करोडौँ मानिसले रोजगारी गुमाउने मात्र होइन, मानव सभ्यतासमेत ध्वस्त हुने बताउँछन् भने अर्काथरीले यसलाई मानवहितमा प्रयोग गरे मानव जीवनलाई अहिलेको भन्दा थप उन्नत, सुखी, शान्त र समृद्ध बनाउन सकिने तर्क गर्छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्तरिक तथा बाह्य दुवै लगानी वृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहने बताउनुभएको छ । बुधबार जनकपुरधाममा नेपाल उद्योग वाणिज्य महासङ्घ मधेश प्रदेश कार्यालयको भवन उद्घाटन कार्यक्रममा उहाँले नीतिगत स्थिरताको अभावमा लगानीको वातावरण नबन्ने बताउनुभएको हो । “नीतिगत अस्थिरताले गर्दा लगानीमैत्री वातावरण बन्न सक्दैन । कुनै पनि मुलुकको कानुन, नीति अस्थिर भयो भने स्वदेशी होस् वा विदेशी दुवै लगानी भित्र्याउन सकिँदैन,” उहाँले भन्नुभयो ।
एक सातादेखि गोलभेँडाको मूल्य आकासिएको छ । व्यवसायीका अनुसार गोलभेँडाको मूल्य अहिलेसम्मकै बढी हो । एक साताअघि गोलभेँडाको खुद्रा मूल्य प्रतिकिलो ७० रुपियाँबाट बढेर अहिले ११७ रुपियाँभन्दा माथि उक्लिएको छ । पोखराको सबैभन्दा ठूलो तरकारी बजार कृषि बजार व्यवस्थापन समिति योजना सहायक रूपा दाहालले अरू तरकारीको मूल्य नबढेको अवस्थामा गोलभेँडाको मात्र मूल्य बढेको सुनाउनुभयो । अहिले गोलभेँडाको मूल्य अधिक रहेको उहाँको भनाइ छ । “एक साताअघि ६०/७० रुपियाँ हाराहारीमा प्रतिकिलो गोलभेँडा बिक्री हुन्थ्यो, एक्कासी यसको मूल्य बढेको छ,” उहाँले भन्नुभयो ।
म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चियाका बिरुवा रोप्दै अमरज्योति मावि र गोरक्ष आधारभूत विद्यालयका विद्यार्थी । प्रयोगात्मक अभ्यासका लागि कक्षा ७ देखि १० का विद्यार्थीहरुले दुई दिन लगाएर करिब आठ रोपनीमा चार हजार आठ सय चियाका बिरुवा रोपेका छन् ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन खर्कमा बाँधिएर राखिएका याकका बाछा । हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत नै याकपालन हो । दूध, घ्यु, सामु तथा सामग्री ढुवानी गर्नका लागि याक पालन गर्दै आएका छन् ।