जुम्लामा सात घरसहित शृङ्खलाबद्ध आगजनी गराएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाले मङ्गलबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो। साउन ५, ६ गते र विभिन्न समयमा सात घर, ट्याक्टर र अटो रिक्सा जलाएको घटनामा जुम्ला गुठीचौर–४, उखाडी घर भई चन्दननाथ नगरपालिका–२, भण्डारीवाडामा घरज्वाइँ बस्ने वर्ष ३० का रत्नबहादुर अधिकारी संलग्न भएको प्रहरीले जनाएको छ। अभियुक्त रत्नप्रसाद अधिकारीले आफू गरिब भएकाले कसैले पनि ऋण र उधारो नपत्याएको रिसमा आगजनी गरेको बयान दिएको प्रहरीले जनाएको छ।
वर्षाजन्य प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि सुरक्षाकर्मी सव्रिmय भएको छ । बाढीमा फसेका व्यक्तिलाई उद्धार गर्न, सुरक्षित स्थानमा व्यवस्थापन गर्न, तटबन्ध कटान रोक्नलगायतका कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली सव्रिmय भएका छन् ।
पश्चिम सुर्खेतको चौकुनेस्थित सूर्यतारा सिमेन्ट उद्योग स्थापना कार्य अहिले ठप्प छ। लगानीमैत्री वातावरण नभएको भन्दै निर्माणको जिम्मा पाएको सूर्यतारा इन्भेस्टमेन्ट कम्पनी हात झिक्ने अवस्थामा छ। दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालन स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सम्पन्न गरिसकेको छ।
बागमती प्रदेशमा बाढीपहिरोको जोखिम उच्च छ । यस वर्ष बाढीपहिरोबाट बागमती प्रदेशका १३ जिल्लामा ९७ हजारभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान छ ।
कालीकोटमा खाद्यन्न अभाव भएको छ। सरकारले गत वर्ष कालिकोटमा १३ हजार क्विन्टल चामलको कोटा उपलब्ध गराएको थियो। जिल्लाका मान्म, थिर्पु, पादमघाट, खल्लागाड खाद्य डिपो र खिन धौलागोह वितरण केन्द्र अहिले खाली भएका छन्। गाउँका खाद्य डिपो तथा वितरण केन्द्र खाली भएपछि चामल लिन सदरमुकाम मान्म पुगेका सेवाग्राही खाली हात फर्किनु परेको छ। एकै दिन दुई सय क्विन्टलभन्दा बढी वितरण भएपछि बाँकी रहेको चामल कैदीबन्दीलाई एवं जन्म र मृत्यु कार्यमा दिनुपर्ने भएकाले अहिले सर्वसाधारणका लागि बिक्री बन्द गरिएको बताइन्छ।
दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस भवन लमही नगर विकास समितिको जग्गामा छ। उक्त क्याम्पसमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययन गर्छन्। यस्तै लमही आँखा अस्पतालको भवन पनि नगर विकास समितिले उपलब्ध गराएको जग्गामा छ। उक्त अस्पतालमा दाङ देउखुरीसहित छिमेकी जिल्ला र भारतबाट समेत दैनिक दुई सयको हाराहारीमा उपचारका लागि आउने गर्छन्। यी संस्थाका लागि थप जग्गाको आवश्यकता छ। जनसेवामा लागेका यी र यस्ता संस्थाको आफ्नै नाममा लालपुर्जा नहुँदा स्वदेशी तथा विदेशी दाताले उपलब्ध गराउने रकम पाएका छैनन्।
मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश/दश लाख पठाउने भएको छ ।
निर्माण कम्पनीको लापरबाहीका कारण अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित ठाडा प्राथमिक अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। २०७७ साल चैतमा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि तीन वर्ष ढिलो भइसक्दा पनि निर्माण कार्य ठप्प छ। अस्पतालको भवन पूर्ण रूपमा निर्माण भएको छैन। निर्माण भएका संरचना पनि अस्तव्यस्त छन्। स्काई भुसाल जेभी अर्खाखाँचीले २०७६ साल असारमा पाँच करोड ६५ लाख नौ हजार ५७२ रुपियाँमा ठेक्का पाएको थियो।
खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले १६ वटा इन्टरनेट कम्पनीलाई रोयल्टी रकम बुझाउन निर्देशन दिएको छ । प्राधिकरणबाट अनुमति प्राप्त गरेका १६ वटा कम्पनीलाई दूर सञ्चार सेवा सञ्चालन गरेबापत आर्जन गरेको कुल आम्दानीको चार प्रतिशत र ग्रामीण दूर सञ्चार विकास कोष बापतको दुई प्रतिशत गरी छ प्रतिशत रोयल्टी रकम तत्काल बुझाउन निर्देशन दिएको छ ।
चितवन र आसपासका जिल्लाका छात्राको आकर्षण कन्या क्याम्पसतर्फ रहेको छ । यहाँको मैयादेवी कन्या क्याम्पसमा अध्ययनरत छात्रामध्ये आधा चितवन बाहिरका छन् ।
पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो।
मकवानपुरको थाहा नगरपालिकाले दामन रिसोर्टलाई भाडामा ठेक्का लगाएको छ । बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि एक करोड रुपियाँमा ठेक्कामा लगाउने भएको हो ।
मनाङको नार्पाभूमि गाउँपालिका गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये सडक सञ्जालमा नजोडिएको एउटै मात्र पालिका हो। कोन्जो तेन्जिङ लामा २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट नार्पाभूमि गाउँपालिको अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। गाउँपालिकाको विकास र नागरिकको सेवामा अहोरात्र खट्ने जुझारु युवा नेतृत्वका रूपमा उहाँको पहिचान बनेको छ। उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा गाउँपालिकाको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो। नार्पाभूमि
झापा गाउँपालिकामा सञ्चालित मदरसाहरूले समेत दिवा खाजा दिन सुरु गरेसँगै मुस्लिम विद्यार्थीमा मदरसाप्रतिको आकर्षण बढेको छ ।