थारु कल्याणकारिणी सभा (थाकस) ले शिक्षा विधेयकमा देखिएको त्रुटी सच्याउन माग गर्दै शिक्षामन्त्री अशोककुमार राईको ध्यानाकर्षण गराएको छ । थाकसका महामन्त्री प्रेमीलाल चौधरीको नेतृत्वमा गएको टोलीले सो ध्यानाकर्षण गराएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौँ भन्ने नभइ जनताका सेवक हौँ भन्ने भावले काम गर्नुपर्ने बताउनुभएको छ।
बेनी–जोमसोम सडकखण्डको बैसरीमा सडकमाथिबाट आएको पहिरोमा परेर गाडीचालक घाइते हुनुभएको छ ।
नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर लिमिटेडले एकल महिला र एकल महिलाका १८ वर्षमुनि उमेर समुहका सन्तानको उपचारका लागि विभिन्न शीर्षकमा करिब २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकले वैदेशिक रोजगार बोर्डबाट पाउने सेवा सुविधामा वृद्धि गर्ने भएको छ ।
कपिलवस्तुमा तौलिहवाको मुख्य बजारसहितका अन्य क्षेत्रका बाल बटोरी जग्गाको लालपुर्जा माग गर्दै स्थानीयले ज्ञापनपत्र बुझाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना अझै बनाएको छैन । मनसुन लागेको आधा समय भइसक्दासम्म यो प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ ।
त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।
राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो ।
जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका लागि अहिलेसम्म रणनीतिक योजना नबनाएको पाइएको छ । जिल्लामा बालविवाहविरुद्धको साझा अभियान बनाउने भनिए पनि स्थानीय सरकारसँग रणनीतिक योजना नहुँदा दिनप्रतिदिन बालविवाह बढ्दै गएको हो ।
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी सङ्क्रमण दिनानुदिन बढ्दै गएको छ । डेंगीबाट बुधबारसम्म नौ जनाको मृत्यु भएको छ भने सात हजार बढीमा सङ्क्रमण देखिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको बताउनुभएको छ।
स्याङ्जामा गत आर्थिक वर्षमा चितुवाले ५२३ वटा पशु चौपाया खाएको छ । तीन जना व्यक्तिलाई घाइते बनाएको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपान्तरण गर्ने विश्वास लिइएको काठमाडौँ–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई तोकिएको समयसीमाभित्र सम्पन्न गर्न सबै पक्षको सहयोग र समन्वयको खाँचो औँल्याउनुभएको छ ।
सुस्तगतिमा विस्तारको काम भएको गुनासो आइरहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको म्याद एक वर्ष थप गरिएको छ ।