• १२ पुस २०८१, शुक्रबार

सुन प्रकरणमा उच्च तहको संलग्नता छ : सभापति लामिछाने

blog

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं, साउन २४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एक क्विन्टल सुन प्रकरणमा उच्च तहको संलग्नता भएको शङ्का रहेको बताउनुभएको छ। संसद् निरन्तर अवरोध भएपछि बुधबार संसद् परिसरमा सञ्चारकर्मीसँग बोल्नुहुँदै उहाँले यति ठुलो तस्करीमा सुरक्षा निकाय र सामान्य कर्मचारीको मात्र मिलेमतो नरहेको बताउनुभयो। 

सभापति लामिछानेले भन्नुभयो, “संसदभित्र नै आफ्नो कुरा राख्ने मन थियो तर संसदभित्र कुरा राख्न नपाएकोले आम नागरिक, संसद् भवनलाई साक्षी राखेर सम्मानित सभामुखलाई यो कुरा राख्न चाहन्छु। नेपाली जनतालाई स्पष्ट पार्नुहोला कुन प्रक्रियामा टेकेर राजस्व अनुसन्धानबाट सीआइबीमा लानुभयो? यो जानकारी गराउनुहोला।”

उहाँले एकै कम्पनीबाट सम्भवतः नेपालको इतिहासमा सबैभन्दा ठुलो तस्कर भएको भन्नुहुँदै यसमा सुरक्षा निकायदेखि भन्सारको ठुलो सहभागिता रहेको कुरा कसै सामु नलुकेको बताउनुभयो। 

उहाँले भन्नुभयो, “यसको मतलब सुरक्षा निकायको मिलेमतो नहुने त कुरै रहेन। सुरक्षा निकाय र मुलुककै यति ठुलो तस्करीको कुरा गर्दा सामान्य कर्मचारीको मिलेमतोमा सम्भव भएन। जहाँ अनुसन्धानले छापा मार त्यहाँ प्रशस्त विभिन्न सामानहरू आएका छन्, त्यसभित्र सामान एउटा र त्यसभित्र सुन राखिएको छ।”

उहाँले भन्नुभयो, “सुरक्षा निकायदेखि भन्सारको ठुलो सहभागिता छ। मन्त्रालयस्तरमा कसको सहभागिता छ भन्न सक्दिनँ। यति ठुलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कुरा कहीँ कतै कसै सामु लुकेको छैन।