धनगडीमाई नगरपालिका–११ स्थित सामुदायिक महेन्द्र गेनाइ स्मृति तथा बालकल्याण अस्पताल सञ्चालनमा आएको छ। यसबाट स्थानीयहरू सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने स्थानीयको बाध्यता अन्त्य भएको छ। धागडीमाई नगरपालिका, लहान नगरपालिका १३ र २४ नम्बर वडा, लक्ष्मीपुरपतारी गाउँपालिकाका स्थानीयले यहाँबाट सेवा लिँदै आएका छन्। लहान–२४ का गेनाइ महतोले एक बिघा र महेन्द्र महतोले दस कट्ठा गरी डेढ बिघा करोडौँ मूल्यको जग्गा दिएपछि अस्पताल निर्माण भएको थियो। अस्पताल सञ्चालनका लागि २०६४ सालमा भारतीय दूतावासले भवन निर्माणका लागि साढे तीन करोड र उपकरणका लागि थप डेढ करोड गरी जम्मा पाँच करोड सहयोग दिएको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नं ६ मोतिपुर निवासी रिता रिजालको घर भित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाति दुख्ने समस्या हुन्छ नै । खाने कुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ ।“घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”,उहाँले भन्नुभयो“धुलोले नानी वावुहरुका आँखा रसाउछनु, छाति दुख्ने समस्या हुन्छ ।”
सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाका कारण विस्थापित हुनेहरूलाई मुआब्जा वितरण गर्न सुरु गरिएको छ । आयोजना निर्माण क्षेत्र भोटखोला–२ र ५ का ३८५ परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा वितरण गर्न सुरु गरिएको हो । हालसम्म ११४ परिवारलाई ५३ करोड ४७ लाख १५ हजार ६६२ रुपियाँ मुआब्जा वितरण गरिसकिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले जानकारी दिनुभयो । गत मङ्सिर २६ गतेदेखि सुरु गरी हालसम्म उक्त मुआब्जा रकम वितरण गरिएको हो ।
ऊर्जा उत्पादनको राम्रो सम्भावना भएको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञले बताउनुभएको छ । प्रदेश १ मा ३४ हजार मेगावाट क्षमताका आयोजना बन्न सक्ने भए पनि लगानी प्रोत्साहन गर्ने नीति नभएको उहाँहरूको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)ले आइतबार आयोजना गरेको ‘प्रदेश १ को दिगो विकासका लागि ऊर्जा’ विषयक कार्यशालामा सहभागी विज्ञहरूले उक्त धारणा व्यक्त गर्नुभएको हो ।
ओखलढुङ्गामा पर्यटन प्रवद्र्धनका लागि पहिलो पटक साहसिक साइक्लिङ दौड प्रतियोगिता गरिएको छ। जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइक्लिङ दौड प्रतियोगिता गरिएको हो। प्रतियोगितामा देश तथा विदेशका गरी ६२ जना प्रतियोगी सहभागी भएका थिए।
प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारिता क्षेत्रलाई व्यवस्थित गर्न प्रदेश १ सरकारले चाँडै नै सञ्चारसम्बन्धी ऐन जारी गर्ने बताउनुभएको छ। प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल पञ्चशीलको सिद्वान्त र असंलग्न परराष्ट्र नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । पाँचौँ स्थापना दिवसका अवसरमा ‘सेन्टर फर डिप्लोमेसी एन्ड डेभलपमेन्ट’ नामक संस्थाद्वारा आइतबार यहाँ आयोजित ‘एसिया तथा प्रशान्त क्षेत्रमा विकास, कूटनीति तथा सुरक्षा’ विषयक संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले सो धारणा व्यक्त गर्नुभएको हो ।
नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासङ्घका महासचिव रोशन पुरीले आइतबार विज्ञप्ति जारी गर्दै लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्राही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकबीच आपसी छलफल, सहकार्य र सम्पर्क सञ्जाल विस्तार गर्नुपर्ने विषयमा जोड दिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेशमा रहेका आप्रवासी नेपालीको समस्या समाधान गर्न अधिकारसम्पन्न आयोग बनाउन सहमत हुनुभएको छ। विदेशमा रहेका ४० लाखभन्दा बढी नेपाली आप्रवासीको समस्या बुझ्न र समाधान गर्न हाल अवस्थित सरकारी संयन्त्रहरू पूर्ण अधिकारसम्पन्न नहुँदा प्रवासी नेपालीले दुःख पाइरहेकाले छुट्टै शक्तिशाली आयोग गठन गर्न प्रधानमन्त्री सकारात्मक हुनुभएको हो।
सरकारले स्थानीय तहलाई जग्गाको वर्गीकरण गर्न दिएको समयसीमा नाघेको दुई महिना बित्न लाग्दासमेत धनुषाको १७ वटा स्थानीय तहले अझै जग्गा वर्गीकरण गर्न सकेका छैनन्। धनुषामा १८ वटा स्थानीय तह छन्। जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाले मात्र जग्गाको वर्गीकरण गरेको छ। बाँकीले जग्गा वर्गीकरण गरेका छैनन्। वर्गीकरण नगर्दा धनुषाको नापी कार्यालयमा कित्ताकाटको काम ठप्पजस्तै भएको छ। कुनैबेला कित्ताकाटकै लागि पालो कुर्नुपर्ने यस कार्यालयमा अहिले फाट्टफुट्ट मात्र सेवाग्राही पुग्ने गरेका छन्। जेठको तेस्रो साताअघि दैनिक २५ देखि ३० जना कित्ताकाटका लागि आउनेमा अहिले पाँच/छ जना आउने गरेको कर्मचारीको भनाइ छ।
राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुनुहुने भएको छ। उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र प्रस्ताव दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ। उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।
लुम्बिनी विकास कोषले लुम्बिनीमा हुने गतिविधिप्रति बौद्ध सम्प्रदायको सकारात्मक चासोलाई सधैभरी स्वागत गर्ने बताएको छ।
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सच्चा कम्युनिस्टहरू फेरि ध्रुवीकरण र एकताको प्रक्रियामा आउने बताउनुभएको छ ।
निर्वाचनको समीक्षालगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको पाँचौ बैठक माघ २९ गते बस्ने भएको छ । गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको हो ।