अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तराईका जिल्लाका सरकारी कार्यालयमा हुने गरेको अनियमितताविरुद्धका उजुरी बढी पर्ने गरेको पाइएको छ ।
दैनिक प्रयोजनमा आउन छाडेपछि काठबाट निर्माण गरिने ठेकी लोप हुँदै गएको छ। किसानले गाईभैँसी पाल्न छाडेपछि गाउँबस्तीमा ठेकी प्रयोगमै आउन छाडेको हो। त्यसो त बजारमा प्लास्टिकका भाँडा सस्तोमा पाइन थालेपछि पनि काठका ठेकी प्रयोगमा कमी आएको हो। गाईभैँसी दुहुँदा प्रयोग हुने गाबुको सट्टा बाल्टिन, दही जमाउन प्रयोग हुने ठेकीको सट्टा प्लास्टिकका भाँडा बजारमा सस्तोमा पाइन्छ। यसले गर्दा परम्परागत गिठो, खिरोलगायत नरम काठबाट स्थानीयस्तरमै उत्पादन हुने काठका ठेकी लोप भएका हुन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालयको गोदाममा अत्यावश्यक मौज्दातबाहेक चामल सकिएको छ। गोदाम रित्तिए पनि थप खाद्यान्न आपूर्ति हुन सकेको छैन। पछिल्लो केही समययता खाद्य आपूर्ति ठप्प भएको छ। प्रादेशिक कार्यालयले २० हजार क्विन्टल चामल माग गरे पनि टेन्डर प्रक्रियामा भएको ढिलाइले चामल ढुवानी हुन सकिरहेको छैन। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दका अनुसार माग गरिएको चामल समयमा पु-याउन सकिएको छैन। दुई पटकसम्म टेन्डर रद्द भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुनु, भारतले चामल आयातमा प्रतिबन्ध लगाउनु र टेन्डर प्रक्रियामा ढिलाइले खाद्य आपूर्तिमा विलम्ब भएको हो।
वर्षायाम सुरु भएसँगै पुण्यमाता खोलामा आउने बाढीका कारण बनेपाका विभिन्न क्षेत्र डुबानमा पर्ने समस्या देखिएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुण्यमाता खोला आसपासको क्षेत्रमा हुने डुबान समस्याको समाधानका लागि समिति गठन गरेको छ ।
स्थानीय तहको निर्वाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) अछामका उपसचिव ३५ वर्षीय डम्बरबहादुर बिसी निर्वाचित हुनुभयो। युवा उमेर, त्यस्तै जोसजाँगर भएका युवा नेता बिसीले उच्च शिक्षा (स्नातकोत्तर तह) सम्मको अध्ययन गर्नुभएको छ। विद्यार्थीकालदेखि राजनीतिक यात्रा शुभारम्भ गर्नुभएका बिसी एमाले समर्थक अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज हुँदै पहिलो प्रयासमै पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । आठ वटा वडामा करिब २५ हजार जनसङ्ख्या भएको तुर्माखाँद गाउँपालिका जिल्ला सदरमुकामदेखि ५५ किलोमिटर पूर्वमा रहेको छ । यो पालिका कृषि
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
डडेलधुरा अस्पतालले खरिद गरेका विभिन्न उपकरण, औषधी, अध्यक्षका नाममा लिइएको पेस्की रकम र करारमा कर्मचारी नियुक्तिलगायत घटनामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी परेको छ।
आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा अन्तक्र्रिया गर्नुका साथै वृक्षरोपण गरेर दिवस मनाइँदै छ ।
राष्ट्रिय मानव अधिकार आयोगले झापाको चिया बगानमा कार्यरत श्रमिकको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले चिया बगानमा कार्यरत श्रमिकले ऐनबमोजिम न्यूनतम सेवा सुविधाबाट समेत वञ्चित भएको जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले चिया बगानमा कार्यरत श्रमिकको अधिकारको सम्मान गर्दै न्यूनतम तलब सुविधाको आवधिक पुनरवलोकन गर्न, पेसागत स्वास्थ्य र सुरक्षाको उचित व्यवस्था गर्न सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई आग्रह गर्नुभएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोग भन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
विक्रम संवत् १९७४ मै बारा र मकवानपुरको सिमानामा पर्ने चुरियामाई मन्दिरसँगै रहेको चुरे पहाड छेडेर नेपालमा पहिलो सुरुङ मार्ग बनाइएको थियो । सिभिल इन्जिनियर बिग्रेडियर जनरल डिल्लीजङ्ग थापाको डिजाइनमा त्यो सुरुङ मार्ग बनाइएको एक शताब्दी बितिसके पनि अरू सुरुङ मार्ग बनाउने क्षमता बढाइएन तर अब चाहिँ नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग तयार हुँदै छ । चार वर्षअघि २०७६ कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङ मार्गको सहायक सुरुङ (आपत्कालीन उद्धार सुरुङ) सोमबार छि
नेपाललाई पहिले फिजीकरण गर्ने र त्यसपछि सिक्किमीकरण गर्ने गुरुयोजना अनुसार काम भइरहेको छ– यस्तो आवाज केही वर्षयता सडक र सदन दुवैतिरबाट सुनिंँदै आएको हो । बोल्ने यतैका पात्र हुन्, सुनाउने यिनै वरिपरिका सञ्चारमाध्यम हुन् । राष्ट्रियता सबै नेपालीको सरोकारको विषय भयो । नागरिकता स्वतः जोडिएर आउने पक्ष हुने गरेको छ ।
दुई वा दुईभन्दा बढी व्यक्ति, समूह, सङ्गठन तथा निकायबिचमा कुनै उद्देश्य प्राप्तिका लागि वार्ता गरिन्छ । वार्ताको प्रमुख उद्देश्य मतभेद, अस्पष्टता, मुठभेड, हिंसा, युद्ध र तिरस्कारलाई रोकी शक्ति, सिर्जना, विकास, सद्भाव, शान्ति र सशक्तीकरणमा परिवर्तन गर्नु तथा नवीन नीति योजनाको प्रारम्भ गर्नु हो । त्यस्तै, प्रजातान्त्रिक मूल्य मान्यता अनुरूप शासन सञ्चालन गर्न, विश्वव्यापीकरणलाई आत्मसाथ गर्न, वैदेशिक सहयोगको उपयोग गर्न, आपसी विश्वास तथा सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्न सार्वजनिक प्रशासनमा वार्ता तथा सम्झौताको आवश्यकता पर्दछ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरोका कारण गएरातिबाट अवरुद्ध भीमदत्त राजमार्गलाई छिटो सुचारु गर्न निर्देशन दिनु भएको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाले घडेरी किन्ने घर बनाउनेजस्ता क्षेत्रमा लगानी गर्छन् । आजकल यो वैदेशिक रोजगारीबाट फर्केका युवामा फेसन जस्तै बनेको छ तर वराहक्षेत्र नगरपालिका–९, ढोलबजियाका तीन युवकले पुख्र्याैली पेसामा नै लगानी गरेका छन् ।