समस्याग्रस्त घोषणा गरेकोे सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नेपाल राष्ट्र बैंकबाटै हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको संस्थालाई राष्ट्र बैंकले २३ करोड रकम अनियमिता भएको ठहर गर्दै समस्याग्रस्त घोषणा गरेको थियो ।
मधेश प्रदेशबाट निर्वाचित स्वतन्त्र सांसद शारदा शङ्करप्रसाद कलवार जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रवेश गर्नुभएको छ।
चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताउनुभएको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मुलुकका अगाडि देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहमतिको खाँचो रहेको बताउनुभएको छ
भोइस अफ नेपाल सिजन ४ प्रतियोगी गायक मिङसोहाङ लिम्बूले आफ्नो पहिलो डेब्यु म्यूजिक भिडियो ‘तिम्रै हुनेछु’ सार्वजनिक गरेका छन् ।
प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसदहरुले किसानलाई मलखाद, बीउबिजनको सहज उपलब्धता, सडक निर्माण र भारतसँगको खुला सिमानाबाट सिर्जित समस्याप्रति विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडौं, माघ २२ गते । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की उर्मिला अर्यालले उम्मेदवारी मनोनयन गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा उहाँले उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रस्तावमा उम्मेवदारी दर्ता गर्नुभएको हो ।उहाँको समर्थनमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ । उम्मेदवारी मनोनयनपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अर्यालले पदको जिम्मेवारी अनुसार तटस्थ हिसाबले आफू अघि बढ्ने बताउनुभयो।“जहिले जुन पदमा बसिन्छ, तटस्थ हिसाबले नै अब हेर्दै जाऊँ । भन्नुभन्दा पनि के कति गर्न सकिन्छ । यताउता सबै विषयमा मिलाउने र संसद गरिमामय बनाउनेमा मेरो भूमिका रहन्छ”, अर्यालले भन्नुभयो ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासी आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो।
नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक सङ्कटतर्फ उन्मुख रहेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै सांसद गुरुङले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिनुभएको छ ।
पश्चिम नेपालकै सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको नेपालगञ्ज भन्सार कार्यालयबाट गतवर्षको तुलनामा यस वर्ष व्यापार घाटा नौ अर्ब भन्दा बढी कम भएको छ ।
अर्जुनधारा नगरपालिका–७ मा आइतबार बिहान विद्युत सर्ट भई आगलागी हुँदा इन्द्रबहादुर लिम्बूको आठको दुइतले घर जलेर नष्ट भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ।
लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सङ्घीयता बलियो बनाउन स्थानीय सरकारलाई बलियो बनाउनुपर्ने बताउनुभयो ।