मकवानपुरको बागमती गाउँपालिका ५ मा मङ्गलबार बिहान पहिरोले घर बगाउँदा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । बागमती गाउँपालिका ५ भोर्लेनीस्थित सिक्रे दोभानमा भल बाढीसहित आएको पहिरोले बगाएर बेपत्ता भएका छ जनामध्ये दुई जनाको शव बुधवार बिहान फेला परेको हो ।
डोटीमा विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन् । आदर्श गाउँपालिका–२ कारङेमा मङ्गलबार विषालु च्याउ खाएर उनीहरु बिरामी भएका हुन् ।
गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले एम्बुलेन्स सेवाका लागि हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ । पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर जो–कोहीले सजिलै एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने छन् ।
एक वर्षदेखि रिक्त त्रिभुवन विश्वविद्यालयमा सेवा आयोगका अध्यक्ष पदमा नियुक्तिका लागि रोस्टरमा सूचीकत हुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान गरेको छ । उक्त पदमा सिफारिस गर्न गठित समितिले कम्तीमा सहप्राध्यापक पदमा कार्य गरेका इच्छुक व्यक्तिलाई यही साउन २६ गते व्यक्तिगत विवरणसहित निवेदन पेस गर्न आह्वान गरिएको छ ।
छाडेको छैन । आज पनि हाम्रा शैक्षिक संस्थाहरू समाजमा आफ्नो शैक्षिक संस्थाको नाम, दाम र शान बढाउने ध्येयले परीक्षामा उच्च अङ्क ल्याएर परिचित हुनका लागि घोकन्ते विद्यामा जोड दिइरहेका छन् । दुःखका साथ भन्नु पर्छ यसले सिक्ने, सिकाउने ज्ञानको मन्दिरलाई व्यापार गर्ने व्यावसायिक संस्थाको छविमा परिवर्तन गरिरहेको छ । घोकन्ते विद्याले बालबालिकाको धेरै पक्षमा प्रभाव पारेको देखिन्छ । यसले बालबालिकाको सामाजिक, शैक्षिक, मानसिक जस्ता विभिन्न पक्षमा नकारात्मक असर पारेको देखिन्छ । यसले बालबालिकाको पूर्ण
कैलालीमा बाढी, डुबानका कारण हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।
मौसमी प्रणाली सक्रिय रहेकाले आज पनि दिनभरजसो देशैभर पानी पर्ने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको विभागले जनाएको छ ।
गत साउन १३ गतेको गोरखापत्रमा प्रकाशित ‘नदीको भेलसँगै बग्दै पुरातात्त्विक सम्पदा’ सम्बन्धी समाचारको प्रभाव परेको छ। समाचार प्रकाशित भएसँगै लुम्बिनी विकास कोषद्वारा लुम्बिनी सांस्कृतिक नगरपालिका–१२, निपनियामा दानव नदीले कटान गरेको पुरातात्त्विक स्थलको अनुगमन गरेको हो। उक्त स्थलको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यसहितको टोलीले अनुगमन गरेको छ।
लुम्बिनी प्रदेश सरकार गठन भएको सय दिन बितिसक्दा पनि मन्त्रीपरिषद्ले पूर्णता पाउन सकेको छैन। सरकारले पूर्णता पाउन बाँकी रहे पनि गठबन्धनमा भागबन्डा मिलाउन दुई मन्त्रालय थप्ने तयारी हुन थालेको छ। प्रदेशका मुख्यमन्त्री डिल्लीप्रसाद चौधरीले भागबन्डा मिलाउन मन्त्रालय थप्ने तयारी गर्नुभएको छ। मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेको प्रदेशमा थप दुई मन्त्रालय बनाउने तयारी गरिएको हो। दुई मन्त्रालय थप गरेर साउनभित्रै मन्त्रीपरिषद्ले पूर्णता पाउने गृहमन्त्री तथा सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जानकारी दिनुभयो।
पाल्पामा पछिल्लो तीन वर्षको अवधिमा सम्बन्धविच्छेद गर्ने जोडीको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७९/८० मा ४४३ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएको जिल्ला अदालत पाल्पाले जनाएको छ। गत आवमा अदालतमा कुल दर्ता भएको एक हजार १७ मुद्दामध्ये ४४३ सम्बन्धविच्छेदकै रहेको अदालतका तहसिलदार भेषराज खनालले जानकारी दिनुभयो।
बागमती प्रदेशका विभिन्न जिल्लामा केही दिनयता भएको वर्षासँगै आएको बाढीपहिरोबाट ग्रामीण सडकसँगै राष्ट्रिय राजमार्ग अवरुद्ध बनेका छन् ।
बेनी–जोमसोम कोरला सडकखण्डको बैसरीमा पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रु गन्तव्यमा पुग्न सकेका छैनन्। शनिबार रातिदेखि अवरुद्ध भएको सडक मङ्गलबारसम्म पनि खुलेको छैन। सडक नियमित नहुँदा मुक्तिनाथ दर्शन गरेर फर्किएका यात्रुको सडकमै बास भएको छ। वर्षा नरोकिएका कारण सडकमाथिबाट पहिरो खसिरहेको छ।
दुई दिनदेखि परेको अविरल वर्षाका कारण मधेश प्रदेशका विभिन्न जिल्लाका गरी एक दर्जन बस्ती डुबानमा परेको छ । लगातारको वर्षाले विभिन्न खोलामा आएको बाढीमा परेर दुई जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । विभिन्न नदीमा बाढीको बहाव उच्च रहेको जनाइएको छ ।
कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा पछिल्लो केही दिनदेखि सर्वसाधारणमा आँखा पाक्ने रोग फैलिरहेको छ । दुई सातादेखि कोशी प्रदेशका अधिकांश समुदायमा भाइरल प्रकोपकै रूपमा आँखा पाक्ने समस्या बढ्दै गएको हो ।
सर्लाहीको बाँके खोलाले बगाउँदा हरिपुर्वा नगरपालिका–७ का ६० वर्षीय भोला चौधरीको मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । चौधरी सोमबार रातिदेखि नै बेपत्ता थिए । उनको शव मङ्गलबार बाँके खोलामा शव फेला परेको हो ।