अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गर्नुभएको छ ।
पहिरोको कारण अवरुद्ध हेटौँडाबाट काठमाडौँ जोड्ने छोटो मार्गअन्तर्गत पर्ने भैँसे–भीमफेदी सडकखण्डमा आज बिहानदेखि यातायात पुनः सञ्चालन भएको छ ।
स्पेनको जनसङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । उच्चस्तरमा जनसङ्ख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मङ्गलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।
गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । त्यसअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर सदनको कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानकारी दिनुभयो ।
सङ्खुवासभा जिल्ला कारागार खाँदबारीमा बुधबार दुई कैदीको मृत्यु भएको घटनामा उनीहरुका परिवारजनले शव बुझ्न मानेका छैनन् । प्रहरीको कुटाइबाट कैदीबन्दीको मृत्यु भएको आरोप लगाउँदै आफन्तले शव बुझ्न नमानेका हुन् ।
अमरगढी नगरपालिकाबाट अनुदान रकम लिएर पनि स्वस्तिक हाइटेक एन्ड बायोटेक एग्रो फार्मले ‘जैविक विषादी उत्पादन गर्ने प्लान्ट’ सञ्चालनमा ल्याएको छैन। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्रबाट अनुदान रकम लिएर पनि प्राविधिक कारण देखाउँदै एग्रो फार्मले प्लान्टसमेत सञ्चालनमा ल्याएको छैन।
सहरी विकास मन्त्री सीता गुरुङले काठमाडौँ उपत्यकाभित्र ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा धेरै समयदेखि रोकेर राख्नु जायज नभएको बताउनुभयो । ६÷७ वर्षदेखि ल्याण्डपुलिङको नाममा नागरिकहरूको जग्गा रोकेर राख्नु नहुने बताउँदै उहाँले तत्काल निकास दिनुपर्ने बताउनुभयो । यस विषयमा आफू गम्भीर रहेको बताउँदै मन्त्री गुरुङले ल्याण्डपुलिङ गर्न नसक्ने भए तत्काल निकास दिन निर्देशन दिनुभयो ।
गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपत्तिबाट ५० जिल्ला प्रभावित भएका छन् । गृह मन्त्रालयका अनुसार ती जिल्लामा भएका बाढी पहिरोलगायत मनसुनजन्य विपद्मा परेर ४१ जनाले ज्यान गुमाएका छन् । एकतीस जना बेपत्ता छन् ।
कैलालीका अधिकांश सामुदायिक वनमा अवैध रूपमा संरचना निर्माण बढ्दै गएको छ। सम्बन्धित सामुदायिक वनले आफ्नो वनको प्रयोजनका लागि बाहेक अन्य संरचना निर्माण गर्न नपाउने कानुनी प्रावधान भए पनि विभिन्न सङ्घ संस्थालगायत सरकारी कार्यालय, वडा कार्यालयसमेत सामुदायिक वनको जग्गा अतिक्रमण गरी बनाइएको पाइएको छ। घोडाघोडी नगरपालिका–२ मा रहेको मोहन्याल सामुदायिक वनमा अहिले दुई वटा भवन निर्माणको अवस्थामा छन्। एउटा भवन दलित सङ्गठन नगर समिति र अर्को अपाङ्ग सङ्घ नगर समितिले निर्माण गर्न थालेको हो।
बिहानैदेखि बदली भएको मौसम दिनभरजसो उस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानमा पानी पर्ने र दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
म्याग्दीका छ हजार दुई सय २५ घरधुरीमा खानेपानीको पहुँच विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामा सञ्चालन गरेका खानेपानी आयोजनाबाट खानेपानीको पहुँच पुगेको हो ।
केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त तथा यातायात सेवा अवरुद्ध बनेको छ। बाढीपहिरोले कैलाली र डडेलधुरामा बढी नै क्षति भएको जनाइएको छ । तराई पहाड जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध हुँदा तराईका कैलाली र कञ्चनपुरसँगको पहाडी क्षेत्रका सात वटा जिल्लाको यातायात सम्पर्क विच्छेद भएको छ। कैलालीमा बाढी तथा डुबान र डडेलधुरामा पहिरो र बाढीले क्षति पु¥याएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी पुल मुनी अज्ञात युवकको टाउको मात्रै फेला परेको छ ।
विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।
धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। नेपाल विद्युत् प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो। सो स्टेसनको एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला रानाले उद्घाटन गर्नुभयो। पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएकाले चार्ज गर्न सहज हुने जनाइएको छ।